बिहे भएको झन्डै ५ बर्ष पछी छोरी ज्वाँई सँग भेट भो ?
कसरी के कुरा गरु,
ज्वाँईलाई के कुरा मन पर्छ
सोच्दै गर्दा एसरी कुरा सुरु गरे
- सरुपाले मेरो बारेमा के के भनी त ज्वाँई नारन ?
ज्वाँईहरु लाई म नारन थपिदिएको छु,
अरुलाई के लाग्छ कुन्नी मलाई चाँही रमाइलो लाग्छ । आखिर जिउने त आफ्नै लागि न हो ।
ज्वाँई फरासिला लाग्यो मलाई
- एकै चोटि
भन्नु भो,
सबै कुरा
था छ नि ।
मैले थपे
- गजब ! धन्यवाद !
तपाईं अभागि कि म थाहा भएन तर तपाईंको बिहेमा उपस्थित हुन सकिन । दु:ख लागि रहेछ,माफ गर्नु होला। बेला नै तेस्ताइ पर्यो
- आमा भर्खर स्वर्ग भएको र बा बिरामी परेको बेला ।
अभागि त म हो नि अन्टी,
हजुरको त्यस्तो बहुमुल्य एक रुपैयाँ पाउन सकिन, लाग्यो लेखेको रहेनछ । मैले अहिले सम्म एक रुपैयाँ पाएकै छैन ।
ज्वाँईले कुरा अघी बडाउनु
भो - सरुपा जहिले जुन पर्ब आए
पनि तपाईंलाई भन्दा त्यो एक रुपैयाँ
उत्पात सम्झिन्छिन। अनी तपाईंको नक्कल
गरेर खुबै हास्छिन र
हसाउछिन ।
हामी
पर्देशमा सबै कुरा पाएर,
भएर पनि रित्ता र भोका
हुन्छउ जब जब हामीलाई
जोड्ने चाड पर्बहरु आउछन
। कुरै कुरामा हामी
सबैलाई सम्झिदै जान्छौ, एक्दमै नरमाइलो लागि रहेको हुन्छ
। जब तपाईंको पालो
आउछ अनी हामी खुशी
हुन्छउ, रमाइलो गर्छौ , यो कृया सधैं
दोहोरिन्छ तर सधैं उस्तै
रमाइलो र ताजा लाग्छ
।
बिशेष गरी ठुलो दिदिको
बिहे भये पछी अझै
उहाको बच्चा भये पछी मैले
पनि टिका लगाउन् पाउने
भये। तेती बेलाबाट दसैंको
खास मर्म पनि बुझ्न
थालेको थिए क्यार् ।
लाग्थ्यो यो चाड ठुलाहरुलाई
भेटेर आशिर्बाद लिने चाड हो
जहाँ बिगतका सबै तिता, कटु
सम्बन्धहरु पखालिन्छन् अर्थात सद्भब , सम्बन्धका पालुवाहरु टुसौछन, जहाँ एक अर्कालाई
मुखले भन्न नसके पनि
बेबहार्ले अर्थात सान्केतिक रुपमा माफ दिन्छन, माग्छन
।
केटाकेटी
नै थिए तर पनि
पैसा दिने र लिने
अभ्यास मलाई पटक्कै राम्रो
लागेन । दसैं पछी
स्कुल जादा होस् वा
स्कुल जानु अघी भेटिएका
साथीहरुले मेरो पैसा एती
भो, उती भो भनेको
सुन्दा मलाई दिक्क लाग्थ्यो
। अझै कोही कोही
त मेरो पैसा यहाँ
एती, त्यहाँ तेती भनेर पहिले
नै हिसाब गर्थे, अनी यो किन्छु,
त्यो किन्छु भनेर सुनौने पनि
थिए । आफ्नो त
मामाघर पनि टाढा, टिका
लगाउन् जाने ठाउँ खासै
थिएन, अली अली भएको
पनि मैले पछी बन्दै
गरिदिये। मलाई आफ्ना दिदी
भिनाजुहरु, छोरा छोरीहरु आए
पछी मात्र रमाइलो लाग्ने बनी परेको थियो।
जब मेरो टिका लगाउने
पालो आयो मैले एक
रुपैयाँ दिये, सामान्य नै रह्यो कसैले
केही भनेन किन भने
टिकाको थालिमा राखेको पैसा नै दिनु
थियो अर्थात मेरो कमाइ थिएन।
हुन त अरु दिदी
हरु कमाइ नै नभये
पनि मेरो लाइनमा भने
हुनु हुन्थेन।
समय
बित्यो । घरमा बिचको
सदस्य भये पनि पैसो
कमाउने पहिलो बेक्ती म नै भये
त्यो पनि १९ बर्षकै
उमेरमा ।
शायद,
छोराछोरीहरुमा एउटा अपेछा थियो
होला, जागिर खाए पछी पैसा
टन्नै पाईन्छ होला भनेर। पहिलो
पटक जागिर खाएर दसैं मनाउदा
पाच् पाच् जना पुगी
सकेका थिए ।
मेरो
उमेर बद्यो, घर छोडेर पढ्न
