Dear Visitors,
Here, I have shared a key note speech which was delivered during the first Dignified Menstrual Hygiene Day, May 28, 2018 at National City Hall, organized by government, Nepal.
It is in Nepali (my apology for not able to translate, I will translate in future). I was so happy by seeing the institutionalize the campaign which I have been speaking up for 35 years in voluntary basis across the globe. But I was equally sad and disappointed by seeing the communication regarding my speech. I was assigned for 45 minutes for triggering speech, later sent the written invitation letter for 20 minutes, about 12 hours before I received message for 8 minutes, I informed for 10 minutes with 5-10 minutes extra time as Nepali time (I never speak like this or beyond my provided time but two friends encourage me from the organizing committee). I received the phone call about three hours before with proposal for not presenting in front of ministers.
I was mad and replied not presenting if they wouldn't have time with ministers. That guy was calling me from the phone of government staff. He cut the phone abruptly.
I was so confuse whether I would speak or not, when would I speak?
I was just prepared on my own; narrative, slides as summary of narrative for non- Nepali speaker guests and mini hand books for ministers. There was no preparation on time.
I was invited after the experimental sharing from Dailekh, 16 years girls. She only shared the experience of cowshed. That was very obvious and brave lady.
When I started to o read, about 3 minutes, I received the timer message. I continue to read so quick, I keep getting receive same message and finally, a guy came and said stop here by pointing in my paper. I have some questions, and floating on my mind;
If all of the minister were busy, why should they promised to join it.
If they didn't like to hear the context, how could they understand the issue, suffering and sign in commitment paper.
After me, chief guest, speaker and other ministers spoke and left the program. They put signature on commitment paper but it was not readout in mass or publicly.
To short the long story, the government and leaders (political and development) are still not serious with issue. They keep focusing for western Nepal not for the menstrual restrictions. For outsiders and campaign, it was wonderful program where the menstruation institutionalize by government but rest of thing is so frustrating (will write again)
Slide 1,
