देखिन नसक्ने यि आशु किन बग्दा हुन खै,
अधेरी रात्को साथमा कहिले बग्दा हुन खै,
आधिमा आएका असिना लाग्ने यि बुद आशुका,
नपाएर हात, बिलाउछन जमिनमा तेसै उसै ।
अभागि त मान्छे हुन्छ भन्थे बरै बुडापाका,
यहाँ त आशुका बूदहरु अबोर्ट् भैरहेछन्,
न शोषित जिम्मा लिन्छ न लिन्छ शाशक नै ।
बिचरा बुदहरु न बग्न सक्छन, न भेल्न सक्छन,
भित्रै भित्रै बाफिएर सुकिरहन्छन डोबहरु मेटाएर ।
बिधता उस्तो हो कि, विश्वाश सस्तो हो,
जे होस् यो नाप्नै नसकिने गहिरो छ,
सुघ्नै नसकिने पिरो छ, भित्रै भित्रै सुकिसकेको जरो ।