Tuesday, December 29, 2009

दिदि तिम्ले बिसौउ नभन.....
दाई तिम्ले थाके नभन...

गिटी कुट्ने हातहरुले कलम समाउन नपाउदै,
दिदि .......तिम्ले बिसौउ नभन.

तिमि हिंड्ने गोरेटोमा , बामे सर्न खोज्दाखोज्दै,
दाई......... तिम्ले थाके नभन.

यो बन्दुकको बाटो होइन , भासनको पनि,
फड्को मर्न गारो हुन्छ, धैर्य गर्छु हामी,
दिदि .....तिम्ले भयो नभन.

मन्दिरको छिडीमा गुच्चा खेल्नेहरु,
सिनेमाको भिडमा गोजी छाम्नेहरु,
हुन्न, गर्दिन भन्न नपाउदै,
दाई .... बस्छु नभन.

देशै हाम्रो प्रकृतिको, भिन्न भाषा भेसको,
खाल्टा खुल्टी, खोलोखाली, स्वाभाविक हो डिस्को,
लतारिनु, पछारिनु ,स्वादै फरक कस्तो,
दिदि....... तिम्ले पुग्यो नभन.

थोपा थोपामा अडेको यौ शक्ति,
रुपन्तरंको मूल फुतौउनुछ,
लहरिदै, छाहरिदै मुलुक ततौनुछ.
दाई ........तिम्ले हुन्न नभन.

बास नहुनेहरूको, धुरी गादेछैन,
गास नपाउने को आगो फुक्य्या छैन.
लाज लुकाउन सक्या छैन,
दिदि ......तिम्ले सुहायो नभन,


मैनाहरू बलात्कार भैराखेका छन्.
भ्रस्ताचारि लाई जेल चलान गर्याछैन,
जमिन्दारको नक्कली तमसुक च्यातेकै छैन.
सय कडा छको ऋण घटेकै छैन.
दाई .....तिम्ले मिल्यो नभन.

उच, निच सबै सगैं बिहेबारी गरेकै छैन,
बोक्सी, भुत, पीरेत छैन भनेकै छैन,
दिदि .....तिम्ले सुद्र्यो नभन.

रक्सि भट्टी बन्द भो, फेकतरी बढ्दै छ.
मातेर कुट्न छोडेको छैन.
जंगल मासियो,गिटी बालुवा भारत पुग्दैछ.
बाडी पहिरोबढेकै छ,पखाला चलेकै छ.
दाई...... तिम्ले घट्यो नभन.

गोठाला , देस, बिदेस बटुल्न सक्या छैन मैले,
सिमाना मा किला ठोक्न भ्याको छैन मैले,
दिदि ....तिम्ले सक्छौ नभन.

गिटी कुट्ने हातहरुले कलम समाउन नपाउदै,
दिदि .......तिम्ले बिसौउ नभन.
तिमि हिंड्ने गोरेटोमा , बामे सर्न खोज्दाखोज्दै,
दाई......... तिम्ले थाके नभन.

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...