http://www.onsnews.com/artical-of-radha-paudel/
महिनाबारी दिबस—पृष्टभूमि, चुनौती र अवसर
अंग्रेजी महिनाको यो पाचौ
महिना 'मे' संसारभरी नै 'स्वस्थ महिनाबारी' अधिकारको
महिनाका रुपमा मनाइरहेको छ | नेपालले पनि सन् २०१४
देखि महिनाबारी दिबस कुनै न कुनै रुपले मनाउन थालेको छ|महिलाहरु महिनाबारी
हुदा रगत बग्ने दिनलाई सालाखाला मिलाएर पाच दिन हुने भएकोले पाचौ महिना लिएको हो
भने, संसारभरिका
महिलाहरुको महिनाबारी चक्र सालाखाला २८ दिनको हुने भएकोले २८ तारिखलाई दिबशको
रुपमा मानिएको हो | जब सन् २०१४ मा सयुक्त राष्ट्र संघले लैंगिक
समानता हासिल गर्न महिनाबारी बार्ने कारण एक मुख्य बाधक हो भनेर घोषणा गरेपछि बिश्व
बिकाशको इतिहासमा महिनाबारिले थोरै भए पनि ठाउँ पाएको छ | अर्थात् प्रकिर्तिक रुपमा प्राप्त महिनाबारी जुन संसार भरिकै महिलाहरुले अनुभब
गर्छन र जन्मेदेखि मर्ने वेलासम्म यसको प्रकिर्तिक प्रभाब र सामाजिक मूल्य मान्यता
भए पनि लामो समयको अन्तरालमा मात्र महिनाबारिलाई एक सबालको रुपमा हेर्न थालियो |
संसारकै इतिहास हेर्ने हो
भने सन् १९४८ देखि मानब अधिकारको बहस शुरु भयो | सन् १९७९ देखि महिला
बिरुद हुने सबै खाले भेदभाव बिरुदको महासन्धि घोषणा गरि संसारभरी नै महिला अधिकार
र शाश्क्तिकरनका छेत्रमा उल्लेखनीय कामहरु नभएका होएनन तर दुर्भाग्य नै भन्नु
पर्दछ महिनाबारीले कतै स्थान पाएन |