Wednesday, September 15, 2021

This is discriminatory message

 

१.    छाउपडी संचार, पुस्तक, गैरसरकारी, राज्य आदिका कारण पश्चिम नेपाललाई मात्र नभई नेपालकै कलंकको रुपमा देखिएको अबस्था नकार्न सकिदैन |

२.    महिनावारी विभेदको नाम, स्वरूप, प्रकार आदि फरक छ (देखिने नदेखिने, धेरै थोरै ....) तर सबै जात धर्म, क्षेत्र, आदिमा बिध्यमान छ |

३.    महिनावारी विभेदलाई पन्छिने/ बाहिर सरेको (अधिकाम्स सबै नेपाल), छुइ (कर्णाली). छाउपडी (सुदूरपश्चिम), पाखा सरेको (दैलेख) आदि ठाउँ अनुसार फरक फरक नामले बोलिन्छ |

४.    सबै खालको विभेदलाई समेटेर मानब अधिकारको हनन भयो, अमर्यादित भयो वा अबैज्ञानिक भयो भनेको भए स्वीकार गर्न योग्य थियो |

५.    काठमाडौँ, पोखरा, इलाम, बारा, कपिलबस्तु, बेलायत, अमेरिका आदिमा  भएका महिनावारी विभेद चाही विभेद हैनन् पश्चिम नेपालमा वा सुदूरपश्चिममा भएको विभेद मात्र विभेद भयो, अबैज्ञानिक भयो भन्ने तर्क आफैमा अबैज्ञानिक छ |

६.    आइमाई भन्न नपाइने महिला भन्नु पर्ने बिध्यमान अबस्थामा मैले काठमाडौँ बसेर गरेको सबै राम्रो/बैज्ञानिक,  मैले पश्चिम नेपालमा देखेको सबै नराम्रो/अबैज्ञानिक भन्ने तर्क आफैमा नसुहाउदो छ |  

७.    सन् २०१७ बाट नेपाल सरकारले मर्यादित महिनावारीमा काम गर्दै नीति, कार्यविधि, कार्यक्रमहरु ल्याएर नेपाल छाउपडीको देश हैन मर्यादित महिनावारीको देश हो भन्ने मनसायले देश अघि बढेको छ | त्यसै बर्ष देखि  कानुन पनि आइसकेको छ (मुलुकी अपराध सहिंता एन २०७४) | सन् २०१९ बाट डिसेम्बर ८ लाइ  मर्यादित महिनावारीमा दिबस मनाउन थालेको छ | त्यसैगरी सरकारले अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी (२०२०) सहित बिभिन्न काम गरिरहेको सन्दर्भमा यस्ता गीत आउनु पश्चगामी कदम मात्र हैन कानुनको बर्खिलाप मान्न सकिन्छ |

८.    नेपालको संबिधान वा सयुक्त राष्ट्र संघको लैंगिक हिंसाको परिभाषा अनुसार इलाम, सोलु, दोलखा, रसुवा, बारा, दैलेख, जुम्ला, बैतडी आदि जहाँ भए महिनावारी विभेद विभेद नै हो र यो लैंगिक हिंसा हो, मानद अधिकारको हनन हो भनेर भनिएको अबस्थामा यस्ता गीतहरु राष्ट्रले बिस्वाश गरेको व्यक्तिबाट आउनु आफैमा दुखद छ |

९.     तिमी आउँदा महि दिईन तिम्रो नोकर पठाऊ दुध दिन्छु भने जस्तो आज विभेदको गीत हंगामा गरेर भोलि अर्को गीत लेखेर सम्बोधन गर्छु भन्ने कुरा अर्को कुतर्क मात्रै हैन कि विभेदको उच्च रुप हो |

१०. गीत सर्बसाधारणसम्म पुग्ने सशक्त माध्यम भएकोले छाउपडीसंग मात्र जोडेर गीत बन्नु अत्यन्तै खेदजनक छ | यसले महिनावारी विभेद पश्चिम नेपालमा मात्र छ भनेर जुग जुगसम्म संस्थागत गर्ने भएकोले परिमार्जन गर्न वा यस्तो विभेदित गीत नगाउन नै उचित हुन्छ |

११. यदि यो अनुरोधलाई बेवास्ता गरेर, वा बिभिन्न बहानामा गीत बज्यो भने कानुनी उपचारको खोजी गर्नु पर्ने हुन्छ |

 

मानब अधिकार, सामाजिक न्यायमा उभिने सबै सरोकारवालाहरुको ध्यान आकर्षण गर्दै गीत परिमार्जन गर्न पुन अनुरोध छ |

राधा पौडेल

अध्येता/अभियानकर्मी

मर्यादित महिनावारी

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...