प्रथम, रास्ट्रिय मर्यादित महिनाबारी दिवश २०७५ का सभाध्यछ महोदय,
प्रमुख अतिथि ज्यु,
मंत्री ज्युहरु,
उपस्थित सम्पूर्ण भद्र महिला तथा सज्जन बृन्द |
सर्बप्रथम, संसारभरका केटी तथा महिलाहरुलाई महिनाबारी दिबशको शुभकामना
ब्यक्त गर्दै अघि बढ्ने अनुमति माग्दछु |
झन्डै ३५ बर्षको स्वयंसेबी ढंगले अनबरत, सघर्षमय,
यात्राका बीच यस एतिहासिक छनमा यहाहरुको माझमा प्रस्तुतीकरण गर्न पाउदा अत्यन्तै
खुशी छु | यो यात्रा अत्यासलाग्दो र चुनौतिपूर्ण हुदाहुदै पनि, आफ्नो सपना,सिकाई , अनुभब
सस्थागत भएको अनुभुतीले फुलेल छु र केहि भाबुक पनि |
महिनाबारीको बिषयमा ठोस छलफल वा साझा विचार पनि नबनिरहेको
सन्दर्भमा नेपाल केन्दित स्पष्ट तर यथार्थ विचार राख्ने जमर्को गरेको छु |
Slide 2
अधिकार र अभियान परिबारमा
कसैले नजान्दै,
नसुन्दै, कसैको तालिम र प्रोजेक्टको प्रवाहमा नपर्दै, चितवनमा,सात बर्सकै उमेरमा आमा र तिनवटा दिदीहरुको महिनाबारी हुदाका बेला
अबलोकन गरेको अनुभूतिबाट मभित्र एकप्रकारको विद्रोहको जन्म भयो | मेरा दिदीहरु
पहिलो तिन पटकको महिनाबारीसम्म छिमेकीको
धन्सारमा गाइभैसीसंगै बसेको देखिन मात्र आमा र दिदिहरुहरुले दुध, दहि, घ्यु,मासु, फलफुल, तरकारी खान बार्नु भएको देखे |उहाहरुले
घरभित्र पुराना थोत्रा लुगा, छुटै थाल कचौरा लिएर कसैलाई पनि
नछोइकन, कुनै पनि
सामाजिक गतिविधिमा सहभागिता नभैकन हरेक महिनाका पाच दिन हिनताबोध, विभेदको कहाली लाग्दो अवस्थाबाट गुज्रेको देखे | आठै बर्षको उमेरमा
ऋषिपंचमी पुजाको साझी बस्ने मौका पाए जहाँ महिला र महिनाबारी पापका मूल थिए |
अन्तत पापी भएर, छोरी भएर बाच्नुको पिडाबोधबाट मुक्ति पाउन, मैले आत्महत्या बिकल्पमा रोजे|
तर चाहदैमा
मर्न न सजिलो छ, न सकिन्छ
नै ? अहिले सोचिरहेको छु, म मरेको भए यो मर्यादित महिनाबारिको यात्रा कसरी तय
हुन्थ्यो होला | जिउदै त थिए तर पलपल मरिरहेको थिए, —सम्झिरहेको थिए — छोरीहरु पापी हुन्, महिनाबारी हुनै पर्छ | रोए, कराए, भाकल गरे, न मरे न महिनाबारी नै
रोकियो ? १४ वर्षको उमेरमा पहिलो
महिनाबारी हुदा दिदीहरु र आमाले बारेको सबै बार्ने कुराहरुबाट छुटकारा पाउन मैले
घरबाट भागे | पछी स्टाफनर्स
पढेपछि मात्र थाहा भयो महिनाबारी प्रकिर्तिको अपार उपहार, जसको सहायतामा संसार अडेको र बढेको छ |
यसरी महिनाबारी मेरो
गौरब र शक्ति त बन्यो नै मेरो अभियान पनि सुरु भयो | बीसवर्ष अघि अनुसन्धान गर्दा मैले निष्कर्ष
निकालेकी मेरो आमा दिदीहरुले छाउपडी अभ्यास गर्नु भएको हो अर्थात् छाउपडी चितवनमा
छ |काठमाडौँमा छाउपडी
झनै बिकराल छ जहाँ एकै कपडाको टालो एक महिनामा घरका तिन महिला सदस्य आमा, छोरी र बुहारीले प्रयोग गर्छन, लुकाएर धुन्छन, सुकाउछ्न | झन्डै १२ वर्ष अघि
यो समस्याका कारण बाग्लुंग, महोत्तरी र उदयपुरका किशोरीहरु पढाई छोड्न
बाध्य भएको म सग्लग्न अनुसन्धानले | यो नेपालको मात्र समस्या नभएर एशिया र अफ्रिकाका धेरै मुलुकहरुमा उस्तै जटिल
र बिकराल छ | मैले कुनै पनि
बार्नु पर्ने कुराहरु बारेको छैन र दश वर्ष अघि, आमाको मृत्युसस्कार
