प्यारो
छोरा स्मरण,
मिठो सम्झना प्यार
!
विश्वाश
छ तिमी आफ्नो सपनाप्रती
लगन्शिल भएर लागिरहेको छौ।
म पनि ठिकै छु,
अहिले म नवलपरासी पुगेको
छु । तिमीलाई थाहा
नै छ नवलपरासी रास्टिय
फुटबल खेलाडी बिमल घर्ती मगरकी
एक मात्र बहिनी मनिषाको राहस्यमय मृत्युले शोकाकुल
छ्। फेरी पनि गाउ
गाउ घुम्दै गर्दा बिशेष गरी तिमी र
दिदिको याद बिना म
कसरी जिउन सक्छु र
? मैले जती पनि बाल
बालिकाहरु भेट्छु, सबैमा तिमीहरु नै पाउछु ।
आज मलाई मनिषाको फोटो
हेरी रहदा नेहाको याद
अाइरहेको छ अनी कती
धेरै नेहा र मनिषाहरु
आफ्नो प्रेमिबाट मारिन्छन होला भन्ने चिन्ताले
छत्पतिएको छु । फेरी
यो पत्र कोरेर तिमीसँग
नजिक हुने कोशीस गर्दैछु
किन भने केटाहरु जन्मिदै
हिम्स्रक भएर जन्मने होइनन
जसरी पुरुश् लिङ हुन्छ ।
घाम
पूर्वबाट उदायेको मन परेन भनेर
पश्चिम या उत्तरबाट उदाउने
बनाउन मिल्दैन। तेस्तै यो नाक किन
मुखै माथि भयो या
मुख एकै प्वालले हुने
नाक चाँही किन दुई प्वाल
भनेर एक बनाउन वा
परिवर्तन गर्न मिल्दैन, सकिदैन
। प्रकिर्तिले दिएको कुरा सामान्य अवस्थामा
स्विकार्ने र तेस्को सदुपयोग
मात्र गर्ने हो । तर
प्रकिर्तिले दिएको बाहेक अरु सबै कुरा
जस्तै हामीले खाने लगाउने तरिका,
बोल्ने भाषा, चाल् चलन, प्रेम,
बिहे, चाड पर्ब सबै
समाजले बनएको हो। जुन ठाउँ,
समय अनुसार फरक हुन्छ, परिवर्तन
भैरहन्छ् । समाज जती
अघी बड्दै जान्छ तेती नै बैज्ञानीक
र समसमयीक् बन्दै जान्छ र जानु पर्दछ।
हाम्रो
समाजले केटाहरुलाई जबबर्जस्ती हिम्स्रक बनाउछ । जस्तै केटा
मान्छे भएर बलियो हुनु
पर्छ, साथी भाईलाई बल,
डर, धम्किले आफ्नो बनाउनु पर्छ,केतिहरु कम्जोर
हुन्छन, केटाहरु केटी भन्दा ठुलो
हो, केटीहरु केटाहरुको कब्जामा रहनु पर्छ, केटीहरुको
काम केटाहरुको इच्छा पुरा गर्ने हो,
केटाहरुले मन पर्यो
वा परेन तेही अनुसार
मान्नु पर्छ आदी आदी।
यि सबै कुरा जन्मिदा
आएको कुरा होइनन। केटा
भएर एसो गर, उसो
गर भनिरहदा केटाहरुलाई एती धेरै अधिकार
दिन्छ कि केटाहरुले स्वय
नियन्त्रन गुमौने बानिको बिकास हुन्छ र कहिले कही
अरुहरुलाई मनिषा जस्तो, कहिले आँफैलाई बेफाईदा हुने कृयाकलाप गर्न
पुग्छन।
बाबु
छोरा, फेरी सोचत, के
सबै केटाह्रु तेस्तै हुन्छन ? तेही समाजमा हुर्के
बडे पनि थोरै केटाहरु
केटीहरुलाई आफु जतिकै छेमतवान
ठान्ने, सम्मान गर्ने, उनिहरुलाई जिज्ञासा लागेको कुरा पनि समानपुर्बक
ढंगले सोध्ने, कतै चित्त दुखी
हाले माफि माग्ने, त्यस्तो
बेबहर फेरी नगरने आधी
गर्छन्। बास्तबम एस्ता केटाहरु नै सचिक्कै केटा
मानिस हुन।प्रकिर्तिले एस संसारमा केटाकेती
दुबइलाई समान हैसियत दिएको
छ फरक छ त
केबल लिङ मात्र। तेही
लिङ फरक भएका करण
अर्थात केटीहरुले महिनबारी हुने, बच्चा पाउन सक्ने, स्तन
पान गराउन सक्ने भएकले केटीहरुको थप् अधिकार दीएको
छ जुन नेपालको मुल
कानुन् सम्बिधानमा उल्लेख गरिएको छ।
मैले
तिमीलाई सानै देखी बुझाउने
र सिकाउने गरेको छु तर पनि
मनिषा र नेहाको प्रेमिहरुको
हर्कत्ले म आजित छु
र सबै जसो कुरा
दोहोरौदै छु कृपया झर्को
नमान अनी साथीहरुलाई मिल्छ
भने देखाउ, सुनाउ ।
सुनाउदा
तिमीले सानै देखी घरमा
के के गर्थेयु भन्नु।
घरमा मात्र गर्ने, बाहिर साथी भाई, छर्छिमेकिलाई
नभन्ने, नदेखौने, नसुनौने हो भने त
गर्नु र नगरनु म
केही फर्क हुन्न। मलाई
लाग्छ तिमी सचिक्कै केटा
मान्छे हो तर म
यो सब तिमीले घरमा
