Wednesday, April 7, 2021

Are youths really ignore the menstruation? के युवाले बिर्सिएकै हो त–महिनाबारी ?

युवा-१६ -४० बर्ष उमेर समूह | बनबाट बाघ समातेर ल्याउने आँट र साहस | रास्ट्र निर्माणको धरोहर | समृद नेपालको आशा र भरोसा | नेपालको इतिहासमा युवाको योगदान जानी नजानी, प्रत्यक्ष अप्रत्यक्ष, संगठित असंगठित जुन सुकै दृष्टिकोणले मनग्य थियो र रहनेछ वा रहनुपर्छ | युवाले शिक्षा, स्वास्थ्य, बाताबरण, सुरक्षा, रोजगार, राजनीति, उद्दम, कला, साहित्य, पर्यटन, बिज्ञान आदि सबैतिर युवाको उपस्थिति रहेको छ | भलै युवाहरुले नीतिगत, पारिबारिक, सामाजिक सहयोग वा सहजीकरण सोचेजस्तो नपाएको होस् | यो पृथिबीमा मानिसहरु कसरी बने होलान, यहासम्म कसरी आइपुगे होलान भनेर घोत्लिदै जाने हो भने सृष्टिको शुरुवातका लागि महिनाबारी एक अनिबार्य जैविक शर्त हो | होमो स्यपियेन्स वा चिम्पान्जी वा ४ खर्ब बर्षदेखि महिनाबारी अस्तित्वमा छ | महिनाबारीका कारण यो बिज्ञान वा राजनीति, वा यो सभ्यता अघि बढीरहेको कुरामा दुइमत छैन | महिनाबारी प्राकृतिक प्रकिर्या हो भने महिनाबारी हुँदा के के छुने, के के नछुने, के के खाने, केके नखाने, कहाँ कहाँ जान हुने, कहाँ कहाँ जान नहुने आदि कुरा वा अभ्यास वा चलन भने समाजले बनाएको हो | नेपालको हकमा यस्ता अभ्यास झन्डै ५० भन्दा बढी छन् | ब्याख्या फरक फरक भएता पनि महिनाबारी बार्ने अभ्यास नेपालमा पनि सबै जात, धर्म, क्षेत्र, बर्गमा प्रचलनमा छ | यस्ता अभ्यास कतै धर्मको नाममा, कतै सस्कृती, कतै चलन वा परम्परा, कतै गौरब, कतै गरिबी, कतै के का नाममा अस्तित्वमा छ | ती अभ्यासहरु कतै देखिन्छन, कतै देखिदैनन | कतै सुची लामो छ, कतै छोटो छ | कतै नीजी जिबनमा देखिन्छन र सार्बजनिक जिबनमा देखिदैनन भने कतै सार्बजनिक जिबनमा देखिदैन्छन, नीजी जिबनमा देखिछन् |त्यस्तै यसको नामकरण पनि फरक फरक छ जस्तो पर सरेको, बाहिर सरेको, पन्छेको, महिनाबारी, रजस्वला, कामी भएको, पण्डितनी, महारानी भएको, स्यालले टोकेको, माइत गएको, छुइ, छाउपडी, छाउ, पाखा सरेको, मिन्स भएको आदि | चाहे जे सुकै नाम होस्, जस्तो सुकै अभ्यास होस्, चाहे पुजा नगर्ने, भान्सामा नजाने मात्रै बारेको होस् वा दर्जन नै बारेको होस् जे जे गरेपनि, जेको बहानामा गरेपनि, यसको अन्तरनिहीत कारण भनेको महिनाबारीको रगतलाई अशुद वा फोहोर मान्नु हो र महिनाबारी भएको व्यक्तिलाई नियमित गरिरहेको क्रियाकलापबाट `छुटाउनु’ हो | नियमित गतिविधिबाट फरक छुट्टाउने बितिकै त्यो महिनाबारी बारेको अवस्था हो | जुन नेपालको संबिधानमा प्रत्याभूत गरेका मौलिक हकहरु जस्तो सम्मानपुर्बक जिउने, स्वास्थ्य,शिक्षा, बाताबरण, सहभागिता, छुवाछुत बिरुदको, बाल अधिकार, आदि अधिकारहरु हनन भएको अबस्था हो | मानब अधिकारको हनन भएको अवस्था हो | नेपाल