भाइ र बहिनीसंगै, महिनाबारी भएका बेला सम्पन्न गरे |
Slide 3
यहाँ नेपाली केटीहरु
र महिलाहरुलाई साझी राखेर, महिनाबारी बार्ने अभ्यासलाई चार धारबाट प्रस्ट
पार्न चाहन्छु |
१. अशुद र फोहोरी रगत: पाठेघरको भित्रि तह, सालाखाला २८ दिनको चक्रमा, बच्चा आयो भने हुर्काउनको लागि तयारी अबस्थामा रहन्छ तर बिभिन्न कारणबस बच्चा बन्ने बाताबरण
नबनेपछी त्यही तह फुट्छ वा च्यातिन्छ यसरी फुट्दा आउने रगत महिनाबारि हो जुन नितान्त शुद्ध हुन्छ| दुर्भाग्य नै मान्नुपर्छ, मनुस्मिर्ती, चाणक्यनीति, ऋषिपंचमी र
गरुणपुराणमा अशुद्ध रगत भनिएकोले, शिछित, अशिछित,धनी,गरिब, देश भित्र र बाहिर एउतै बुझाई छ, जसका कारण महिनाबारी
बारिरहेका छन् | जसभित्र खान हुने र
नहुने, छुन हुने र नहुने, सहभागिता हुने र नहुने समूहभित्र झन्डै चालिस भन्दा बढी प्रकारका बार्ने
चलनहरु नेपाली समाजमा बिधमान छन् | संख्यात्मक रुपमा यी चलनहरु तलमाथि भएतापनि सबै जात, धर्म, बर्गमा केहि न केहि अभ्यासमा छन् | बिशेषगरि यस्ता बार्नुपर्ने मान्यताहरु घरका
वृद् सदस्य, धामी झाक्री, पण्डितबाट धर्म,सस्किर्तिको नाममा लादिन्छन भने कतिपय अबस्थामा शिछित व्यक्ति जस्तो
अधिकारकर्मी, शिछक, स्वास्थ्यकर्मी पनि
बारेर निरन्तरता दिएका हुन्छन |
Slide 4
२. देखिने र नदेखिने महिनाबारी बार्ने चलनहरु: माथि उल्लेख गरिएका बार्ने चलनहरु कतै, कुनै, जो सुकैले सजिलै देख्न सक्छन तर कतै महिनाबारी बारिरहेको थाहा पाउन केहि
घण्टा वा दिन कुर्नु पर्ने हुन्छ |उदाहरणको लागि पश्चिम नेपालमा बस्ने ठाउँ, लगाउने लुगा, प्रयोग गर्ने खोला, लुगा सुकाउने तरिकाबाट स्पस्ट हुन् सकिन्छ | तर देशका अन्य भाग तथा एकै कोठा भएका परिबारमा कोठाको
एक कुनामा थोत्रा दरि, कपडा, एक थाल र गिलाशको
भरमा, झन्डै सबै प्रकारको चलनहरु अभ्यास गरिन्छ | यसरी बार्ने अन्तर्निहित सिदान्त र कारणहरु
बिस्लेषण गर्दा पश्चिम नेपालको बार्ने चलन र बाकि नेपालको बार्ने चलन एकै हो
अर्थात् छाउपडी संसारैभरि छ जहाँ जहाँ नेपालीहरु बस्छन | यदि कसैले पश्चिम नेपालमा मात्र छ भन्छ भने
त्यो पश्चिम नेपालमाथि गरिएको थप विभेद हो| सदियौ देखि पश्चिम नेपालमा मात्र छाउपडी छ भन्ने भ्रम पाठ्यक्रम, बिज्ञ सबैमा भएका कारण म यहि प्रस्तुतिमार्फत आगामी दिनमा सबैले महिनाबारी
बार्ने चलन प्रयोग गर्न, गराउन पनि हार्दिक अनुरोध गर्दछु |
Slide 5
३. निजी र सार्बजनिक जीवन: झट्ट देखेको भरमा महिनाबारी बार्ने, नबार्ने भन्न
सकिन्न | कतिपय जाति, समुह जस्तो तामांगहरु निजी जिबनमा बार्दैनन वा कतै कम बार्छ्न जस्तो पुजा
गर्दैनन, तर सार्बजनिक जिबनमा उनीहरु अन्य जातिको
प्रभावमा बार्ने गर्छन |त्यस्तै धेरै जसो
स्वास्थ्यकर्मी, शिछक, कर्मचारी सार्बजनिक
जिबनमा बार्दैनन तर, निजी जिबनमा बार्छ्न |
Slide 6
४. बिकाशका मुद्दासंग महिनाबारी: यस बुदा अन्तर्गत महिनाबारी कसरी शान्ति, मानब अधिकार, शशक्तिकरण , दिगो बिकाशसंग
सम्बन्धित छ बिस्लेषण गरिनेछ |