निस्के, जागिर खाए तर मैले
आफ्नो कुरो छोडिन, सधैं
झै तेही थालिबाट झिकेर
एक एक रुपैयाँ दिये।
पहिलो
पल्ट उनिहरु दुखी भये होलान,
मलाई छुची भने होलान
तर अगाडि कसैले केही भनेनन, बरु
बा आमाले जिस्काउनु भयो अनी अर्को
बर्ष बाट मेरो थिती नै
तेही बस्यो भनु भने सस्कार
नै बन्यो ।
ठुलो
छोरी अनुपाको बिहे भये पछी
सबैले अपेछा गरेका हुँदा हुन अब ज्वाँईलाई
धेरै पैसा दिन्छे। बरु
भनु भने कौतुहलता थियो
होला के गर्छे होला
भनेर ।
तर,
म परिवर्तन भइेन । ज्वाँई
नारन आफु त एक
रुपैयाँ कम्पनी हो क्या रे
।
सबै
जना गलल हासे ।
आफ्नो
काममा हानी हुन्छ भने
म चाड पर्ब भनेर
घर नबस्ने हुनाले पनि म एस्तो
टिको टालो लगाउने काममा
तेती सहभागि हुदिन ।अर्थात् मेरो एक रुपैयाँको
अभिमुखीकरन गर्नु पर्दैन ।
धेरै
पछी, जब मेरो बहिनिको
बिहे भो,तेती खेर
मेरा आफन्त, साथी भाई मेरो
पालो कुरेर बसेका थिए ।
मैले
टिका लगाये र दिये तेही
एक रुपैयाँ।
मलाई
थाहा थियो, यो दसैंको टिकाको
थालि थिएन तेसैले मैले
एक एक रुपैयाँ खोजेर
लगेको थिए।
मैले
कुनै सिदान्त पडेर, कसैले भनेर वा कसै
सँग प्रभाबमा परेर एक रुपैयाँको
सस्कार सुरु गरेको थिएन
। मलाई माया, सद्भब,
सम्मान लाई पैसा सँग
सIत्नु हुन्न भन्ने लाग्यो ।
मैले तेती बेला
देखी नै आफुले पनि
पैसा लिन छाडे। फुल
मात्रा लिने। कतै कतै, कोही
कोही अती नै जिद्दी
गर्ने अवस्था आयो भने सबै
भन्दा सानो पैसा लिए
दिएर सजिलो बनाइ दिन्छु ।
मलाई तेती नै
बेला देखी छोरीहरुलाई दोग्ने
चलन पनि मन परेन।
दोग्न पनि छोरा छोरी
भनेर छुटाउने, कस्तो बिडम्बना ?
ठुलो
बाट आसिर्बाद र माया लिने
भये पछी त सबै
ठुलोहरु प्रती क्रितग्य हुनु पर्छ भन्ने
लाग्यो अर्थात त्यहाँ छोरा छोरी भन्ने
प्रश्न नै आएन। मलाई
आफु भाई भन्दा छ
बर्ष ठुलि, धेरै पडेकी भये
पनि आफु सानो र
हेपिएको जस्तो लाग्यो । मैले मेरा
बा आमलाई दोग्न किन नपाउने भन्ने
प्रश्न ले दुखी बनायो,
जुन कुरा स्कुल मा
चिट्ठी लेख्न सिकाउदा पनि लाग्थ्यो। छोराले
बा आमालाई लेख्दा सास्टङ दण्डवत अनी छोरीहरुले लेख्दा
सादर नमस्कार ।
यि दुबै कुरा बाट
मुक्ती पाउन मैले आँफैले
सुरु गरे दोग्न ।
आफु भन्दा ठुला सबै बा
आमा, दिदी भिनाजु वा
अरु जो सुकैले टिका
लगाये पछी मैले हातमा
दोग्न थाले अनी मलाई
पनि खुटटामा दोग्न कसैले पाएन अर्थात छोराछोरिहरुले
पनि हात्मा नै दोग्छन ।
मैले पहिलो चिट्ठी लेखेको नर्सिङ पढ्न गएपछी मात्रा
हो जहाँ मैले सास्टङ
दण्डवत नै लेखे किन
भने मैले हातमा दोगे
पनि दोगेकै हो । तेसो
त मेरो आमाले कोही
कसैलाई खुटा छुन दिनु
हुन्थेन ।
हरेक
दसैं आउँदा मेरो एक रुपैयाँको
कथा दोहोरिन्छ, तेहोरिन्छ ।
जब मेरो पालो आउछ
अनी छोरा छोरीहरु हुटिङ्
गर्छन् - एक रुपैयाँ --एक
रुपैयाँ ।
आज भोली त एक
रुपैयाँ पाउन पनि मुस्किल
मुस्किल छ अनी उनिहरु
भन्छन एक रुपैयाँ नपाए
पछी के गर्ने,
उनिहरु
नै उत्तर दिन्छन मनि मियुजिआम् जाने
।
अनी
सँगै नहुने हरुले फोन गर्छन् - अन्टी
एक रुपैयाँ साह्रै मिस गरे ।
PS: forwarded to Bahrakhari