सरकारले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका दर्जनौ सन्धि महासन्धिको विपरीत अभ्यास हो | जस्तो महिनाबारी भएको बेला भोक लागेको बेला आफै भान्सामा पसेर, मन लागेको खानेकुरा पहिले झैँ खान नपाउने अबस्थामा खानाको अधिकारको हनन भयो | भान्सामा जान नपाउने वा निश्चित ठाउमा मात्र जान पाउने हुँदा स्वतन्त्रताको अधिकार हनन भयो | भान्सामा वा बैठक कोठामा आमा बा भाई बहिनी संगसंगै बसेर गफ गर्न नपाउने वा खान नपाउने सहभागिता हुन् पाउने अधिकारको हनन भयो | सहभागिता राजनीतिक अधिकार हो | अझै स्पस्टसंग भन्ने हो भने भान्सा पहिलो संसद भबन हो वा शान्ति बार्ताको टेबल हो जहाँ महिनाबारी भएका बेला सहभागिता बान्छनीय छ | `महिनाबारी विभेद‘ (महिनाबारी निषेध, लाज, दुर्ब्यबहार, चोटपटक, खानेकुरा, ठाउँ आदिको पहुच र उपयोगमा नियन्त्रण, बलात्कार, धुँवा वा जाडोले निस्सासिनु आदि) लाई मानब अधिकारको हनन भैरहेको अवस्थाका रुपमा आत्मसाथ नगर्नु, वा महिनाबारीसंग जोडिएको `जटिलता’ र `बहुमुखी’ अभ्यासलाई अबमुल्यन गर्नु, युवाहरुको दायित्व महशुस नगर्नु युवाहरुले बिर्सेको सबाल हो भनेर भन्न हिचकिचाउनु पर्दैन | युवाहरुको राजनीतिमा अर्थपूर्ण सहभागिताका लागि घरपरिबारका सदस्यसंग संगै बसेर बहस गर्न सक्ने, बाआमालाई प्रश्न गर्न सक्ने, स्थिति भए मात्र सम्भब छ | तसर्थ युवाहरुले परम्परागत रुपमा गरिदै आएको भूमिका भन्दा अलिक फराकिलो, गहिरो, बैज्ञानिक भूमिका अग्रगामी रुपले चाल्नु पर्ने देखिन्छ | नेपालको मात्रै हैन संसारकै आधा जनसंख्या महिलाको छ, जुन जीवनको करीब ८ बर्ष महिनाबारी हुन्छन तर महिनाबारीसंग जोडिएको सोच, व्यवहार वा अभ्यासले अल्पकालीन र दीर्घकालीन रुपमा महिलाको जीवनचक्र सहित सिंगो समाजलाई असर पारेको हुन्छ | पेटमा बच्चा आएदेखि लिंग पहिचान गरेर गर्भपतन गर्नुदेखी, छोराछोरी हुर्काउने तरीका, प्राइभेट कि सार्बजनिक बिधालय, महिनाबारी बार्ने, बिबाह गर्ने, बच्चा पाउने, हुर्काउने, रजनोबृति, पाठेघर, स्तनको क्यान्सर आदि महिनाबारिसंग सम्बन्धित हुन्छ | तर हामीहरु महिनाबारी विभेदको कुरा गर्दा मात्र रगत बगेका दिनहरुलाई र ती दिनहरुमा देखिने खालका विभेदलाई मात्र संकेत गर्दछौ र भन्दछौ कि महिनाबारी सरसफाईको बिषय हो, यो नीजी बिषय हो, यो महिलाहरुको मात्र बिषय हो, यो गरिबहरुको बिषय हो, यो नपढेकाहरुको बिषय हो, यो गाउँमा बस्नेहरुको बिषय हो, यो छाउपडीको बिषय हो आदि आदि | महिनाबारी विभेदको पछाडी `शक्ति’ को मुख्य भूमिका छ | अर्थात् महिनाबारीले अदृश्य रुपमा बच्चा बेलादेखि नै दुवै महिला र पुरुष बिचको फरकका साथै शक्तिको निर्माण र विनिर्माण गर्दछ जुन एकदमै बलियो वा जकडिएको हुन्छ | लोकतन्त्रिक समाजको आजको युवाले समाजमा अदृश्य रुपमा सामाजिकीकरण भैरहेको `शक्ति निर्माण’ प्रकृयालाई बिस्लेषण गर्दै