कुनै पनि केटी वा महिला महिनाबारी हुनु पूर्व, महिनाबारी हुने
उमेर र महिनाबारी बन्द भएपछी वा मेनोपजका बेला व्यक्तिगत रुपमा बिभिन्न
प्रश्नहरुसंग मुकाबिला गरिरहेका हुन्छन | शरीरमा आएको परिबर्तनप्रति डर, उत्सुकता, खुल्दुली, चिन्ता त हुन्छ नै घर र समाजले थोपरेको
बार्नुपर्ने मान्यताले उनीभित्रै र घर वा समाजसंग पनि द्वन्द हुन्छ | यसका कारण मनोविज्ञानमा अल्पकालिन र दिर्घकालिन
नकारात्मक प्रभाब पर्दछ, कहिलेकाही आत्महत्या नै गर्न मन लाग्ने हुन्छ | तर दुखका साथ भन्नु पर्दछ कि नेपालमा शान्तिका
मुद्दामा काम गर्ने जो कोहीको लागि महिनाबारी मुद्दा बन्न सकेको छैन |
बिद्यालयलाई देवतासंग जोडेर महिनावारी
भएका बेला सालाखाला ५ दिन पढ्न जानबाट बन्चित हुदा, वर्षको ६० दिन वा
दुइ महिना गयल रहे बापत सानो कछामा तेज भएका किशोरीहरु बिषय लगाउन थाल्छन र अर्को
वर्ष फेल हुन्छन| जहाँ धारा ३१ शिछाको अधिकारको हनन हुन्छ |
यदि उनीहरु घरमा परेजमा बसेर स्कुल जान पाउने अबस्था रहेछ भनेपनि अधिकाम्स
स्कुलहरुमा केटीहरुको लागि चर्पी छैनन्, रहेछन भने ढोका
हुन्नन्, ढोका भए चुकुल लाग्दैन, कहिले पानी हुन्न, पानी भए पनि सफा हुन्न, कपडा फेर्न आबश्यक पर्ने ठाउँ हुन्न, साबन हुन्न, सामग्रीको बिसर्जन गर्ने बेबस्था हुन्न, आकस्मिक महिनाबरिको
लागि सामग्रीको बेबस्था हुन्न, केटीहरु महिनावारी भएको कुरा लाज मान्छन,केटा र कहिलेकाही साथी र शिछकले पनि जिस्काउछन् |यस्तो स्थितीमा उनीहरु सिकाई केन्द्रित हुन्
सक्दैनन् |
अर्थात् उनीहरु फेल हुदा उनीहरुको जिबनप्रतिको सपना र अभिभाबकको सपना असामयिक निधन हुन्
जान्छ र अभिभाबक वा किशोरी वा दुवै पछ्बाट चाडो बिबाह वा जब्बरजस्ती बिबाह गर्न
पुग्छन |नेपाल एसियामा चाडो
बिबाह गर्ने तेस्रो मुलुक हो तर नेपालमा चाडो बिबाह बिरुद भएगरेका जति पनि गतिविधिहरु
छन् ती एकांकी छन् वा मर्यादित महिनाबारिसंगको सम्बन्धलाई बिस्लेषण गरिएको छैन जुन
दुखद पछ हो, सधै झैँ आयातित मुद्दा र बिस्लेषणमा नेपाली
अभियान केन्द्रित छ |
slide 7
महिनाबारीका बेला पोषणयुक्त खानेकुराबाट बन्चित हुने भएकोले कुपोषण, रक्तअल्पता देखिन्छ | खानेपानीको पहुच नहुनु, अव्यस्थित चर्पीका कारण पानी कम खाने हुनाले मृगौला
सम्बन्धि रोगहरु लाग्छ | कतिपय ठाउमा महिनाबारी भएको बेला छोइछाई हुन्छ, श्रीमान, ससुराले एकै चर्पी
प्रयोग गर्नुपर्छ भनेर महिलाहरुलाई झाडी वा जंगलमा उज्यालो हुनुपूर्व वा साझ,अध्यारो भएपछी
खुल्ला ठाउँ प्रयोग गर्न बाध्य पारिन्छ | त्यस्तै सार्बजनिक स्थानहरु जस्तै कार्यालय, बस पार्क, होटेल, बिश्वबिधालय, अस्पताल आदिमा
चर्पी कि हुदैनन् भइहालेमा प्रयोग गर्न लायक हुदैनन | त्यसतै घरको भान्सामा संगै सहभागी भएर खाना
खाने देखि बिभिन्न सभा, समारोह, सस्किर्तिक
गतिविधिमा सहभागी हुन पाउदैनन | माथि उल्लेखित अवस्थाहरु संविधान २०७२ ले प्रत्याभूत गरेको मौलिक अधिकारहरु जस्तो सम्मानित जिबन जिउने, समानता, अभिबेद्को, स्वास्थ्य, खाना र महिलाको अधिकार क्रमश धारा १६, १७, १८, २४, ३५, ३६, ३८ को हनन भएको अवस्था हो |महिनाबारी अधिकार चर्पी,पानी र स्यानिटरी प्याड मात्रै होइन भन्ने यथार्थ यहाहरु सबैलाई स्मरण गराउन
चाहन्छु|
slide 8
महिनाबारी भएका बेला रगत लुकाउन, आफ्नो छमता, रुची, प्राप्यता अनुसार सामग्री जस्तै लंगुटि, सिरकको खोल, तन्ना वा सारीको टुक्रा वा नया कपडाको टाला, वा रुमाल वा पुन प्रयोग गर्न मिल्ने प्याड, बजारको गल्ने वा
नगल्ने खालको प्याड, कप, टेम्पुन, कट्टू आदि जे प्रयोग गरे पनि हुन्छ सफा हुनुपर्दछ | राम्रो सरसफाई हुन् नसकेको कारण पाठेघर
सम्बन्धि सक्रमण तथा रोगहरु लाग्न सक्छ | तर बजारमा पाइने प्याड महँगो हुने, सजिलै नपाइने, गुणस्तरीय नहुने त समस्या छदै छन | नि सुल्क, बिना नीति, प्याड बाडनाले
एकातिर परनिर्भरताको सस्कारलाई स्थापित गर्यो भने अर्कोतिर माथि उल्लेख गरेका
अधिकारहरु स्थापित गर्न सक्दैन र बाताबरण मैत्री छैन जुन कुहिन ५०० देखि १००० वर्ष लाग्ने अनुसन्धानले देखाएको
छ |
slide 9
छुन हुने र नहुने मान्यताका कारण महिलाहरुलाई छुटै घर,वा छुटै गोठ वा छुट्टै कोठा वा छुटै कुनामा राखिन्छ |कतै स्पस्ट देखिन्छ कतै देखिदैन |यसरी छुटै राख्दा कतिपय ठाउमा फोहोर, साघुरा, झ्यालढोका नभएका, गाइभैसी संगसंगै
बसेको पनि देखिन्छ भने कतै सफा घर वा गोठ पनि हुन्छन |यसरी सफा वा फोहोर कोठा वा घरमा छुटिएर बस्दै गर्दा, अरु बार्ने अभ्यासहरु
संगसंगै बारिएको हुन्छ | प्राथमिक रुपमा चाहे सफा होस् वा
फोहोर संबिधानले प्रत्याभूत गरेको सम्मानित, स्वतन्त्र जिउन पाउने र आबासको अधिकार हनन भएको हुन्छ भने अप्रत्यछ रुपमा माथि उल्लेखित
सबै अधिकारको हनन भएको हुन्छ|
Slide 10
धेरै सस्था र विज्ञहरु सफा घर वा गोठमा बस्ने कुरालाई मात्र जोड दिएको देखिन्छ
| म यहाहरुलाई प्रस्न गर्न चाहन्छु —के सफा घर वा गोठमा
बसेकी महिलाले आफुलाई भोक लागेका बेला भान्सामा गएर खाना खान पाउछिन, के जतिखेर तिर्खा लाग्यो उतिखेर पानी निकालेर
पिउन सक्छिन ? के उनीले घर परिबारको सदस्यसंग सधै झैँ संगै
बसेर खाना खान सक्छिन —सक्दिनन |यदि बस्ने ठाउँ फोहोर छ भने
त थप जोखिम हुनेमा शंका नै छैन |यसका अतिरिक्त बलात्कार, हत्या, सर्पको टोकाई, निस्सासिने, अत्यधिक चिसो वा तातो आदिका मृत्यु नै भएका घटनाहरु र ती
घटनाहरुले अन्तरास्ट्रिय स्तरमा नेपालीको शिर झुकेको सम्झना गराउन चाहन्छु |
Slide 11
कतिपय सस्थाहरु बनिसकेका गोठ भत्काउन मरिहत्ते
गरेको देखिन्छ, यो दिर्घकालिन समाधान होइन|
जबसम्म महिनाबारीसंग सम्बन्धित डर, भ्रमलाई चिरिदैनन, मनभित्रका गोठहरु
भत्कैदैनन तबसम्म महिनाबारी मर्यादित हुन् सक्दैन | गोठ भत्काउनेहरुले फेरी गोठ बनाएको, रातभर घुम वा
पलास्टिक ओडेर बसेको वा पहाडको थुम्को वा दाउराको हारमा आड लगाएर रात बिताएको
अबस्था हाम्रो सामुन्ने छ |
यहानेर भुल्न नहुने सत्य के हो भने करीब ५ देखि ७ वर्षको उमेरमा केटा वा केटीले आमा, दिदी, छिमेकी, किताब वा मिडियाबाट
महिनाबारी थाहा पाउछन | परिणामस्वरूप केटीहरु, म केटा भन्दा सानो, शक्तिविहीन, महिनावारी हुने, भाई झैँ बालाई छुन नपाउने, भान्सामा जान नपाउने आदिका कारण न्यून आत्मबिस्वाश, हीनताबोध,शक्तिबिहिन अबस्थामा
हुर्कन बाध्य हुन्छे जतिखेर उ महिनाबारी भएकी पनि हुन्न |ठिक त्यतिनै उमेरमा
केटा, केटीहरु भन्दा ठुलो, कहिलयै पनि केहि बार्न नपर्ने, शक्तिशाली अबस्थामा हुर्कन्छ| अपबादमा बाहेक महिलाहरुलाई हेप्ने, हिंसा गर्ने, महिलाहरु कोहि
होइनन, केहि गर्न सक्दैनन् भन्ने मानसिकताको सामाजिकीकरणको उदगम स्थान पनि महिनावारी
बार्ने चलन हो | हुनत केटाहरुले पनि आमासंग सानोमा संगै हुर्कदा, पछी दिदीबहिनी र श्रीमती महिनाबारी हुदा महिनाबारी
बारेको र उसको जिन्दगीमा पनि असर गरेको हुन्छ तर यसको बारेमा चर्चा बिरलै हुन्छ |
माथि उल्लेखित परिबेशमा यो वा त्यो तरहले महिलाको
सशक्तिकरणमा महिनाबारी बार्ने चलन एक मुख्य बाधक हो| यस परिस्थितिमा
नेपालले दिगो बिकाश लछ्य २०३० हासिल गर्न जुन सूचकहरु तय गरेको छ त्यो पनि सम्भब
देखिदैन |आधा जनसख्या ओगट्ने महिलाहरुको प्रकिर्तिक र अनिबार्य गुणलाई बेवास्ता गरेर
लामो यात्रा तय गर्न सकिदैन| दिगो बिकाश लछ्य १, २, ३, ४, ५, ६, क्रमश गरिबी, भोक, स्वास्थ्य, शिछा, लैंगिक समानता, सरसफाई र बाताबरणका सूचकहरु प्राप्त गर्न मर्यादित
महिनाबारी अनिबार्य पूर्व सर्त हो |
Slide 1२
यसकारण
महिनाबारी महिलाहरुको मात्र सबाल नभएर शान्ति, मानब अधिकार, शशक्तिकरण, शिछा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाताबरणमा काम
गर्ने सबै निकायको साझा सबाल हो |कुनै एक पाटो बलियो वा धेरै काम गर्दैमा महिनाबारी
भएकी महिलाले न सम्मानित भएर जिउन सक्छिन न समाज सम्रिधिको बाटोमा जान्छ |
slide १३
समाज निरन्तरताको अपरिहार्य शर्त भएतापनि
महिनाबारिले बिस्व बिकाशको यात्रामा ठाउँ पाएन | सन् १९४८ मा मानब
अधिकारको घोषणा भयो जहाँ हरेक व्यक्ति सम्मानित जिबन जिउन पाउने अबस्थाको कल्पना
गरियो| सन् १९७९ मा महिलाहरु माथि हुने सबै खालका भेदभाब बिरुदको महासन्धि [सिडअ] जुन महिला अधिकारको
पहिलो र महत्वपुर्ण दस्ताबेज मानिन्छ, त्यसपछी पनि महिनावारी सुसुप्त अबस्थामा रह्यो | महिलाहरु नै सयुक्त
राष्ट्रसंघमा सहभागी हुदा पनि महिनाबारीलाई सामान्य रुपमा लिइयो |सन् १९९५ अर्थात्
बेजिंग सम्मेलनपछी प्रजनन अधिकारले प्राथमिकता पायो तर महिनाबारीले फेरी पनि ठाउँ
पाएन| जब सिडअको प्रतिबेदनहरु सरकार र नागरिकसमाजको तर्फबाट लेख्न थालियो तब तब
महिनाबारीलाई परम्परागत हानिकारक अभ्याशमा
लगेर झनै सकुचित बनाइयो | संसारभरका महिलाहरु जीबनमा करिब आठ वर्ष महिनाबारी
हुने, र अप्रत्यछ रुपमा जिबनभर प्रभावित हुने महत्वपुर्ण सबाल कुनै छेत्र वा समुहमा
बिधमान हुने अभ्यास जस्तो दाइजो, बोक्सी, चाडो बिबाह संगै लगेर राखियो |दाइजो, बोक्सी, चाडो बिबाहको एउटा मुख्य कारण महिनाबारी बार्ने
चलन हो भन्ने प्रसङ्ग छलफलमा नै आएन जुन बिश्व महिला आन्दोलनको अत्यन्तै दुखद पछ
हो |
मात्रै चार वर्ष अघि, सन् २०१४ मा आएर मात्र सयुक्त राष्ट्र संघको
