My new day of 2016 started with more actions. I was in monitoring visit of earthquake affected areas called Dandapari,Kavre where take place 6 hours driving and 7 hours trekking.I was assigned in Banakhuchaur to distribute special materials for lactating mother and children. It was not only challenging but lifetime memory and ample of opportunities for actions. I will try to upload more photos once I have internet. Please scroll down to read in Nepali to view analysis in failure of development.
Feeling loved, mother is always ready to served no matter whether she eat or not, faced earthquake or not or rural or anywhere. |
These two gentlemen were my room partners and the lady who served food at Banakhu, grateful with them forever. |
This is my room for night and two men were my room mate, one is lying the other is sitting,. |
काभ्रे भुकम्प प्रभाबित क्षेत्र :सन्जोग्ले
बचेँको देश र जनताहरु
।
अङ्रेजी
नयाँ बर्षमा काठमाडौं शहर झुमिरहदा म
काभ्रेको दक्षिण भाग जुन सिन्धुली,
र मकवानपुरको सिमना क्षेत्र बनखुचौरको यात्रामा थिय। भुकम्प गएदेखी
नै हाम्रो टोली काम गरिरहेको
थियो तर मेरो जाने
मेसो पटकै परेको थिएन
। काठमाडौंबाट सिन्धुली बद्रीबास जाने बाटोको भकुन्डेबेसी
पुगेपछी मुल बाटो छोडेर
खोला, ग्रावेल् गर्दै, भिर पाखा, रमाइला
टार, बेसी, गाउ गर्दै खोलो
आएन, गाडी बिग्रिएन, अर्थात
सबै भने जसतो भयो
भने कम्तिमा छ घण्टा बस्मा
कुदेपछी पुगिन्छ बुडाखानि बस्पार्क्। बुदाखानिबाट बनखुचौर पुग्न सामन बोक्ने भरिया
प्रशस्त नभएकोले मेरो टोलिमा परेका
भाई नरोत्तम डङ्गोल जो सुरुदेखी नै
काम गर्दै आएका थीएे उनी
गये म पर्खे। मेरो
देब्रे खुट्टाको कम्जोरीपन, अप्ठेरो बाटो, रातिको यात्रा भएकोले साथीहरुले भोलिपल्तको लट्मा जान् सुजाये ।
बस पार्कमा दुई वटा मात्र
पसल थिए तर एक्दमै
ट्रिकी। एउटामा मासु, चिउरा, रक्सी, बिएर, मिनरल वाटर र केही
किराना सामन पाइने अर्कोमा
मासु, भात् र रक्सी
त्यो पनि ग्राहक् रोजी
रोजी । अर्को गाउमा
जाने साथीहरु पनि मेरो साथ्मा
थिए, हामी सबैको एक
एक जना बसेका थियौ
। मैले दुई घण्टा
किराना पसल्मा बिताउन पये, जहाँ ग्राहक्हरु
आउथे रक्सी र मासु खान्थे,
चुरोट पिउथे अनी भुकम्पको राहत्
यो भएन त्यो भएन,
एमाले , कङ्रेश, माओवादी, जन्मोर्चाले एसो गर्यो
उसो गर्यो भन्थे
गाली गर्थे, झगडा गर्थे कहिले
सरकारलाई गाली गर्थे त
कहिले एन जि यओ
लाई गाली गर्थे ।
दस हजार रक्सी खाको
पैसा तिरेर सके नदिएको भएे
पनि हुने बरु घर
बनाउने कुरा छिटो गरे
हुने भन्थे । मरी मरी
हास्थे - फलानोले त दस हजार
त रक्सी खाको पैसा तिर्दै
खाँदै आउँदा त यहाँनेर आएर
सकायो, सधैं सोल्मारे खानेले
टुबोउर्ग पो तान्यो ए ।
मलाई सबैले एउता यात्री सम्झे
र हो पनि । ।
किलोको
हिसाबले भारी बोकेर जिबन
निर्बाह गर्नेहरु, भारी बोकेर स्कुल
पढ्न कसिएर आएकाहरु, मुल, झरना र
खोलाका पनि पात्ले, हत्केलाले
उभाएर उकालो ओरालो गर्दै जिन्दगी जिएकाहरुले तिस रुपैयाँ तिरेर
मिनरल वाटर एकै पटक्मा
