Monday, November 22, 2021

Without addressing the Menstrual Discriminations, merely possible to eliminate violence from home

 Published in kantipur, Nov 21, 2021https://ekantipur.com/opinion/2021/11/22/163754762684166350.html

महिनावारी विभेदलाई सम्बोधन नगरी घरैबाट हिंसा अन्त्य पपुलिस्ट नारा मात्र  

 

केहि समय अघि महिला मन्त्रालयबाट १६ दिने लैंगिक हिंसा बिरुदको अभियानका सम्बन्धमा निमन्त्रणा गरिएको पत्रले सधै भन्दा फरक अनुभूति भयो | खुशी बनाउने कारण त्यहाँ लेखिएको नारा थियो `घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ | तर यो खुशी क्षणभरमा नै

तुहियो |

नेपालमा लैंगिक हिंसाका सन्दर्भमा धेरै कामहरु भएका छन् | सफल पनि भएका छन् |  तर लैंगिक हिंसा रोकथाममा थोरै काम भएका छन् | भएका काममा अनुसन्धानको काम नगन्य भएका छन् |  ती अनुसन्धान मन्त्रालयको लक्ष्य, रणनीति, कार्यविधि वा दिबसलाइ कार्यनिर्देश गर्न सक्ने हुँदैनन | यदि हैन भने नेपालमा लिङ्ग पहिचान गरेर छोरी रहेछ भने भूर्ण हत्या गर्ने मात्र नभएर जानसंख्यिक असन्तुलनको अबस्था सिर्जना भैसक्दा मन्त्रालय/सरकारले यसको अन्तर्निहित कारण किन खोज्दैन ?  राष्ट्रिय महिला आयोगले ९३ वटा लैंगिग हिंसाका घटनाहरु घरमा हुन्छन, ८२ प्रतिशत परिवारका पुरुष सदस्य नै पीडक हुन्छन भनिरहँदा यसको कारण किन खोजिदैन ? पीडक र पिडित दुवै बालबालिका देखिनुको कारण किन खोजिदैन ? दक्षिण एसियामा बाल बिबाहमा नेपाल तेस्रो मुलुक हो भनेर भनिरहँदा बाल बिबाह नघटेको कारण किन खोजिदैन ? लैंगिक हिंसा न्यूनीकरण गर्न बनेका नीति वा रणनीतिको बिषयगत ब्यापकता, यसको प्रभावकारितामा किन प्रश्न उठ्न सक्दैनन् ?  मन्त्रालयको एकै छातामुनी रहेर बनेका नीति, रणनीति र कार्यक्रम बीच किन तालमेल छैन ? गम्भीर र व्यापक समस्याले प्राथमिकता नपाएर अन्य समस्याका बारेमा कार्यक्रम किन थोपरिन्छन यसको जबाफ खोज्न पाइन्छ कि पाइदैन ? मन्त्रालयले सार्बजनिक जिबनमा बोलेका, लेखिएका कार्यक्रमको निरन्तरता, ब्यापकता नहुनुको कारण खोज्न हुन्छ कि हुँदैन | यस्ता प्रश्नहरुको सुची बनाउने हो भने एउटा ओजनदार किताब नै बन्छ |

लैंगिक हिंसाका कारणहरु खोतल्दै जाने हो भने, जसरी  बिस्लेषण गरे पनि शक्ति र पितृसत्तात्मक सोच नै संसारभरबाट नै आउने/आइरहेको साझा कारण हो | तर शक्ति कसरी निर्माण हुन्छ, त्यो निर्मित शक्तिले पुरुषलाई वा पुरुष केन्द्रित सोचलाई कसरी निर्माण मात्र गर्दैन मलजल गर्छ भन्ने कुराको खोज नै भएको छैन |  कार्यालयमा काम गर्दा त आफ्नो पुरुष सुपरभाइजर पदका कारण शक्ति प्राप्त गरेको होला तर घरमा बालकलाई शक्ति कसरी प्राप्त भयो होला ? मानी लीउ उसले आफ्नो बाउ देखेको पनि छैन भने पनि बाउ हुने, बाउसंग बस्ने बालकको जस्तै शक्ति कसरी प्राप्त गर्यो होला ? धनी, वा गरीब देश, वा जुनसुकै रंग वा जाति आदिमा किन बालकहरु बालिकाहरु भन्दा बढी शक्ति प्राप्त गर्छन होला ? त्यहि समयमा त्यस्तै अबस्थामा किन बालिकाहरु कम शक्ति भएको भएर हुर्कने होलान | उनीहरुलाई चाहे बालक होस् वा बयस्क पुरुष भनेको शक्तिशाली हो, उसको चाहना अनुरुप, वा उसको जस्तै गर्यो भने अलिकति शक्ति मैले पनि प्राप्त गर्छु भन्ने किन लाग्छ होला ? पढेका महिलाहरु आफ्नो श्रीमानलाई हैन/हुन्न भन्न किन सक्दैनन् होला ? बाल क्लब होस् वा किशोरी शिक्षामा पुरस्कार पाएका किशोरीहरु अपवादमा बाहेक किन हुन्न (नो) भन्न सक्दैनन् वा आफै बाल बिबाह किन गर्छन होला ? तैकंदो खेल्ने महिला खेलाडी हुन् वा मेशिनगन समाएर संगै काम गर्ने महिला सुरक्षाकर्मी आफ्नै पुरुष सहकर्मीबीच आफुलाई निम्सरो सम्झने मात्र हैन हिंसामा किन पर्छन होला |पदमा पुगेका, भएका महिला पनि किन चुपचाप सहन्छन होला ?  उही क्षमता भएका, उस्तै काम गरेर पाउने तलब महिलाहरुको किन कम हुन्छ होला ? संसारमा नै लैगिक हिंसामा पर्नेहरुको संख्यामा महिलाहरको संख्या किन धेरै हुन्छ होला ? लुडो खेलमा भर्यांग चढेर टुप्पोमा नै पुगिसकेको बेला सर्पले निलिदिएर फेरी जहाको त्यहि भए जस्तै किन परिरहन्छन होला महिलाहरु ?