मानब अधिकार परिषदले महिनाबारी बार्ने चलन लैंगिक समानता हासिल गर्न एक मुख्य बाधक
भएको घोषणा गर्यो | सन् २०१५ मा दिगो बिकाश लछ्य २०३० घोषणा गरेता पनि
संसारै भरि भएको महिनाबारी बार्ने सबाललाइ नियतबश बिर्सेको देखिन्छ जहाँ महिनाबारीको शब्द
नै उल्लेख छैन |१६९ टार्गेट मध्य, ६.२ ले स्कुल छात्रा मैत्री हुनुपर्दछ भनेर भनेको छ | मर्यादित महिनाबारीको
बहु आयामिक पछ्हरुलाई सम्बोधन गर्न सकेको छैन अर्थात् अभियान नै एकदमै अधुरो छ | अझ स्पस्ट भन्ने हो
भने महिनावारी पशिमा मुलुकहरुको समस्या होइन |
Slide 14
पुरुषबाद हाबी भएको नेपालको मानब अधिकारको भीडमा महिनाबारीले
ठाउँ पाउने कुरै भएन |प्रजातन्त्र पुन बहालीपछी वा सन् १९९० देखि नेपालमा महिला अधिकारका सबालमा सरकार र गैर सरकारी सस्थाहरु काम गरिएता पनि अफसोच
महिनाबारीका बारेमा सबै पछ मौन रहे | नेपालको माटोलाई सुहाउने मुद्दा अर्थात् सम्पूर्ण
नेपाली महिलाले भोगेको पिडा, कसैको मुद्दा बन्न सकेन | महिनाबारी अधिकार बोल्न खोज्नेहरुलाई पनि एक्लो
बनाउने कामहरु भए | महिला आयोग, मानब अधिकार आयोगले पनि यो मुद्दा खाली फोहोर गोठमा गएर बस्ने, केहि व्यक्ति र
समुहको समस्याका रुपमा मात्र देखे र परिभाषित गरे |
कुनै नेपाली व्यक्ति वा कुनै सस्था विशेषले
स्वयंसेबक ढंगले गरेका अभियानलाई अपबादमा छोडेर,नेपाल घुम्न आएका वा अन्य कार्यक्रमको अनुगमनको
सन्दर्भमा गरिएको बैठक वा गतिविधिमा केटि वा महिलाहरुको उपस्थिती न्यून देखेर वा
महिनावारी भएका बेला रगत लुकाउन नसकेको वा गोठमा बसेको देखेका आधारमा बिदेशीहरुले
नेपालको महिनाबारीको सरसफाई वा चर्पिलाई उठान गरेर साना साना
च्यारिटी कामहरुबाट शुरु भएको अभियान नेपालको सन्दर्भमा गम्भीर रुपमा अपुरो र
पुर्बाग्राही छ |
Slide 15
त्यसो त नेपाल सरकारबाट पनि केहि कामहरु भएका छन् |महिला मन्त्रालयबाट पश्चिम नेपालमा छाउपडी
बिरुदका अभियान, किशोरी शिछा लागु भएको छ भने सन् २००८ मा
छाउपडी सम्बन्धि निर्देशिका पनि जारी भएको थियो |
स्वास्थ्य मन्त्रालयले महिनाबारीलाई केन्द्रित गरेर
बिद्यालय स्वास्थ्य कार्यक्रम शुरु गरेको छ |
शिछा मन्त्रालयले महिनाबारी पाठ्यक्रममा कछा चार
देखि कछा नौ सम्म राखेता पनि बिशेष कछा सात र नौमा उल्लेख गर्नुको साथै बिधालय
बालिका मैत्री बनाउन केहि बिधालयमा पहल गरेको छ |
तर यी कार्यक्रमले महिनाबारि अभ्यासले समाजमा पारेको भारलाई सम्बोधन गर्न
सकेको छैन |
खानेपानी मन्त्रालय खुल्ला दिशामुक अभियान सन्चालन गर्दागर्दै बनाइएका चर्पी महिलाहरुका निम्ति पहुच योग्य
नभएको कारण खोतल्दै गर्दा सन् २०१३ मा दछिन एसियाली सरसफाई सम्मेलन, काठमाडौँ घोषणा पत्र देखि महिनाबारीलाई बिशेष सबालको रुपमा कार्यक्रम गर्न
थालिएको छ |
गत वर्ष खानेपानी मन्त्रालयले महिला, शिछा, स्वास्थ्य मन्त्रालयको समन्यमा, रास्तियस्तरको
परामर्श कार्यशाला गोष्ठी पश्चात, बिभिन्न गतिविधिहरु हुन् थालेका छन् | मर्यादित
महिनाबारीको नीति मस्यौदा तयार भैसकेको छ |झन्डै दश महिना अघि नेपाल सरकारले अधुरो भए पनि कानुन निर्माण गरेर एउटा आशा
