Friday, July 31, 2026

Dignified Menstruation in Achham

Yesterday night, there was big fight or argument between journalists in DM in Achham whatsgroup while a Rise Up Foundtaion use the word of Chhaupadi discrimination. 

Indeed, few people and organizations wanted to use the word of chhaupadi which is simply a menstruation or menstruating perosn in west Nepal in local Achhami language, at the name of project or power. 

This kind of argument may remina next few years and this argument may deteriorate further therefore, I shared this message which I sent few minutes ago via same whatsapp group, as a proove. 



सबैलाई नमस्कार !

हामी सबैजना सबै भन्दा पहिले मानव हो |

नेपाली हो |

हामी यहाँ जोडिएको मानवताको लागि हो | समाजको रुपान्तरण गर्नलाई हो | कुनै व्यक्ति वा संस्थाको स्वार्थको लागि हैन |

कुनै व्यक्ति वा संस्थाले बिगतमा गलत सोचेको/गरेको हुनसक्छ तर ऊ सच्चिन सक्छ | सच्चिनु पर्छ | सच्चिन्न् भन्न पनि पाइन्छ | सबै कुराको साक्षी इतिहास हुनेछ | इतिहासले मुल्यांकन गर्ने छ |

हामी यहाँ संबाद गर्ने, एक आपसमा सिक्ने, सिकाउने, सम्मान, मायाका लागि जोडिएका हौ |

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>> 

अब बिषयबस्तुको कुरा गरौ |

हिजोका दिनमा मैले पनि छाउपडी भन्थे किनभने मैले त्यसरी नै पढे | जब अनुसन्धान गर्दै गए, थाहा पाए कि म बाट गलत भैरहेको छ | त्यसैले मैले सार्बजनिक रुपमा माफी मागेर मैले महिनावारी भन्न थाले | अहिले यहाँ पनि बिगतमा भएको गलत काम प्रति माफी माग्छु |

समुदाय मात्र हैन संघीय संसदमा पनि छाउपडी भन्न मन पराउछन, भन्छन यो बानी परेकोले परिबर्तन हुन् गाह्रो भएको हो भने अर्को अज्ञानता भएर हो |

बिस्तारै आम मानिसहरुले महिनावारी, महिनावारी विभेद, मर्यादित महिनावारी भन्ने थालेको अनुसन्धान र अनुभबले देखाउछ |

समुदायले जानेको छैन त हामी चाहिएको हो | समुदायलाई के गलत भयो, कसरी गलत भयो, किन गलत भयो भन्ने बुझाउने हाम्रो कर्तब्य हो | किन भने हामी सार्बजनिक जीवन बाचेका छौ अन्यथा कसैले प्रश्न गर्न आबश्यक हुदैनथ्यो |

हामीले हेर्दा हेर्दै राजनीतिक, सामजिक, प्राबिधिक रुपमा धेरै परिवर्तन भए जसले समुदाय सिक्न सक्छ, सिक्छ भन्ने कुराको प्रमाण हो | त्यसो हुँदा हामीले राम्रो कुरा सिकाउदा के गलत हुन्छ | राम्रो भन्ने आधार मानव अधिकार हो, हाम्रो संबिधान हो कसैको मनमौजी कुरा होइन |

तपाईहरुलाई जे गर्न मन लाग्छ गर्नुस मेरो भन्नु केहि छैन तर छाउपडी अछामी भाषा हो विभेद नेपाली भाषा | छाउपडी शब्दले गोठ बुझाएर, महिनावारी विभेद बुझाएर संसार भर नै हाम्रो/नेपालको इज्जत गएको छ | बदनामी भएको छ | यस्तो अबस्थामा छाउपडी विभेद भन्नु गलत हो |

प्रछाउपडी शब्दको प्रयोग गरेर छाउपडी स्थापित गरिरहनु भएको छ नी | यो त समुदायमा यहि नै शब्द बुझ्छन् भन्ने देखाएर समुदायलाई रुपान्तरण नगर्नु पनि हो | समुदायको सोझोपनाको दुरुपयोग पनि हो भन्ने लाग्दैन | राजनीतिक रुपमा यसको गहिरो अर्थ छ, अपमान छ तर म अहिले यहाँ भन्दिन किनभने तपाईहरु अधिकाम्स राजनीतिक रुपमा पनि सुझबुझ भएको व्यक्तिहरु हुनुहुन्छ |

यदि अनुसन्धान वा अछामी भाषामा लेखिएको दस्ताबेज भए ठिकै छ भन्न सकिन्थ्यो |

गोबिन्द खड्का सर लगायत सांसदहरु (संकल्प प्रस्ताब हेर्नुस) छाउपडी नभन, हानिकारक अभ्यास पनि नभन भनेर अपील गरिरहेको अबस्थामा हामी आफु आफु छाउपडी भन्न पाउनुपर्छ भन्ने मनसायले बादबिबाद गर्नु राम्रो कुरा होईन |

परियोजना, जागिर, पद, पैसा सबै अस्थायी हो | हामी बाच्ने समाज यहि हो | हामीले बनाएको दस्ताबेज (भिडियो, रिपोर्ट आदि), समाज र हामी त यहि बाच्नु छ त्यसैले कुनै मतभेद, दोषारोपण नगरी अग्रगामी रुपमा हिड्नुको बिकल्प छैन जस्तो लाग्छ |

महिनावारी, महिनावारी विभेद, मर्यादित महिनावारी भन्नु पर्छ, यो मानव अधिकार, हाम्रो संबिधान केन्द्रित छ भनेर यो समुहमा रहनु भएका सबै साथीहरुलाई मैले बारम्बार भेटेर, तपाईहरुले नै आयोजना गरेर मलाई बोलाएर तालिम गरिसकेको अबस्थामा यसरी बाद विवाद गरेको देख्दा नराम्रो लागेर यो संदेश पठाएको छु | कृपया मलाई जवाफ दिन जरुरी छैन | मेरो केहि स्वार्थ पनि छैन | तपाईहरुले छाउपडी मात्रै हैन गोठमा नै बस्नुस, भनेर कार्यक्रम गर्नुहुन्छ भने पनि मेरो केहि भन्नु छैन |

तपाईहरुको दिन शुभ होस |  

राधा पौडेल

अगस्ट १ २०२६