राजनैतिक, बाताबरनिय, आर्थिक, स्वास्थ्य, शिक्षा, दिगो बिकासकाका आयामहरूमा गम्भीर चर्चा, अध्ययन, अनुसन्धान गर्दै नीतिगत सम्बोधन गर्न युवाले बिर्सिएको हो भनेर भन्दा अतियुक्ति नहोला| स्वास्थ्यका दृष्टिकोणले महिनाबारी विभेदले देशको स्वास्थ्यका बिभिन्न आयामहरूमा गम्भीर प्रभाब पारेको हुन्छ | सबै भन्दा डर लाग्दो मानसिक स्वास्थ्य हो जुन युवा हुनु पुर्ब नै देखिन्छ | करीब ६-१२ बर्ष भित्र, बालक बालिका दुबैले महिनाबारी विभेद आमा, दिदी, सानिमा आदिबाट केहि न केहि गर्न हुने र नहुने अभ्यासहरु केहि न केहि रुपमा आत्मसाथ गर्छन र आफ्नो सोचको बिकाश गर्दछन | बालकहरुले आफुलाई `शक्तिशाली’ महशुस गर्ने बिस्तारै शक्तिको दुरुपयोग गर्न थाल्ने वा घरमा दिदी बहिनी, आमा बालाई नटेर्ने, आफ्नो मनोमानी गर्ने हुन्छ भने बालिकाहरु भने `शक्तिविहीन’ महशुस गर्ने, बोल्न डराउने वा सहने आदि सोचको विकास हुन्छ | बालिका बेलादेखि नै, घरबाट नै हिंसा सहने बानीको विकास हुन्छ | यहानेर विशेषगरी मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ | जन्मिदै पुरुषहरु बदमास जन्मिएका हैनन्, हाम्रो समाजमा भएको महिनाबारी प्रतिको मौनताका कारण बालकहरूले महिनाबारीका कारण आफु जन्मिएको कुरा बुझ्न नसक्नु र महिलाहरुले महिनाबारीका कारण यो सृष्टि बचाउने गौरवपूर्ण कार्यको जिम्मा पाएको सामान्य भन्दा सामान्य तथ्य बुझ्न र बुझाउन नसकेको कारण महिनाबारीलाई हानिकारक अभ्यास अन्तर्गत राखेर ब्याख्या गर्नु नै पहिलो त्रुटी भएको छ | कुनै बिशेष जात, क्षेत्र, वा समुहमा बिध्यमान अभ्यास पो हानिकारक अभ्यास हुन् सक्छ | महिनाबारी नेपालमा मात्र नभई संसार भरका महिलाहरु, ट्रान्सम्यान, क्यीर हरुमा हुने प्रकिया हो भने महिनाबारी विभेद संसार भर नै केहि न केहि, कुनै न कुनै माध्यमबाट चली आएको अबस्थामा पश्चिम नेपालका केहि जिल्लामा देखिएका गोठ वा घटनालाई लिएर महिनाबारी अभ्यासको जटिलता वा राजनैतिक, सामाजिक, आर्थिक, बाताबरनीय आदि आयामहरू संगको नकारात्मक असरको नजर अन्दाज गरिएको अवस्था छ | युबाहरु जुन देशको आशा र भरोशा हुन् उनीहरु जता हावा चल्यो उतै हल्लिने भन्दा पनि अनुसन्धानले के भन्छ, विज्ञानले के भन्छ, समाजको वास्तविक धरातल माथि आलोचनात्मक चेतका साथ संस्थाको मिशन र अभियान छेडन ढिलो गरिनु हुन्न | हाम्रो समाजमा देखिएका बिद्यालय छोड्नु, चाडो बिबाह गर्नु, आत्महत्या गर्नु जस्ता समस्याहरु महिनाबारी विभेदसंग जोडिएका कुराहरु हुन् जुन अनुसन्धानले देखाइसकेका छन् | जहाँ जहाँ महिनाबारीका बारेमा मौनता छ, जहाँ जहाँ महिनाबारीका बारेमा बहस, छलफल कम छ त्यहाँ त्यहा चाडो बिबाह धेरै, महिला माथि हिंसा धेरै छ | महिनाबारीका बारेमा कुरा छलफल गर्नु भनेको आफ्नो यो यो जगतको अस्तित्वलाई बुझ्नु पनि हो | महिनाबारी स्वास्थ्यको कुरा गर्दा पनि पेट