कर्णाली,
| Karnali River at Bolding Bajura | 
तिमी
लामो रे भनेर बच्चाइ
देखी घोकेर पो के भो
र,
तिम्रै
काखमा छोटा आयु लिएर
म बाचिरहेछु । 
तिमी
न्वारन देखिको बलले गर्जे पो
के भो र,
हेर
सेती र कर्णाली म्
आबाज बिहिन भएर बाचिरहेछु ।
+++
कर्णाली,
तिमी
मार्बल र सिउडीसँग मित
लगाएर पो के भो
र,
रित्ता,
धुले फाटहरु लिएर आकाश हेर्दै
म बाचिरहेछु। 
तिमी
कैलाशबाट रसाएर, चोखो टोपलिएर के
भो, 
मुलहरु,
सुखिसके काककुल बस्तिमा म छत्पटिरहेछु ।
+++
कर्णाली,
तिम्रो
करेन्टले मातिएर अजगको पहाड भत्काये पो
के भो र, 
झरो
बालेर म आध्यरोमा अनिस्चितता
सँगै  लुत्पुटिरहेछु
। 
तिमी
हसिलो, पोसिलो, चिसापानीमा रमाएर पो के भो
र , 
चाहुरिएको
भोको पेटमा कुहिएको चामलको कुपन म कुरिरहेछु
।
| Bhi Village,Mugu | 
|  | 
| Goats carry sags of rice from 6-8 kilograms from Martadi, Bajura to Humla, met at Sakachaur, Bajura | 
 
 
