Thursday, October 1, 2026

Rejection of Menstrual Leave, Advocacy for Dignified Menstruation friendly workplace

 माननीय मंत्री प्रतिभा रावल ज्यु,

`महिनावारी बिदा’ को मुख्य लक्ष्य समान शक्ति सम्बन्ध, समबेशिता र कमजोर पितृसत्ता बनाउने हो कि होइन भन्ने कुरा सबै भन्दा पहिले गर्नुपर्ने प्रश्न हो |



किनभने संसारभर करीब ६ बर्षको उमेरमा पाठेघर भएका र नभएकाहरुले महिनावारी विभेद सम्बन्धि केहि न केहि थाहा पाउने र असमान शक्ति सम्बन्ध, बहिष्करणसंगै पितृसत्ताको निर्माण र सामाजिकीकरण गर्ने प्रस्थानविन्दु वा उमेर हो | जसले जीवन चक्रभर असर गर्दछ | वर्तमान समयमा हामीहरुले जे जे असमानता देखे, भोगेका छौ, हिंसा देखेका छौ त्यसको मुख्य र पहिलो कारण यहि नै हो | अर्थात् महिनावारीलाई लिएर हेप्ने, छुवाछुत गर्ने, उपचारको अनुसन्धान र सहजीकरण हेलचक्र्याइ गर्ने आदि कारण नै यिनै हुन् |

तसर्थ महिनावारी बिदा दिएर महिनावारी विभेदलाई ढाकछोप गर्नुको सट्टा, मर्यादित महिनावारी मैत्री घर, स्कुल, कार्यक्षेत्र बनाउन राज्यले लगानी गर्नुपर्छ |

महिनावारी बिदा इतिहास देखि नै असफल, कोलोनियल अबधारणा हो | महिनावारी विभेदका आयामहरूलाई पहिचान र सम्बोधन नगरी सार्बजनिक खपतका रुपमा गरिएका पहल हुन् |

झट्ट हेर्दा सकारात्मक देखिए पनि महिनावारी विभेदका आयामहरूलाई थाती राखेर अझै मजबुत बनाएर महिनावारी बिदाले समान शक्ति सम्बन्ध, समाबेशी बनाउंदै पितृसत्तालाई कमजोर बनाउदैंन | त्यसैले आरोप-प्रत्यारोप होईन स्वच्छ, बैज्ञानिक बहस गरौ |

मर्यादित महिनावारी मैत्री कार्यक्षेत्रका लागि पैरवी गर्यौ |

महिनावारी बिदाका लागि होइन |

लिंक: https://www.youtube.com/watch?v=T6U9v52U0Fg

Rejection of Menstrual Leave, Advocacy for Dignified Menstruation friendly workplace

  माननीय मंत्री प्रतिभा रावल ज्यु, `महिनावारी बिदा’ को मुख्य लक्ष्य समान शक्ति सम्बन्ध, समबेशिता र कमजोर पितृसत्ता बनाउने हो कि होइन भन्ने...