Thursday, December 31, 2009

सेकेण्डह्याण्ड हु म.


सुपर मार्केटको दोस्रो तलामा,
झुन्ड़ाई राखेको सेकेण्डह्याण्ड हु म.


इन्तु न चिन्तु भएर लहरै, लहरमा,
किरिज सर्लक्क देखाउदै,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


हूलका हुल मान्छेहरु,
राति राति सम्म मलाई ओल्टाई पोल्टई गरि रहन्छन,
निर्जीव भएर स्वागत गरिरहन्छु म.


बिस्त्रिना छैन रति पनि,
उनकै खुसि गौरव ठानेर,
लज्जबती झार झैँ लात्रक लुत्रुक भएदिन्छु म.


उचाल्छ्न, राख्छन, मिलाउछन,

taschhan sagain, yenama, मुस्कुराउछन्
कतिले माया गर्छन र फोटो पनि,
तर जे होस्,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


कोहि सोध्न डर मान्छन,
त् कोहि लाज पनि,
डर र लाज को मलाई के मूल्य,
अखिरमा,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


कसै संग किन्ने पैसा छैन मन परेर के गर्नु,
कसै को आल्मारीमा ठाउं छैन, मुटु नै दुखेनी के गर्नु,
आखिर सनिबार घर पुछ्न आउनेलाई दिने पोकोमा राख्न,
फेरी सेकेन्ड ह्याण्ड, जडौरी भन्ने पार्न,
फाली रहेको सेकेन्डह्यान्ड हु म.


भित्र भित्रै मक्किएको,
तिरिक्क, च्यातिने,
हारहरुमा मिलाइएको अति कम्जोर, निर्जीव, सेकेन्डह्यान्ड हु म.

तिमीलाई पनि हेर्न , छुन, मन छ भने,
उस्तै, जस्तै, उतिक्कै, स्वागत गरिरहन्छु म,
किन भने,
अखिर झुण्डीरहेको सेकेन्डह्यान्ड न हु म.


Dignified Menstruation in Achham