दुख्ने, ढाड दुख्ने, रगत बग्ने आदि समस्यामा मात्र अल्झनु हुदैन | यी माथि उल्लेख गरिएका समस्याहरु सामान्य हुन् कि जटिल हुन्, भन्ने निर्कोल गर्न, ती समस्याहरुसित जोडिएका मिथ्या, भ्रमहरु नचिरी कुनै पनि महिनाबारी हुने व्यक्तिले समस्याको समधान खोजी गर्न सक्दैन | त्यसैले उनीहरु जानी नजानी कनै परम्परागत औषधी गर्ने, समस्याहरु लुकाएर बस्ने गर्छन जसले गर्दा समस्याहरु झनै जटिल बन्न पुग्छन | महिनाबारी स्वास्थ्यको कुरा मर्यदासंग जोडिएको हुनुपर्दछ | किनभने महिनाबारीको बारेमा खुलेर बहस गर्न सक्ने व्यक्तिले खुलेर आफ्नो यौन स्वास्थ्यको बारेमा वा परिवार नियोजन वा बिहे, बच्चाको योजना वा पाठेघर वा स्तनमा देखिने कुनै गम्भीर समस्याको समयमा नै निराकण गर्न सक्छ | हेर्दा सामान्य लागेका वा यो भन्दा पहिले बेवास्ता गरेका बिषयमा युवाहरुले अब खुलेर लाग्नुपर्छ, धेरै ढिलो भैसकेको छ | हाम्रो समाजमा युबाहरुको चासो महिनाबारी भएका बेला महिनाबारी प्याड वितरण गर्ने, महिनाबारी सरसफाईमा अभियान चलाउने कुरामा मात्र जोड दिएको देखिन्छ | जुन आफैमा सह्रानीय छ | महिनाबारीसंग जोडिएका झन्डै ५० भन्दा धेरै भ्रम,मिथ्या, झुटा चलन, सोच, ब्यबहारको चिरफार नगरी प्याड मात्र बाड्नु वा `सरसफाई’ को कुरा मात्र गर्नु महिनाबारीलाई `फोहोरी’ रगत हो भनेर स्थापित गर्नु हुनजान्छ | महिनाबारीको रगत शुद रगत हो, जुन रगतका कारण हामी सबै मानिसहरु जन्मिएका छौ | यदि सरसफाई, सरसफाई मात्रै भनियो भने महिनाबारी सरसफाई आबश्यक कुरा हुदाहुदै पनि महिनाबारीलाई मर्यादित बनाउन अबरोध हुन जान्छ | रास्ट्र निर्माणको पहरेदार युवाले यस्ता सबालहरुमा समयमा नै ध्यान नपुराएमा यसबाट पर्ने क्षति समाली नसक्नु हुनेछ | यसका अतिरिक्त हाल नेपालमा वितरण गरिएको वा पाइने अधिकाम्स प्याडको “गुणस्तर चिन्ह’ प्राप्त सामग्री हैनन्/छैनन् | बजारमा पाइने प्याडमा रासायनिक पदार्थ प्रयोग गरिएको, जसको कारणले भविष्यमा प्रयोगकर्तामा क्यान्सर देखिएको अनुसन्धानले देखाएको छ | त्यस्तै, ती पलास्टिक मिसिएका प्याड जुन कुहिनको लागि २०० -१००० बर्ष लाग्छ | एउटी महिनाबारी हुने व्यक्तिले आफ्नो जीबनमा आजको बजारको प्याड प्रयोग गरिन भने कम्तिमा पनि डेढ क्विन्टल प्याड वा १५० के जी प्याड प्रयोग गर्छिन जुन आजको प्लास्टिकजन्य फोहोरमा पाचौ स्थानमा पर्छ | आज नै महिनाबारी प्याड जंगल, खेत, नदि कुलो मा बग्रेल्ती भेटिन्छन भने यहि किसिमले उपयोग वा बजार अघि बढे अबको २-३ दशक वा १६ बर्षको युवा ४० बर्ष हुदै गर्दा स्थिति कस्तो बन्ला ? महिनाबारी सामग्री कसरी मानब अधिकार मैत्री वा मर्यदामैत्री बनाउन सकिएला भनेर युवाले गम्भीरतापुर्बक सम्बोधन गर्ने बिषय हैन र ? महिनाबारी महिनाबारी सरसफाई अभियानले महिनाबारी विभेदको आमुल पक्षलाई सम्बोधन गर्न सक्दैन जसका लागि युवाको