Thursday, August 6, 2026

Dignified Menstruation in Jumla


Note: This article shared with Bhagwati Giri, Staff of Patrashi GauPalika, Dillichaur, Jumla for publishing in palika's bulletin

`मर्यादित महिनावारी’ र यसको स्थानियकरण

डा. राधा पौडेल, लेखक तथा मर्यादित महिनावारीको बिश्व अभियन्ता

rpaudel456@gmail.com, +977 9849596298

पाठेघर लिएर जन्मिएका मानिसहरुहरु महिनावारी हुन्छन भने पाठेघर नलिएर जन्मिएका मानिसहरु महिनावारीको रगतबाट जन्मिएका हुन्छन | यो पृथिवीमा महिनावारी करीब ३० लाख बर्षदेखी छ | यहि महिनावारीका कारण यो बिश्व चलायमान छ | महिनावारी हुदैनथ्यो भने मानिस नै अस्तित्वमा हुँदैनथ्यो | महिनावारीको रगत सफा, शुद्द, पबित्र रगत हो | जसरी गर्भवती अवस्था रोग होइन, त्यसैगरी महिनावारी हुनु कुनै रोग वा कमजोरी हैन | महिनावारी हुँदा करीब ५ जनालाई अत्यधिक दुखाई, उदासीनता आदि हुनसक्छ तर यो महिनावारीको कारणले नभएर ग्रन्थी प्रणालीमा भएको समस्याको कारणले महिनावारी हुनु करीब १० दिन अघिदेखि शुरु भएर महिनावारी भएको १० सम्म रहनसक्छ त्यसैले महिनावारी हुनु पूर्वको दुखाइ सामान्य हो कि गम्भीर हो पत्ता लगाउनुपर्छ | सामान्य दुखाइलाई बढाईचढाई गर्नु, गम्भीर दुखाईलाई हेलचेक्र्याइँ गर्नु गलत वा विभेद हो | 

सन्तान जन्माउन मात्र महिनावारी चाहिने होईन | हाम्रो शरीर बिशेषगरी मस्तिष्क, मुटु, जोर्नी, मांसपेशी, हड्डी बलियो हुन् महिनावारी आबश्यक छ | सालाखाला १०-१६ बर्षसम्म हुने पहिलो महिनावारी सामान्य मानिन्छ भने १२ बर्षमा धेरैजसो पहिलो महिनावारी हुन्छन | २१-३५ दिनको महिनावारी चक्रलाई सामान्य मानिन्छ भने २८ दिनको चक्र सालाखाला चक्र हो | महिनावारीको रगत ३-७ दिनसम्म बग्नुलाई सामान्य मानिन्छ भने ५ दिन सालाखाला मानिन्छ | महिनावारी भएको अन्तिम महिनादेखि लगातार १२ महिनासम्म महिनावारी भएन भने महिनावारी सुक्ने (मेनोपज) भएको मानिन्छ | तर ४० बर्षदेखि वा महिनावारी हुँदै गर्दा पनि मेनोपजको लक्षण देखिनसक्छ भने सामन्यतया ४७-५१ बर्ष भित्र महिनावारी सुक्नसक्छ | यदि अप्रेशन वा कुनै औषधि लामोसमय सेवन गरेमा महिनावारी जुनसुकै उमेरमा पनि रोकिनसक्छ |

महिनावारी (महिनावारी हुने, सुक्ने, महिनावारी स्वास्थ्य समस्या, महिनावारी ब्यबस्थापन आदि) संग जोडिएको कुनै पनि विभेद जस्तो मौनता, निषेध (नामै नलिने) खान हुने नहुने, छुन हुने नहुने, हेर्न हुने नहुने, हिंसा, स्रोत र साधनबाट बन्चित, दुर्ब्यबहारलाई महिनावारी विभेद भनिन्छ | महिनावारी विभेद कुनै एउटा अभ्यास वा ५ दिनको कुरा नभई महिनावारी हुने मानिसहरुलाई महिनावारीका कारणले जिन्दगीभर हुने विभेद महिनावारी विभेद हो |

महिनावारी विभेद जटिल र बहुआयामिक छ | यो घरेलु वा लैगिक हिंसा त हुँदै हो, सबै खाले लैङ्गिक हिंसाको मूल कारण हो | महिनावारी विभेदले संबिधानको १४ वटा मौलिक हक/अधिकार दर्जनौपटक हनन गरेको हुन्छ | महिनावारी विभेदले बाल अधिकार हनन गरेको हुन्छ | महिनावारी विभेद कुपोषणको एक कारण हो | महिनावारी विभेद बाल बिवाहको एक मुख्य कारण हो | महिनावारी विभेद यौन तथा प्रजनन स्वास्थ्य प्रबद्धनका बाधक पनि हो | महिनावारी विभेद मानव अधिकारको हनन हो | यो दण्डनीय (तीन महिना जेल, तीन हजार जरिवाना वा दुवै) छ |