भ्याएको देखेर म आजित भये।
थाहा पये कि त्यहाँ
उनिहरुले पिउने पनिको बेबस्था नै थिएन, धारो
टाढा थियो आँफै जानलाई
। मासु चिउरा सोल्मरी
बेच्नेलाई पानी दिने बेबस्था
थिएन, बानी परि सकेको
थियो, प्रश्न गर्ने हिम्मत र सस्कार दुबै
थिएन । पानी बोकेर
हिंड्न पनि सजिलो थिएन
संगै उभेको अजङ्को पहाड सँग बाम्ठे
जोरी खोज्न ।
चुरोट,
चाउ चाउ खोल, बिएर,
मिनरल वाटरका बोतल र क्यान
आदिले डाँडा ढाकेको थियो मानौ यो
कुनै डम्पिङ क्षेत्र हो । ति
बेपारी संगै अर्को होटेलमा
खाना खाने निधो भो,
ड्राइभर खलासी पहिले नै सुतिसकेका थिय
जहाँ हामी पनि सुत्नु
पर्थ्यो। तीन महिल, ३
केटाकेती, ३ पुरुशहरु संगै
खाना पकाउदै गफ भयो, छ्याङ
पनि सबैले पालो पालो, एउटै
चुरोट पनि पालो पालो
सबैले । म एउटा
दर्शक । सुत्नु अगी
साउती मार्दै सोधे चर्पी कता
छ नि ? मान्छे पIटिको
नेता, धनी बेपारी, छोराहरु
बिदेस, बुहारीहरु बनेपा, दुई दुई बस्को
धनी तर चर्पी चाँही
भुकम्प्ले लग्यो, जङल्तिर जानु न ।
मैले फ्लोरिडाको
मिल्शोवर् पार्कमा डा. एड्मन्डले , ओस्लोको रेल एस्टसन्मा डा. बोर्ग्नीले, लण्डनमा
टुका छेत्रीले यात्रीहरुले हतार्मा हिन्दा वा काम बिशेषले थाहा नपाएर खसेका मसिना फोहोर्को
टुक्रा टिप्दै हिँडेको याद भयो । म आफु फोहोर फाल्दिन् जब मैले नर्स पढ्ने मौका पाये,
तेसै गरी बोकेर हिडिरहन्छु जब सम्म म फोहोर फाल्ने भाडो पाउदिन। कहिलेकाही त महिनौ
झोलाको पकेटमा कुचिएर, सुकेर बसेको अनुभब पनि छ । तर के गर्नु यहाँ, त्यहाँ , काठमाडौंमा
सबैतिर घान्द्रुक् र पोखराको केही भाग बाहेक सबै उस्तै छ, उस्तै छन। कालो सिशा भएको
गाडीको झ्याल सुइक्क खोल्छन अनी थुक्छन, चुइगम, चक्लेट् का खोल अनी फल्फुल्को बोक्रा
फालेर् सभ्य र धनी हुन्छन । सबै सम्झेर मुटु निचोरियो, पोल्यो छत्पटी मै आँखा रशएछन।
यो कस्तो देश हो चित बुझाउने ठाउँ कही छैन , म मरे पनि यो देश बन्नेमा धेरै शन्का छ
म जस्ताइ मर्नेहरुको खडेरी छ लामो अनिस्चित खडेरी । हेरिरहेको छु ठुलो ठुलो स्वर गरेका,
ए जि ओ मा काम गर्ने, (भरियाहरुसँग कुरा गर्ने, लोगो भएको टि सर्ट लगाउने) स्कुल पठाउने
मसित हैन उनिहरुकै हार मा मिले ।
नौ महिना भो बच्चा जन्मन्थ्यो
एतिखेर । एतिका रुख
बिरुवा छन खाल्डो खनेर्
आफ्नो खाको थन्काउन पनि
… म रिसाय जस्तो
गरे तर वाध्यता थियो
सबै एउटै टहरोभित्र सुतेउ
। तर
निद्रा परेन। डर
लागेर घिन लागेर केही
हैन चित्त दुकेर हो खै हामी बिकास
तिर गैरहेका छौ कि बिनाशतिर
।
भोली
पल्ट बिहान् बनखुचौर हिंड्नु अगाबै मैले बैठक बसे
दुबै बेपरिहरु थिए उही चुरोट
र छ्याङ सँग। उनिहरु लज
माने जस्तो गरे। फोहोर राख्ने
भाडोको त बेबस्था भैहाल्यो,मैले चर्पी खन्न
आउन भने सबै लजये
र प्रतिग्य गरे हामी पक्का
बनाउछौ। फोन गरेर सोधे,
बन्यो रे , विश्वाश गर्नै
पर्यो। सुरुमा कसैले
नि फोहोर फालेनन् र भुइमा नै
फले । मैले उनिहरुले
देख्ने गरी टिप्दै भाडोमा
हाल्दै गर्दा सोधे किन नफालेको
नि । जबाफ सुनेर
झन्डै बेहोस् भईन - हामीले पैसा तिरे पछी
त बेपरिले सफा गर्नु पर्यो नि ।
तेसो हो भने म
जस्ता अरुहरु नयाँ ग्राहक्लाई र
तपाईंलाई पनि फोहोर भयो
नि हैन । त्यो
बहस सुनिरहे कोही बोलेनन तर