हस्तक्षेपकारी सम्बोधन अत्यन्तै जरुरी भएको छ | युवाहरुको आर्थिक शशक्तिकरण र रास्ट्रको उद्दमिकरणको कुरा गर्दैगर्दा महिनाबारी सामग्री उत्पादन र बजारीकरण प्राथमिकतामा पर्नुपर्छ | एउटा गुलेलीले दुइवटा चरा मार्नुपर्छ | नंया नंया सोचलाई लगानी गर्ने अनुकुलन बाताबरण सृजना भए मात्र त्यो सम्बभ छ | आजका दिनमा नेपालमा पनि पुरै कुहिने प्याडको उत्पादन शुरु नै नभएका होइनन तर उनीहरुले कच्चा पदार्थ नेपालमा नपाउने, बाहिरबाट ल्याउन साना उद्दमिलाई आर्थिक र अन्य क्षमता नपुग्ने, आदि कारणले सोचे जस्तो नतिजा निकाल्न नसकेको वा बन्दको अबस्थाबाट गुर्जन परेको छ | युवाहरुले नेपालमा नै पाइने बाँस, जलकुम्भी, केरा, सल्ला आदिबाट बन्न सक्ने भएकोले यस्ता सम्बभावानाहरुको खोजी र प्रबधन गर्नेपर्ने देखिन्छ | त्यस्तै युबाहरुको अर्को मुख्य सबाल हो शिक्षा | शिक्षाको गुणस्तर, निरन्तरता मुख्य सूचक त हुन् नै | तर महिनाबारी विभेदलाई शैक्षिक सस्थामा सम्बोधन नगरिकन शिक्षाको गुणस्तर, निरन्तरता सम्भब छैन | बिद्यालय महिनाबारी प्याड निशुल्क वितरण गर्छ, कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिन्छ तर महिनाबारी भएको समयमा विद्यालयको क्यान्टिनमा नपस भन्ने निर्देशन दिन्छ | बिद्यालयले महिनाबारीलाई अशुद्द वा फोहोर रगत भनेर पढ़ौच्छ र परम्परागत ढंगले महिनाबारी विभेदलाई बार्न उत्प्रेरित गर्छ | महिनाबारिसंग जोडिएका विभेद र भ्रमलाई शैक्षिक प्रणालीले फ्वान्ल्यंग नफोरेसम्म, यो देशको शिक्षामा उल्लेखनीय सुधार सम्भब छैन | शैक्षिक सस्थामा भएको अमर्यादित महिनाबारी अबस्थाले बिद्यालय स्तरमा हो भने स्वेच्छाले गर्ने बालबिबाह र उच्च विद्यालयको हकमा रोजगारसंग प्रत्यक्षसंग सरोकार राखेको हुन्छ | नेपाल आज दक्षिण यसियामा तेश्रो बाल बिबाह गर्ने देश हो भने ४० % बाल बिबाह १८ बर्ष अघि भएको छ | आज हरेक जिम्मेबार युवा डर, त्रास, लाज, क्रोधले भुतुक्क हुन्छ जब उसले सुन्छ एकदिनमा `सात वटा बलात्कार हुन्छ जहाँ आधा भन्दा बढी बालिकाहरु हुन्छन वा घर सबै भन्दा असुरक्षित स्थान हो छोरी वा महिलाहरुको लागि |’ यस्तो अबस्था किन आउँछ ? गरिबी, अज्ञानता, सामाजिक संजालको दुरुपयोग आदि सरसर्ती आउने उत्तरहरु हुन् | तर झन्डै तीन दशक लामो बिकाश र अधिकारको इतिहासमा लैंगिक हिंसा र महिला माथि हुने हिंसा बिरुद्दका गतिबिधि माथि युवाहरुले प्रश्न गर्न सक्नु पर्छ ? कमी कमजोरी कहाँ भयो, के के भयो ? किन भयो ? कसका कारणले भयो ? बास्तबमा हाम्रो तयारी र कार्य घटना घट्नु अघि गर्नुपर्ने वा रोकथाममा कम काम वा लगानी भएको देखिन्छ |युवाहरुले शक्ति निर्माण प्रकृयाको बिस्लेषण र सम्बोधनमा युबाहरुको ध्यान जानु जरुरी छ किनभने महिनाबारी विभेद नेपालको संबिधान २०७२, घरेलु हिंसा कसुर एन २०६६ अनुसार लैंगिक हिंसा हो | धेरै लैंगिक हिंसाका