Thursday, June 23, 2016

Karnali

कर्णाली,
Karnali River at Bolding Bajura
तिमी लामो रे भनेर बच्चाइ देखी घोकेर पो के भो र,
तिम्रै काखमा छोटा आयु लिएर म बाचिरहेछु ।
तिमी न्वारन देखिको बलले गर्जे पो के भो र,
हेर सेती र कर्णाली म् आबाज बिहिन भएर बाचिरहेछु ।

+++
कर्णाली,
तिमी मार्बल र सिउडीसँग मित लगाएर पो के भो र,
रित्ता, धुले फाटहरु लिएर आकाश हेर्दै म बाचिरहेछु।
तिमी कैलाशबाट रसाएर, चोखो टोपलिएर के भो,
मुलहरु, सुखिसके काककुल बस्तिमा म छत्पटिरहेछु ।
+++
कर्णाली,
तिम्रो करेन्टले मातिएर अजगको पहाड भत्काये पो के भो र,
झरो बालेर म आध्यरोमा अनिस्चितता सँगै  लुत्पुटिरहेछु ।
तिमी हसिलो, पोसिलो, चिसापानीमा रमाएर पो के भो र ,
चाहुरिएको भोको पेटमा कुहिएको चामलको कुपन म कुरिरहेछु ।


Bhi Village,Mugu
Goats carry sags of rice from 6-8 kilograms from Martadi, Bajura to Humla, met at Sakachaur, Bajura

Dignified Menstruation'

Yesterday, we had wonderful meeting with Hon. Minister Shishir Khanal, Ministry of Foreign affairs about Dignified Menstruation'