बिस्तारि आफुले फालेको फोहोर तिपे। लामो बहस भयो
किन एन जि ओ
, नेता , सरकारलाई कुर्नु हुन्न भनेर ।
बुदाखानिबाट
सात घण्टा उकालो ओरालो जंगल हिन्दै गरेपछी
बनखुचौर पुगियो। देश त सचिक्कै
स्वर्ग थियो तर खै
के भो के भो
। होटेलहरु भनेका मात्रै भटटी पसल मात्र,
सबैले खाने खाजा चाउ
चाउ बिस्कुत, केटीहरु २० बर्षमा २
बच्चाको आमा, केटाहरु बिदेस
, कि ड्राइभर कि खलासी ।
बारी नागै , गरिदिने कोही छैन।
महिला
पुरुष सँग संगै ।
एक्दिन्मा तीन जर्किन सकिन्छ
रे अर्थात ३० लिटर्। जहाँ
जहाँ बास बसियो त्यहाँ
त्यहाँ मेरा साथी रुम
मेट सोल्मरेको सिरक ओड्नेहरु। ईण्डियन
च्यानल्मा बेस्त। बच्चाहरु मोबाइल्मा बेस्त। केटीहरु सात कक्षा पड्दानै
केटा साथी आठ नौ
पुग्दा टाप। हेल्थपोस्ट् पुग्यो
स्थाई कर्मचारी छैन, करारमा बस्नेले
धानेक। १२ बर्ष काम
गर्ने अस्थ्यी कार्यालय सहयोगी जम्मा महिनाको २००० मा काम
गर्नु पर्ने, सुत्केरिको कपडा धोइरहेक थिए
। ४ कक्षा पढ्ने
भाई बहिनिलाई आफ्नो नाम भने तर
स्कुलको नाम भन्न आउन
अङ्रेजिमा। एक
रात हो बसेको बनखूचौर्मा
तर धेरै कुरा सिक्न
पाइयो । २ वटा
सुत्केरी आए, टर्च बालेर
सुत्केरी गराइयो । स्टेचर्मा बोकेर
ल्याएका। गाउमा बोक्ने मान्छे नि छैनन रे
। सुत्केरी भयो त राम्रै
भो नभये के गर्ने
होला, फोन लाग्दैन, बुडाखानि
पुग्नै सात घण्टा लाग्छ
तेस्मा बिरामी बोक्दा कती घण्टा थपिने
हो। त्यहाँ पुगेपछी पनि त एम्बुलेन्सको
के ग्यारेन्टि । जुम्ला जस्ताइ
लाग्यो मलाई सन्जोग्ले बाच्नेहरु।
बिज्ञानले फेल खाएको ठाउँ
अनी भगवान नपुकारे कललाइ पुकार्ने त ? छोरीहरु बेचिएका
दर्दानक् कथा पनि सुनियो,
पाठेघर खसेर दु:ख
पाका पनि भेटियो। अाकाशमा
उड्ने जहाजको मधुरो आबज्ले सम्झाउदो रहेछ जहाज काठमाडौं
बाट जनकपुर, बिराटनगर वा कुनै पूर्वतिर
हिन्दै छ त्यो पनि
मधुरो स्वर मा उडेको
सुने । मैले
नबिर्सेंर महिनाबरिको बारेमा सोधे । उनिहरु
केही पनि नबार्ने तर
पूजा चाँही नगरने रहेछन। खाना पकाउने, सुत्ने
सबै उस्तै हुने भएको र
पूजा सधैं नगरने ठाउँ
भएकोले हो हल्ला हुने
पनि भएन अनी अधिकाम्स
तमाङ बस्ती भएकोले समस्या पनि रहेन ।
महिनाबारी
बाहेक , अस्त बेस्त। जे
हेर्यो, जता हेर्यो उतै
उदाङ। कर्णाली गयो बिकास भन्दा
बिनाश धेरै, तराइ गयो उस्तै
, भुक्म्प प्रभाबित छेत्रको त कुरै भएन
झन बहना मिलिहाल्यो ।
देश
जती सुकै धनी भएनी
चाहिने चाँही किर्शी नै रहेछ ।मैले
बेलायत, अमेरिका जस्ता मुलुक् घुम्दा देखेको । बिदेश्मा गएर
काम गर्ने दाजु भाईले पनि
धेरै जसो खेतिपातिकै काम
त गर्ने हो नि तर
नेपालमा पटकै कसैले नि
बुझेनन। जनता
त जनता भये नेता
के भाका ? सिरदेखी पुछर सम्म पर
एउटै । निउ खोज्ने,
आन्दोलन गर्ने र स्रोत्को दुरुपायोग
गर्ने । मैले एस्ता
नेता भेटे जसको पटिबात्
उुप प्रधानमन्त्री पाएका छन ओलिको सरकारमा
। उनी भन्दै थिए
- के भुइचलो उनिहरुलाई मात्रै आको होर ? हामीलाई
नि आको हो नि
, खै हामीलाई पैसा । कि
भने ७७ घरले मात्र
पाउछ जसको घर पुरै
भात्केको छ नत्र कसैले
नि पाउन्न, पक्षपात गर्ने । काभ्रे जस्तो
काठमाडौं बाट नजिक गाउमा
त नेता र बिकास
एस्तो छ टाडाको के
कुरा गर्नु । सन्जोग्ले
बचेँको देश र जनताहरु
।