Monday, May 4, 2020

Nurses amid COVID-19 Pandemic


महाब्याधिमा नर्स
छ दशक भन्दा लामो इतिहास हुनु, आफैमा गौरबपुर्ण इतिहास हो नेपाली नर्सहरुको | यो अबधिमा ९५ हजार नर्सहरु दर्ता भएको देखाउछ नर्सिंग परिषद | सोझो अर्थमा हेर्दा एक नर्सको भागमा करिब ३ हजार बिरामी पर्छ | तर सबै नर्सले काम गरेका छैनन, काम गर्न पाएका छैनन्, नेपालमा काम गर्दैनन् |

नेपालका नर्स विदेशको जस्तो निश्चित समय अबधिपछी आफूले काम गरिरहेको वा गर्न चाहेको बिषयमा निश्चित परिक्षा पास गरि अध्यबधि भएका हुदैनन् वा हुने चलन छैन | अपवादका नर्स बाहेक आफुलाई अध्यावधिक नराख्नु, कामको बोझ वा बिरामी संख्या धेरै हुनु, सिमित स्रोत साधनमा बाधिएर काम गर्नुपर्ने अवस्था छ | अर्कोतिर अधिकाम्स नर्सहरु महिला हुनु, समाजले महिलालाई दोस्रो, तेस्रो दर्जाका रुपमा हेर्ने भएकोले घर परिबारमा पनि कामको बोझ, बाल बच्चा आदिको एक्लो वा धेरै बोझ पनि भएकोले नर्सहरु दोहोरो तेहोरो मारमा छन् | त्यसो त नर्सहरु संगठित नभएका होइनन | सन् १९६२ देखि वा ५८ बर्षदेखि नेपाल नर्सिंग संघ काम गरिरहेको छ  भने नर्सिंग पेशाको गुणस्तरीयताको लागि बिगत २४ बर्सदेखी नर्सिंग परिषद काम गरिरहेको छ | छोटकरीमा यो संघ र परिषद नर्सिंग पेशाको प्रबद्धन भन्दा पनि राजनीति पार्टीको एजेण्डा अर्थात् डाक्टरको निर्णय हाभी हुने भएकोले अपबादमा बाहेक नर्सिंग पेशाले अपेक्षित इज्जत र स्थान पाउन सकेको छैन | श्रीमान डाक्टर कि राजनीतिक पहुच भएका नर्सहरुले मात्र अवसर  पाएको देखिन्छ | दुर्गममा बसेर काम गर्ने, सिमित स्रोत साधनमा रहेर काम गर्ने, जोखिममा रहेर काम गर्ने नर्सलाई कसैले सुन्दैन, हेर्दैन र गन्दैन | कतिपय अबस्थामा नर्सहरु मलाई हेपिएको छ, पेशागत अधिकार खोसिएको छ भन्ने पनि पत्तो पाउदैनन भने कतिपय अबस्थामा खाए खा नखाए घिचको अबस्थामा काम गरिरहेका छन् भने कोहि देशबाट पलायन |

नेपालका लागि महाब्याधि नीतिगत र अनुभबजन्य दृस्टीकोणले नया हैन | नेपाल आफैमा सरुवा रोगहरुका कारण बिरामी हुने र मर्ने देश हो | सन् १९९१ मा बहुदल पछिको स्वास्थ्य नीतिमा पनि सरुवा रोग, स्वस्थ्य अनुसन्धान, जनशक्ति विकास गर्नुपर्ने कुरा उल्लेख छ भने त्यो भन्दा पनि अघि जाने हो भने सरुवा रोग एन सन् १९६३ देखि नै कार्यान्बयनमा छ | महामारी नै नभनेपनि विपद भित्र नेपालमा देखिरहने सरुवा रोगलाई समाबेश गरेको छ विपद ब्यबस्थापन समिति जसका लागि स्वास्थ्य मन्त्रालयमा, मन्त्रालयको गेटमा नै छुटै शाखाले  काम गरिरहेको छ |