कारण र प्रभाब दुवै हुन् | महिनाबारी विभेदको कारण पढ्न नपाउनु, पढ्न नसकेका कारण चाडो बिहे गर्नु, चाडो बिहे भएका कारण चाडो बच्चा, धेरै बच्चा वा धेरै स्वास्थ्य जटिल समस्या, घरेलु हिंसा आदि एकपछि अर्को जोडिएर आउछन | अर्थात् महिला माथि हुने सबै हिंसाहरुको मूल कारण महिनाबारी विभेद हो जहाँ युबाहरुको अर्थपूर्ण नेतृत्वको आबश्यकता छ | जसले वर्तमानमा भए गरेका नीति, कार्यक्रमहरुलाई पुनः मुल्याकन गर्दै घरलाई सुरक्षित स्थानमा रुपान्तरण गर्न सकोस | हरेक व्यक्ति र सस्थालाई जबाफदेही बनाउन सकोस | उदाहरणका लागि बाल अधिकार वा बाल बिबाह रणनीतिमा महिनाबारीको उच्चारण पनि गरिएको छैन | महिनाबारी विभेदलाई सम्बोधन नगरी न बाल बिबाह घट्छ न बालबालिकाको अधिकार स्थापित गर्न सकिन्छ | आज युवाको उर्जा दिगो विकास लक्ष्य प्राप्ति गर्नमा केन्द्रित छ भन्दा फरक पर्दैन | हरेक क्षेत्र र तहमा रहेका युबाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दिगो बिकाशमा काम गरिरहेका छन् जु आफैमा सुन्दर पक्ष हो | तर सत्रवटा दिगो बिकाश लक्ष्यमा महिनाबारी विभेदको प्रभाब कम्तिमा पनि ९ वटामा पर्दछ; गरीबी निवारण, भोकमरीको अन्त्य, स्वास्थ्य, शिक्षा, लैंगिकता, पानी, मर्यादित काम र आर्थिक बृदी, जिम्मेबार उत्पादन र उपभोग, शान्ति र न्याय, कतै, कसैले पनि महिनाबारीका बारेमा कुरा गरेको सुनिदैन | यति धेरै सम्बन्ध भएको महिनाबारीलाई उपेक्षा गरेर दिगो बिकाश प्राप्ति सम्बभ छैन | तसर्थ महिनाबारीलाई मर्यादित बनाउदै समृद् र न्यायमुखी समाजको निर्माण गर्नको लागि युवाहरुले अब भाग्नु हुदैन र भाग्ने ठाउँ पनि छैन | महिनाबारी विभेदले समाजमा उत्पन्न गराउने अल्पकालीन र दीर्घकालीन राजनैतिक, सामाजिक, आर्थिक, बताबरनीय असरहरुलाई मध्यनजर राख्दै युवाहरुले महिनाबारी विभेदलाई सम्बोधन गर्न महिनाबारीलाई `राजनैतिक सबाल’ को रुपमा सम्बोधन गर्न अब ढिलो गरिनु हुन्न | धर्म र सस्कृतीलाई दोष थोपरेर पल पल छोरीहरुले/महिलाहरुले मर्यादा गुमाएको क्षण र क्षति टुलुटुलु हेरेर नबसी इमान्दारीपुर्बक जिम्मेबारी लिदै, आफु नै घर हुदै टोल समाजमा नमुना बनेर देखाउनु पर्छ भने नीतिगत रुपमा `कम्फर्ट जोन’ बाट माथि उठेर रुपान्तरणको लागि बिगुल फुक्न ढिलो गर्नु हुन्न | संबिधान भन्दा माथि कोहि पनि छैन, संबिधानको कार्यन्वयन गर्दा न कोहि सानो हुन्छ न अपमानित | युवाहरु अब परिणाममुखी, समाज रुपान्तरणमुखी परिबर्तनका बाहक बन्नुपर्छ | महिनाबारीलाई मर्यादित बनाउन साझा अभियान छेड्नु पर्छ | (The article prepared for the magazine of Youth Council)

Award for #dignifiedmenstruation, #literature

https://risingnepaldaily.com/news/54873?fbclid=IwZXh0bgNhZW0CMTEAAR3KTOR7NUeS1Dqr8qyTHYM-UMHg4bT_cwAU0L_AdQ2HoYh02wS-sSmvUKo_aem_iamQNTM00f-...