Sunday, May 17, 2026

Letter to Minister

 Date: 16 May 2026 via whatsapp

माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |


धेरै समय लिन्न |

मेयर उठ्ने ताका र अहिले मंत्री भएपछी मर्यादित महिनावारी मैत्री पर्यटन क्षेत्र बनाउने धेय छ रे भन्ने सुनेर यो संदेश पठाएको छु | मैले गलत बुझेको रहेछु भने पुरै नपढी डिलिट हान्दिनु होला कृपया |

हिंसा नगर्ने र नसहने हाम्रो संस्कृति हो | बिशेषगरेर कामको शिलशिलामा मैले पश्चिम नेपालमा जे देखे, भोगे जुन हाम्रो इतिहास र संस्कृति दुवैभित्र पर्दैनन् |

पर्यटनको सबै आयाममा पाठेघर लिएर जन्मिएकाहरु सहभागिता (सेवा दिने र लिने) लाई आर्कषण गर्नका लागि, महिनावारीलाई मर्यादित बनाउने अभियान विश्वमा नेपालले नेतृत्व गरिरहेकोले, खास लगानी नगरिकनै पनि यहाँको मन्त्रालयले पनि गर्न सक्ने केहि कुरा स्मरण गराउन चाहेको छु;

१.     सबै निकाय जस्तो मन्त्रालय, हवाई सेवा, टुरिस्ट जानकारी कक्ष देखि होटेल, ट्राभल, ट्रेकिंग, हिमाल आरोहण आदि सबै ठाउँलाई मर्यादित महिनावारी मैत्री (जानकारी पत्र समाबेश गर्ने, संदेश लेखन, आकस्मिक अबस्थाको लागि बिबिध महिनावारी सामग्रीको उपलब्धता, प्रयोग पछिको ब्यबस्थापन, सबै खाले कर्मचारीहरुमा संबेदनशीलताको अभिवृदी गर्ने |

२.     पर्यटन सम्बन्धि नीति, तालिम सबै दस्ताबेजहरुमा `मर्यादित महिनावारी’ मैत्री बनाउने भन्ने मात्र भने पनि समाबेश गरेर संस्थागत गर्ने |  

किनभने नेपालमा ९५ % भन्दा बढी परिवार महिनावारी विभेदको अभ्यास गर्छन |

महिनावारी विभेद भन्नाले महिनावारीसंग जोडिएको मौनता, निषेध, खान हुने कि नहुने, छुन हुने कि नहुने, हेर्न हुने कि नहुने, हिड्दुल गर्न हुने कि नहुने आदिसंग जोडिएको बार्ने अभ्यास, दुर्ब्यबहार, हिंसा, छुइछिटो, साधन र स्रोतबाट बन्चित अभ्यास छन् | झन्डै ५००० भन्दा बढी नाम, बिभिन्न स्वरूपमा संसार भर नै महिनावारी विभेद अभ्यासमा छ | यो गरिबी, शिक्षा, धर्मको कुरा नभएर मौनता, लाज र अज्ञानताको कुरा हो |

महिनावारी विभेद महिला माथी हुने सबै हिंसाको मूल कारण, मानव अधिकारको हनन, संबिधानको १४ वटा मौलिक अधिकारको पटकौ पटक हनन हो |

पाठेघर लिएर जन्मिएका व्यक्ति नभएको दुनियाँ कल्पना गर्न सकिदैन | महिनावारीको रगतबाट जन्मिएको हामी सबैले प्रकृतिले दिएको महिनावारी प्रति जिम्मेवारी हुनु, महिनावारीलाई मर्यादित बनाउनु साझा सरोकारको सवाल हो किनभने यो मानव अधिकार हो र लैगिक समानता र सामाजिक न्यायको लागि पहिलो खुड्किला पनि |

व्यस्तताका बीच पढीदिनु भएकोमा, धन्यबाद | 

Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |