Tuesday, June 30, 2015

असारको पन्द्रै पन्द्र

जिन्दगी घडी,
असारको पन्द्रै पन्द्र
गाजिएको पिडा,
दब्दबे हिलो,
न पानी,
न पखलिने .
भोक ? तिर्खा लाग्दैन,
निद पर्दैन,
जि पि एस नेविगेटर,
फएल ।            
झुसिलो, ड्यौउ,
धन्नै छाद्,
धामी पर्देश ।  
जुवाको खाल्जस्तो,
अहिले छ,
छैन फेरी !
गेग्रान,
फाली भाचिने,
मर्द मौन ?
६०१ देउता उत्रे,
खेत रोप्ने कसरी ?
डेरिको दही,
मिल्को चिउरा,
भाईरल  पाखला ।
थाम्ने कसरी ?
खेतला हिंडे,
अधिकार ?
भोग्ने कि भन्ने ?

#DignifiedMenstruation #dignifiedmenstruation2025 #booklaunch #lesbian #bisexual #queerwomxn

  𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐀𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐦𝐞𝐧𝐭 We are thrilled to announce that the groundbreaking book "Claiming #DignifiedMenstruation :...