केके गर्छौ, कसरी गर्छौ भन्ने
आधारमा भनिरहेको छु। उमेर अनुसारको
काम गर्ने,घर भित्रको होस्
या फुल्बारिको होस् काम केटा
केटी नछुटाइ गरेको कुरा भन्नु। तेस्तै
महिलहरुलाई घरमा आमा दिदी
भएर हैन कि उनिहरु
पुरुश्हरु सँगै बराबर अधिकार
भएको मान्ब भएकोले सार्वजनिक ठाउँ जस्तै पार्क,
सिनेमा हल, बस, स्कुल,
मन्दिर, बाटो आदी सबै
ठाउमा सम्मान गर्नु पर्छ भन्नु।
केटी
साथीहरुले प्रेममा कुरा गर्दा वा
प्रस्ताब् गर्दा होइन, छैन, मन पर्दैन,
भने भने त्यो होइन,
पर्दैन, छैन नै भनेर
बुज्नुपर्दछ। उनिहरुले होइन, पर्दैन, छैन भनेकोलाई हो
भनेर भुज्नी, जब्बर्जस्ती आफ्नो कुरा लादने, गर्ने
गर्यो भने त्यो
अपराध हो, त्यस्तो प्रबिर्तिले
ज्यान नै लिना पनि
सक्छ । कहिलेकाही केटीहरु
चुप रहन सक्छन तेतिखेर
हो, छ भनेर अघी
बद्नु हुन्न । यो पनि
अपराध हो।
केटीहरुले
लगाएको लुगा, रङ आदिको बारेमा
पनि केही भन्नु हुन्न,
कस्तो लगाउने, के लगाउन्द उनिहरुलाई
सजिलो र राम्रो हुन्छ
त्यो उनिहरुको कुरो हो। केटीहरुले
लगाएको लुगाले , मेक अप ले
म उत्तेजित भए, मैले थोरै
बिएर खाएको थिए भन्ने कुरा
सब वाहियात हो, बाहानबाजी हो।
एऊन सँग सम्बन्धित सम्बेग
लुगा वा रङ वा
मेक अपका आउने होइन।
तेसो हो भने आँखा
मात्र देखाएर हिंड्ने मुस्लिम महिलहरु, बुदी महिल, सानी
केटी, अपाङ्ग केटी आधी बलत्कार लगायत अन्य किसिम्का हिन्सामा
किन पर्छन त ? जसरी केटी
मनिषाहरुले आफ्नो सम्बेगलाई निएन्त्रन गर्न सक्छन तेस्तै
पुरुशहरुले सक्छन र गर्नु पर्दछ
। कती केटी प्रेमी
बनाउन सके, सके केटीलाई
दु:ख दिन सके,
कती केटीलाई बाटोमा हिन्दा जिब्रो पत्कये भन्ने कुरा सचिक्कै केटा
हैन । त्यो त
समाजले केटाहरुलाई खुला गरिदिएको वा
केटाहरुले समाजले दिएको शक्तिको दुरुपायोग गरेको अवस्था हो जसले अपराध
मात्र निम्ताउछ। एस्तो सबेदन्शिल कुराहरुमा बेलैमा ध्यान नदिने हो भने, आफुले
आफुलाई नियन्त्रन नगरने हो भने ठुलो
दुर्घटना हुन सक्छ। आफुलाइ
माया गर्ने, आफुले माया गरेको र
जिन्दगी बिताउने भनेर कसम खाएको
मान्छे मरेर जेलमा बस्नु,
जिन्दगीभर त्यो पछुतोमा बच्नु
झन सकस हुन्छ ।
तेसैले हरेक साना साना
भनिने कुरा, बेबहर्मा बेलैमा ध्यान दिनु पर्छ।
प्रेममा
सबै भन्दा ठुलो कुरा विश्वाश
र इमन्दरिता हो जुन दुबइ
पक्षले बलियो बनाउनु पर्दछ। कसै सँगै बोल्नु,
फोन गर्नु, सँगै हिंड्नु, फेस्बुक्मा
साथी बनाउनु भएको विश्वाश गरिसकेको
प्रेम वा साथ्लाई छोड्नु
होइन। एस्ता कुराहरुमा एक अर्कालाई सममान
गर्दै अघी बड्न सकियो
भने राम्रो हुन्छ। फेरी माया गरेको
साथी हो भनेर बिहे
गरी हाल्ने, बिहे पूर्व योउन
सम्बन्ध राख्ने वा राख्न खोज्ने
वा जबार्जस्ती गर्ने कुरा राम्रा कुरा
हैन जसले भाईरहेको सम्बन्धमा
खाडल खन्दै जान्छ र ठुलो दुर्घटन
पनि निम्ताउछ ।
एस्ता
कुराहरु साथीहरु माझ् खुलेर गर्नु
पर्दछ ताकी सस्कार् नै
बदक्न सकियोस अर्थात समाज नै बडल्न
सकियोस अनी शान्ती कयम
राख्न सहयोग पुगोस।
छोरा,
पत्र त लामो नै
भयो फेरी। झर्को नमानु । मलाई थाहा
छ तिमी सचिक्कै केटा
हौ तिमीबाट कुनै पनि केटी
ले कहिलेही पनि दुखी र
शोषित हुनु पर्ने छैन
तर फेरी आमा हुँ
, समाजमा घटेका घटनाले तर्साउछ र फेरी सम्झाउन
मन लाग्छ।
तिम्रो
साथीहरु सुमन, किशोर, स्मिर्ती, शहन्शिलालाई पनि धेरै धेरै
सम्झेको छु भनिदिनु ।
उही
तिम्रो माया गर्ने
आमा
राधा
PS: Forward to Nagarik news as well.