Friday, October 24, 2014

बेखबर त मै छु ।

टोल टोलमा हल्ला छ,
तिमी ताम झाम्ले आएका छौ रे ,
बेखबर त मै छु ।
धेरै सम्झिन कोशीस गरे,
कुनैदिन तिम्रो ईमेल आएथो रे,
ईमेल मिस त मैले गरेछु ।
इन्द्रेनिको सात रङ,
स्पर्स त मात्रै अनुभुती रे,
बेबकुफ त मनै हुँ ।
तराइ देखी हिमाल सम्मै,
सयपत्री ढकमक्क, मक्खमली फुल्यो रे,
खै मनै फुलेन ?
टोल टोलमा हल्ला छ,
तिमी ताम झाम्ले आएका छौ रे ,
बेखबर त मै छु ।

ADB_JSP Gathering in 28 May 2025, Hilton Hotel, Kathmandu

 Great Fun with ADB-JSP Team I also shared the conference on #DignifiedMenstruation, happening in 8-10 Dec 2025