महिनावारीलाई बुझाउने शब्द संसारभर ५००० भन्दा बढी छ भने नेपालमा ५० भन्दा बढी शब्द छन् | १२५ भाषा भएको देशमा सबै भाषाको साझा शब्द महिनावारी हो | छाउपडी अछामी भाषा हो, जसको अर्थ महिनावारी वा महिनावारी भएको व्यक्ति भनेको हो तर महिनावारी विभेदसंग जोडेर दुरुपयोग गरिएको छ जुन सर्बदा गलत छ | अछामी भाषामा लेखिएको/बोलिएको वा अनुसन्धान बाहेक छाउपडी शब्द प्रयोग गर्नुहुँदैन | खस् भाषामा महिनावारीलाई छुई भनिन्छ जुन शब्द आफैमा विभेदित छ | त्यसैले खस् भाषामा लेखिने बोलिने अवस्था नै भए पनि नेपाली भाषाबाट सापट लिएर महिनावारी भन्नुपर्छ जसरी कोट अग्रेजी भाषाबाट सापट लिएर नेपालीमा बोलिन्छ | अनुसन्धान र अनुभवले सामाजिक अभियानहरु परिवर्तन हुन्छन | करीब दुई दशक अघि प्रयोग गरिने `आइमाई’, लंगडा शब्द हटाएर `महिला’, `अपांगता भएका व्यक्ति’ भने झैँ सामाजिक न्याय र मानव अधिकारको लागि `छाउपडी’, `छुई’ शब्द बोलाई, लेखाई, सामाजिक संजाल सबैतिर निषेध वा हटाइनुपर्छ |    

सियो चोर्ने पनि चोर, १०० किलो सुन चोर्ने पनि चोर भने झैँ महिनावारी नभएको २५ दिनमा २४ सै घण्टा गरिने काम, महिनावारी भएको ५ दिनमा कुनै काम फरक गरियो भने त्यो महिनावारी विभेद हो | महिनावारीका कारणले खाने थाल, लगाउने लुगा, सुत्ने ओछ्यान लगायत कुनै पनि काम छुट्टाइदैन भने त्यो मर्यादित महिनावारी हो |

मर्यादित महिनावारीको बिश्व स्तरीय अभियान नेपालबाट शुरु भएको सिदान्त हो | यो सिदान्तलाई अर्थपूर्ण बनाउन, अनुसन्धान, प्रयोग, पुन प्रयोग गर्न जुम्लाको भूमिका छ | महिनावारी अभ्यासलाई मानव अधिकारको चश्माले हेर्नु वा विश्लेषण गर्नु मर्यादित महिनावारी हो | नेपालमा बि.स. २०७४ मर्यादित महिनावारी रास्ट्रिय नीति, लैगिक एन २०७६ मा मर्यादित महिनावारी हुँदै २०८१ चैत्र ८ मा रास्ट्रिय सभाबाट महिनावारी विभेद अन्त्य गर्दै मर्यादित महिनावारीमा संकल्प प्रस्ताब सर्बसम्मतीबाट पास भएको छ |

यसर्थ, मर्यादित महिनावारीलाई स्थानीयकरण गर्न पालिकाहरुको मुख्य भूमिका रहन्छ | जसको लागि पालिकाले, पालिका स्तरीय मर्यादित महिनावारी कार्यविधि, बजेट, बिद्यालयमा पाठयक्रम, सचेतनाका बिभिन्न कार्यक्रम गर्नु जरुरी छ | प्याड बाँडेर, प्याड बनाउने तालिम दिएर मर्यादित महिनावारी हुँदैन |

लैगिक हिंसा बिरुद्दको १६ दिने अभियानको १४ औ दिन, डिसेम्बर ८ लाई सन् २०१९ बाट अन्तरास्ट्रिय मर्यादित महिनावारी दिबस मनाउन थालिएको छ | मर्यादित महिनावारी मानव अधिकारको सवाल भएकोले, यो सबैको जिम्मेवारी हो जहाँ पालिकाको नेतृत्वले मात्र संभव छ | 

Dignified Menstruation in Achham