जगाएको छ |यसको लागि नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु |
Slide 16
नेपालमा मर्यादित महिनाबारीको अभियानलाई सबै तह र छेत्रबाट शसक्त अभियान छेड्न
केहि चुनौतिहरु छन् | तथापी असम्भब भने
छैन | प्राकृतिक महिनाबारीलाई बिज्ञानको युगमा बाचेको
सबै तह र तफ्ताका निकायहरुले, शक्तिको धगधंगीबाट माथि उठेर, संगसंगै देहाय बमोजिम काम गर्न सकेको खण्डमा महिनाबारीलाई मर्यादित बनाउन
सकिन्छ र रुपान्तरणको लागि पुस्ता कुर्नु पर्दैन|
१. नेपालमा महिनाबारीको अवस्था र यसले महिलाको जिबनमा परेको सबै असरहरुलाई
सम्बोधन गर्न, सम्रिधिको लहर फुलाउन जति सक्दो चाडो मस्यौदा नीतिलाई
अनुमोदन गर्नु र कार्यान्बयन गर्नु पर्ने जरुरी छ | जहाँ शिछा, स्वास्थ्य, खानेपानी, महिला मन्त्रालयको अर्थपूर्ण भूमिका अपेछा
गरिएको छ | जसको कार्यान्बयनले
सबै छेत्र, वर्ग, समूह, अपाङ्ग, लैंगिक अल्पसंख्यक सबैमा मर्यादित महिनाबारी
स्थापित भएको हुनेछ |कछा चार देखिने बिद्यालय पाठ्यक्रममा महिनाबारी
समाबेश गरिने छ |
२. नेपालले आगामी जुन र सेपेटेम्बेर महिनामा सरकार र नागरिक समाजको तर्फबाट
सिडअको प्रतिबेदन पेश गर्दा मर्यादित महिनाबारीलाई धारा पाच अन्तरगत छुटै बुदा
राखेर देश अनुकुल प्रस्तुत गर्नु पर्दछ |
२. मर्यादित महिनाबारी सम्बन्धी बिधमान झन्डै ४० भन्दा बढी बार्नु पर्ने
कुराहरु भ्रम, गलत अबधारणा, सोचलाई चिर्न रास्ट्रिय
स्तरमा राजनीतिक पार्टीहरुले नेतृत्व गर्नु पर्दछ
३. नेपालको सामाजिक, सास्किर्तिक, राजनीतिक, आर्थिक सरचनामा केटा वा पुरुषहरु शक्तिका केन्द्र वा निर्णय प्रक्रियामा हुने
हुदा केटा, पुरुष, धामी झाक्री, पण्डित, आदिमा जबाफदेहिताको बिकाश गराउनु आबस्यक छ |
४. केटी वा महिलाहरुले आफ्नो आर्थिक छमता, रुची, प्राप्याताको आधारमा महिनाबारी सामग्री उपयोग गर्न सक्ने बाताबरण सिर्जना
गर्नु पर्दछ |
५. महिनाबारी विभेद र हिंसा बिरुद बनेको कानुन बिना पूर्वाग्रह, राजनीतिक प्रभाब बिना २०७५ भदौ १ गते देखि लागु गरिनु पर्दछ | यसका अतिरिक्त महिला अधिकार सम्बन्धि बनेका सबै
कानुनहरु चुस्त दुरुस्त लागु गरिनु पर्दछ |
६. सबै मन्त्रालयको तर्फबाट ब्यबसायिक मोडेल सस्थागत गरी महिलाहरुलाई आर्थिक
शशक्तिकरण गर्नु पर्दछ |
७ महिनाबारी मानब अधिकारको सबाल भएकोले महिलाको मात्र सबाल नभनी प्राथमिकताको सबै
छेत्र र तहमा मुलाप्रबाहिकरण गराउनु पर्दछ |
Slide 17
निस्कर्षमा, समृदीको सपना कविता, गीत, वाह वाह भासन, ठुला ठुला घर, फराकिला बाटा, जिल्लै पिच्छे जहाज उडेर पुरा हुन् सक्दैन जुन छ दशकको बिकाशले प्रमाडित गरी
सकेको छ | सबै समस्याहरुको सम्बोधन
गर्न सकिने, मर्यादित महिनाबारीलाई आजका दिनदेखि घर घरमा
बार्ता, छलफल, बहस, कुराकानी गरयौ| महिला भनेर दया र
सहानुभूति हैन, उही हैसियतको मानबको रुपमा स्वीकार गरौ, महिनाबारी सम्बन्धि सबै सिमाहरु तोडौ|
महिनाबारी दिबशको अबसरमा पुन बधाई तथा शुभकामना |
धन्यवाद, नमस्कार