Thursday, June 23, 2016

what Can I say #Raralake



टलटल, टलटल, छलछल, छलछल
स्वस्तिका भनु कि निलिमा भनु,
तिमीलाई के भनु ?
+++
तिमीलाई के भनु ?
इन्द्रेनिको सातै रङ थोरै भये झै लाग्छ,
रङहरु गन्न खोज्दा भुल भुलैमा परे झै हुन्छ।
तिमीलाई के भनु ?
+++
तिमीलाई के भनु ?
आकाशको रुप पनि तिमी नै हो झै लाग्छ,
हिमाल, पहाड, तराइ तिमीसङै ,
तिमीलाई के भनु ?
+++
तिमीलाई के भनु ?
सपनामा आए झै लाग्छ, स्मिर्तिमा सँगै जस्तो,
समिर्दी पाये झै, प्रसिधी भये जस्तो,
तिमीलाई के भनु ?
+++
तिमीलाई के भनु ?
चिम चिम, चिम चिम, सुर्यका किरण सँगै,
चन्चल चन्चल,सौम्य कतै कतै,
तिमीलाई के भनु ?
+++
तिमीलाई के भनु ?
मुटु भनु कि प्राण भनु,
अपसरा भनु कि रारा भनु,
तिमीलाई के भनु ?      



Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...