Thursday, December 31, 2009

मेरो शुभकामना ! ! !

नया बर्स,
दसैँ,
तिहार,
इद,
आदि आदिको
शुभकामनाको गद्दीमा बसेर,
शुभकामनाका प्रकृतिहरु नियाल्दा,
मलाई प्रति प्रस्न गर्न कर लायो.

सबैलाई उस्तै, एउटीइ दुरुस्तै,
शुभकामनाले पो भएछ.
कसरि?

मैले आफन्तहरु बीच,
मेरा मित्रहरु बिच,
फरक, फरक ,
अनुभूति, स्थान र भूमिका पाए.

धेरै धेरै भूमिकाहरु ........
भूमिका बिचमा भिन्नता!

भूमिकाहरुको बीचबाट,
एउटा भूमिकाले सोदिरह्यो?

अन्तमा,
मलाई बोध मात्र हैन,
ग्लानी पनि भयो,

मेरो शुभकामना किन भिन्न हुन् सकेन?
म गरिब भएर,
के भाथ्यो र इमान्दारी हुन् सकिन.
म बेफुसती भएर के भाथ्यो, कर्तब्य बिर्सन हुन्थेन.

मेरो खुसि सकिएको थिएन,
कसैले चोरेको थिएन,
म नै पो भगुवा रहेछु.
मनै मेरो भूमिका बाट टाडा हुन् पुगेको रहेछु.

मेरो शुभकामना,
मलाई नै,
बिलिनो भयो,

मेरो शुभकामना,
मलाई नै,
कता कता,
अद्यारोमा हराएको कौवा झैँ लग्यो,

मेरो शुभकामा,
मेरो पहिलो पाइला देखि,
यो शुभकामना सम्म ठम्म उभेर,
शुभकामनाको खोस्टो खय्सकखुसुक पार्दै
मेरो आखामा हेरिरह्यो,
म अनुतरित छु.

मेरो शुभकामना,
भाति, भातिका प्रस्न गरेर,
मलाई नै जचिरह्यो
म भयेभित छु,

मेरो शुभकामना,
शुभकामनाको खात् बाट,
जुरुक्क उठेर,
मेरो शुभकामनाका,
शब्द शब्द,
पठन गर्दै,
मैले उनीलाई,
भन्ने गरेको
मेरो आदर्श, मेरो एथिच्क्स भनेर जिस्कईरायो,

मैले,
नाच्ने तालमा नाचेर,
मलाई,
निर्लाजित,
बनाई रह्यो !.
म,
पसिनाले निथ्रुक्क भइरहदा,
मलाई उहिले झैँ, पहिले झैँ,
गम्लंग अगालो हालेर भनिरयो,
मेरो अजम्बरी, परिबर्तन हुनै नसक्ने शुभकामना !!!!















#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...