जहाँ जे जे संरचना भए पनि नर्सहरु खासमा कतै छैनन् | माग र पूर्ति दुबैतिर खोक्रो संयन्त्र भैरहेका यो पृष्ठभूमिमा महाब्याधिमा नर्सिंग पेशाले राज्यको निकायमा स्थान नपाउनु स्वाभाविक हो | अर्थात् सरकार सन् १९९१ देखि जुनसुकै दलको, जो भए पनि पपुलर वा च्यारिटी कामहरु बाहेक नीतिगत रुपमा कुनै पनि खालको सरुवा रोगको ब्यबस्थापनमा जिम्मेबारीपुर्बक काम गरिएको देखिएन | नेपालको स्वास्थ्य नीति कस्तो हुनुपर्छ भन्ने दिर्घकालिन लक्ष्य नै देखिएन | परियोजनाको पछीपछी उद्घाटन, नीति निर्माणमा व्यस्त देखिए पनि नागरिकको जीबनमा प्रभाब पार्ने पदतिको विकास समस्टिगत नै भएको रहेनछ भन्न डराउनु/लजाउनु पर्दैन | त्यसैगरी स्वास्थ्य ब्यबस्था माग गर्ने नागरिक समाज पनि रहेन | धनीहरु नीजी वा बिदेशमा उपचार गराउने, मध्यम र गरिबहरुको वकालतमा पहुच नहुने, भइहालेमा राजनीतिकरण गर्ने सस्कार भएकोले दर्ह्यो आवाज उठन सकेन |माग र पुर्ति दुबैको बिचमा रहने स्वास्थ्यकर्मी जो देश बिदेशमा लगानी कि राजनीतिमा ब्यस्त रहेको तीतो यथार्थ हामीले आज भोगिरहेका छौ | नीति बनिरहन्छन, परियोजनाहरु आइरहन्छन, सकिरहन्छन तर प्रणाली र जबाफदेहिता झन् खोक्रो र कमजोर |        

तथापी नेपालको अभ्यासमा २४ घण्टा डिउटीमा खटिने वा अधिकाम्स बिरामीलाई स्वागत गर्ने र बिरामीसंग रहने, थोरै स्रोत र सुविधामा काम गर्ने  भनेको नर्स नै हुन् | तर उनीहरुको नाम बिरलै आउछ | आउछ केबल डाक्टर वा स्वास्थ्यकर्मी | जहिले पनि मिलाएर बुझ्नु पर्ने वा बुझिदिनुपर्ने | हुन त थोरै पैसामा कम सुविधामा काम  गर्न पर्ने नियति संसारमा नै छ | करिब ७० प्रतिशत पहिलो पंक्तिमा रहेर काम गर्ने डाक्टर र नर्स पुरुष डाक्टर र नर्स भन्दा कम पैसा र सुविधामा काम गर्नु परेको तितो तथ्य छ (२८ %ले फरक) बिश्व स्वास्थ्य संगठनले गत वर्ष मात्रै उजागर गरेको छ |

नेपालमा जनबरी २३, २०२० मा पहिलो कोभिड -१९ पोजेटिभ भेटियो | बिश्व स्वास्थ्य संगठनले भाइरस एकदम संक्रमित भएको जानकारी दिइरहेको अबस्थामा नेपालमा नर्सहरुलाई तयारी गर्नु पर्ने थियो | नोबल कोरोना भाइरस भनेकै के हो, यो कसरी सर्छ, आफु कसरी बच्ने, अरुहरुलाई कसरी बचाउने, परिबारलाई कसरी बचाउने, समाजलाई कसरी बुझाउने र बचाउने कुरा सघन हुनुपर्थ्यो | न सरकार न नर्सिंग संघ संगठनहरु कसैले पनि गरेनन | बिश्व स्वास्थ्य संगठनले नियमित रुपमा कोभिड १९, स्वास्थ्यकर्मी, बिधी र प्रणालीका बारेमा तालिम सामग्री, निर्देशिका प्रकाशन गरिरहेको छ | तीनै सामग्री पनि सबै नर्सहरुले भाषा र प्रविधिमा पहुच नभएकोले उपयोग गर्न सक्ने नभएकोले कम्तिमा पनि नर्स बिभाग वा संघ सगठनले गर्न सक्थे/गर्नु पर्थ्यो | च्याउ उम्रेसरी नर्सिंग क्याम्पसमा प्राध्यापन गर्नेहरुले स्वतः नेतृत्व लिएर सुसुचित गरिदिएको भए पनि बिग्रने थिएन तर थैली नभरिने भएकोले त्यो समूह पनि अपबादमा बाहेक डबल लक्डाउनमा बस्यो |    

कतिपय अबस्थामा नर्सहरुको भागमा पिपीई नै परेन | परेका पनि गुणस्तरीय परेनन् | नर्सहरुको हकमा पिपीईको पुरा सेट महिनाबारी सामग्री भएपछी मात्र हुन्थ्यो | पिपीईको प्रप्यता, त्यसको गुणस्तर, ब्यबस्थापन पनि  सरकार न नर्सिंग संघ संगठनहरु कसैको पनि प्राथमिकतामा परेन | नर्सहरुलाई चर्पी पनि सजिलो, छुटै, प्रशस्त साबन,सफा पानी भएको हुनुपर्दछ तर यो पनि कसैको प्राथमिकतामा परेन |  

