Tuesday, January 12, 2016

My love, don't hide much

धेरै पटक मेरो सपना भत्केको छ,
तिम्रो पाचै बजेको गूड् मर्निङ म्यासेजले ।
गूड् मर्निङ म्यासेज,
एक सिर्जन्सिल करेन्ट थियो,
वाएर लेस, फ्री अफ कोस्ट पनि ।
प्राबिधिक गडबडि के हुन्थ्यो,
बन्थ्यो दिनभरकै सबै गड बडि ।
जब म बिउझन्थे, घरक्क खोल्थे,
तिमी मुस्कान दिन्थेउ, म चुम्बन गर्थे,
हामी जहाँ भएनी के फरक पर्थ्यो,
सँगइ हुन्थेउ हामी वाएर लेस हुग्गिङ ।
जलबायु परिवर्तन रे,मुस्कान बदलीयेछ,
न गूड् मर्निङ मेसेज, न अरु नै ।
एक दिन, हप्ता,महिना बर्सौ बिते,
न बर्षाले पखाल्यो तिक्तता, न पलायो बसन्तमा नै ?
रहेयू इन्द्रेनी जस्तै माथि माथि, काला पथर् झै चिस्चिसो।


+++++
नसकेर थेग्न, सपनामा तिमीलाई देखे पछी,
कुद्दै, दौडदै, तिमीलाई पछाउदै गये.
मलाई सुटुक्क, गूड् मर्निङ मेसेज गर्नु थियो,
तिमीलाई छक्कै पार्नुथियो, हेर म त सदाबाहर छु .
तेस्तै बिहान्को ४ पनि नबज्दै,
तिमीलाई पछाउदै थिए,
मन भरी लेउ पौडे सरी सपना खेलिरहेथे.
लाज लाग्दै थियो मन मनै सम्झिएर मायाको नि माया.
चिसो थियो अती, तुसारो तप तप पनि,
सिरेटो उस्तै, काम्दै काम्दै पर्खिराथे कल्पी ।
सधैं आउने बाटो हेरी बसे, घडी हेरी पर्खे,
गुगल म्याप खोजी खोजी कुरे,
यता फर्के, उता फर्के,
शरणकोट् को टुप्पैमा लुकी लुकी पुगे,
चोरी चोरी लको रोज लुकाइ लुकाइ राखे ।
तर तिमी आएनै,मेरो मायालु लागेनौ,
तिमी झुक्काएर भागेउ,धोका दिएर भागेउ ।
तुसारो आँखामा मिसियो, ढकीयेउ उसै कुहिरोमा,
++++
सुनाउनेहरुले घान्द्रुक् जाउ,सल्लाह दिये,
मायाको खडेरिमा उतै हानिये ।
नचिनेको गाउ, सोधै, खोज्दै पुगे,
सबैले भन्थे, रतै झिमिक्क नगरि बस्छौरे,
फकाइ फुकाइ लगेको मन ,
तिमीलाई कल्ले चुक्ली लाएछ कुन्नी,
तिमी त मैलो सिरक ओडेर फेरी गाएब ।
कस्तो निस्थुरी तिमी, सकेको गर्न के के ,
दिएर ढुख दिएर मलाई पाउछौ नै के ।
हिम शिखर र अन्नपूर्ण त उस्तै उस्तै थिए,
जुन बेला तिमी र प्रेम्का गीत गौथेउ ।
तिम्लाई मात्र भयो के, कसरी नागिएउ,
तिमीले आँफै भुलेउकी, आँफै पखलिएउ,
समय अझै छ, सप्रन्लाई, लुक्नै किन पर्‍यो र,
हिम शिखर र अन्नपूर्ण सँगै सिके सानो नै को भाछ र?
तिमी जती भाग, जहाँ जाउ, त्यो तिम्रो बिबेक,
म सदै उस्तै उत्रै रहनेछु सदै झै राखेर साछी सुर्य ।  

This is dedicated to mount fishtail when I visited in Jan 2016. I compare with love story with the negative impact of climate change

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...