Sunday, December 27, 2009

तिमि र म ...........

तिमि र म,
म र तिमि,
सम्बन्ध के हो? नाता के पर्छ?

छेत्र के हो? सिमाना कहाँ छ?
माया, प्रेम,बिबाह, चिनेको जस्तो, देखेको जस्तो ?
कुन परिभाषामा पर्छ?

भनेको जस्तै लोग्नेस्वास्नी हो कि?
सुनेको जस्तो कृष्णजी र राधिका?
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
भावना हो की छानिकता?

अस्पतालमा म बिना कुरुवा बस्दा,
तिमि कतै रमेर बस्न सक्छाउ भने,
तिमि र म,
म र तिमि,
सबैले देखादा, सबैले सोद्दा,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
माया हो की बिबसत्ता?

के खायेउ,
कहाँ गयेउ,
के गरेउ,
रहरले खोज्न र सुन्न नपाउने भए,
तिमि र म,
म र तिमि,
लोग्ने र स्वास्नी भन्नु,
सन्जोग की कामुकता?

म रोइरहद,
तिमि मुस्कुरह्येउ, भने,
म भोकै सुद्द,
तिमि भोजमा मातेर आउँन सक्केउ भने,
तिमि र म ,
म र तिमि,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
औपचरीकता हो की बाद्येता?

नबोलेरै जीत थानिरहंछौ भने,
इमर्जेन्सी पर्दा.....
भनेका खलिकोस्तामा,
तिम्रो र मेरो,
मेरो र तिम्रो,
नाम लेख्नुको के अर्थ?

तिम्रो जीत,
हेर्न खोजेर मात्र के गर्नु?
हारई हार पोखौछौ भने,
चूपचाप !चूपचाप,
बस्नु नै छ भने,
पल पल पिल्सिएर बस्न भन्दा,
तिमिसग मिछिये भन्नु,

नया वर्ष,
दसैँ,
क्रिसमस,
निसवासमा फर्कनुपर्छ भने,
दलिनको सघरर्मा,
तिम्रो र मेरो,
मेरो र तिम्रो,
अजंगको तस्बिरको के अर्थ?
तिमि र म,
म र तिमि,
एकै छानामुनि, सगंसगै बस्नु,
ग्लानि हो की कातरता ?




तिमि र म,
म र तिमि,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
भावना हो की बिबसता ?

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,