नर्सहरु महिनाबारी भएका बेला बच्चा रहनबाट बच्ने परिवार नियोजनको चक्की खाएर डिउटी गरेको समाचार वुहान, चीनबाट आइरहदा नेपाली नर्सहरुले यसलाई प्राथमिकतामा राख्न चाहेनन् | नर्सहरु गर्भवती, स्तनपान गराउने, इम्मुनोसप्रेस औषधि खाएका हुन्छन | लामो समयदेखि समाबेशी नीति अबलम्बन गरेको स्वास्थ्य मन्त्रालयले कोहि, कुनै बहानामा बिदा नलिन गरेको परिपत्रले  धेरै नर्सहरु नै प्रभावित भए, तर कोहि नर्सको आवाज सुनिएन |

नर्सहरु सबैले क्वाटर पाउछन, सबैको घर हुन्छ, सबै छुटै कोठा ब्यबस्था गर्न सक्छन भन्ने थिएन, यस्तो अबस्थामा बिना विभेद नर्सहरुलाई बस्ने आधारभूत व्यवस्था सहित बस्ने ब्यबस्था पाउन पनि मुस्किल भयो | रुवाबासी हुनुपुर्ब नै यसमा व्यवस्था गर्न सकेको भए नर्सको मनलाई, नर्सको घर परिबारलाई कति सजिलो हुन्थ्यो |

कोभिड १९ कै बारेमा धेरै थाहा नपाउने, जिन्दगी, जागिर र परिबारका चिन्ताका कारण उनीहरुलाई मानोसामाजिक समस्या देखिन्छ | बिदेशमा नर्सहरुले आत्महत्या गरेको समाचार आइरहेका छन् |  उनीहरुलाई आफनै साथीहरुसंग रहने, रमाइलो गर्ने, घर परिवारसंग संचार गर्ने ब्यबस्था, स्वास्थ्य जाच, परामर्श, भत्ता आदिको ब्यबस्था भएको भए नर्सहरु यती पिडित हुनु पर्थेन | महाब्याधिमा भिड्नु भनेको हतियार बिनाको युद हो तसर्थ सरकार र संघ संगठन जहिले पनि सबै भन्दा नराम्रो अवस्थाको लागि तयारीमा रहनुपर्दछ ताकी न क्षति हुन्छ न बदनामी भइन्छ | तर हामीकहाँ जब राती तब ताती झैँ रुवाबासी चल्छ | नाराजुलुश, बिरोध बिना वा पुर्ब तयारी नहुनु हाम्रो सस्कृति नै बनेको छ |     

कतिपय अबस्थामा कोभिड १९ को बहानामा नर्सलाई जागिरबाट निकालियो, निकाल्ने धम्कि आयो | जसलाई पर्यो -पर्यो जाने, समाउने, सुनिदिने कोहि पनि छैन |

कम्तिमा कोभिड १९ लाई महाब्याधी घोषणा गरेपछि नेपालभर छरिएर रहेका नर्सहरुलाई ठाउँ परिस्थिती अनुसार के के चुनौती छ, के के खतरा, कुन कुन हदसम्म आउन सक्छ, सरकारले के गर्नु पर्दछ, नर्स आफैले के गर्नु पर्दछ, घर परिवारले के गर्नु पर्दछ भनेर कम्तिमा ३-५ पेजको माग पत्र सरकारलाई पेश गर्दै नर्सको सुरक्षा र सम्मानको लागि वकालत गर्न सकिन्थ्यो | सामजिक संजलाकै सहायता लिएर गर्ने सकिने काम पनि थुप्रै थिए | लक्डाउनको बहाना बनाएर अग्र पंक्तिमा नरहेका तर संघ संगठनमा सक्रिय रहेकाहरु पनि सरकारकै बचाउमा लागेर पेशाप्रति जिम्मेबार हुन् सकेनन |   
      
बास्तबमा नर्सको अस्तित्व नर्स आफै र अरु कतै, कसैबाट पनि स्विकरिएन | अपवादमा बाहेक संचार माध्यमले पनि नर्सहरुलाई स्थान दिएका छैनन् भने सरकारका तर्फबाट बनेका समितीहरुमा नर्सको सहभागिता भएको भए शुरुका दिनदेखि नै एक अग्र पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, एक नर्स, एक पेशागत रुपमा इथिकल रुपमा आउनुपर्ने, समाबेश गर्नुपर्ने सैदान्तिक र ब्यबहारिक कुराहरु सम्बोधन गर्न सकिने कुरामा दुइमत छैन |  
Submitted to Gorkhapatra for targeting the May 5, International Midwife Day and May 12, International Nurse day but not publish so publish. 
Indeed, this article I wrote right after speaking with Community Information Network (CIN) radio. I highlight few ideas as mentioned above. At the same day, Ministry of Health invited the chair of NAN, Man Kumari Rai to speak during press meet. Because Dr. Bikash Devkota, Spoke Person of Health Ministry also was there for radio talk.


  

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...