माथि उल्लेखित सबालहरु केहि प्रतिनिधि अबस्थाहरु मात्र हुन् | पक्कै पनि शक्ति र पितृसत्ताको निर्माण गर्न/हुन् धेरै कारणहरु छन् तर एउटा मुख्य र साझा कारण भने महिनावारी विभेद हो | महिनावारी विभेद संसार भर नै छ तर नाम, स्वरूप फरक छ | कतै देखिन्छ कतै खोतल्नु पर्छ | बेलायतमा ३७ % छात्राहरु खेल खेल्नबाट बन्चित छन् | अस्ट्रेलियामा दश जना मध्य ८ जना किशोरीहरु महिनावारी भएको कुरा भन्दैनन, महिनावारी सामग्री बाहुला वा ब्रामा लुकाउछन् | कतै महिनावारी हुँदा लगाउने टाला, कट्टु कि घरमा कोहि नउठ्दै बिहानै कि सबै सुत्न गएपछि लुकी लुकी धुने, सुकाउने, महिनावारीलाई अरु नै बिभिन्न नामले बोलाउने आदि सबै महिनावारी विभेद हुन्  | कुन देश वा समुदायमा कस्तो कस्तो किसिमको बुझाई र अभ्यास छ भन्ने कुराको कुनै लेखाजोखा नै भएको छैन | यी बुझाई र अभ्यासले महिनावारी हुनेको स्वाभिमान, मर्यादामा के असर गर्छ ? यस परिबेशमा महिनावारीले मानब अधिकार, भावनात्मक, मानसिक, शारीरिक, सामाजिक स्वास्थ्यमा के असर गरेको छ भन्ने कुराको अनुसन्धान नै भएको छैन | त्यसैगरि महिनावारी विभेदले राजनीतिक, आर्थिक, प्राबिधिक, बाताबरण  र दिगो विकासमा पार्ने असरको बारेमा अध्यान भएको नै छैन |  तथापी दुनियाले १९४८ देखि मानब अधिकार, सन् १९७९ देखि सिडअ, सन् १९९४ देखि यौन तथा प्रजनन अधिकार लगायत  लैंगिक नीतिका बारेमा काम गरिरहेको छ तर महिनावारी विभेद भने कतै समेटिएको छैन |

महिनावारी विभेद बालबालिकाले सानै देखि घर परिवारका अभ्यासजस्तो खाना नपकाउने, छुटै बस्ने, संचार आदिबाट थाहा पाउछन् भने करीब ६-९ बर्षभित्र आफ्नो जिबनमा तुलना गर्दै सामाजिकीकरण हुन थाल्छन | बालिकाहरु महिनावारी हुनु करिब ७ बर्ष अघि नै आफुलाई असुद्ध, शक्तिविहीन, सुबिधाबिहिन अनुभूत गर्छन भने बालकहरु सुद्ध, शक्तिशाली, सुबिधवाला सम्झिन्छन | महिनावारीको रगत अशुद्द/फोहोर हो भन्ने बुझाई नै बालबालिकामा शक्ति निर्माण गर्ने अदृश्य तर शसक्त माध्यम बन्छ/बनिरहेको छ | त्यसैले घर असुरक्षित थियो/छ |

जटिल प्रकृतिको महिनावारी विभेदलाई सम्बोधन गर्न बहुआयामिक रणनीति `मर्यादित महिनावारी’ निर्विकल्प छ | हरेक घर घरमा कम्तिमा पनि एकपटक देखिएर घच्घच्याउने महिनावारीलाई मर्यादित बनाउन सके मात्र घरलाई मर्यादित बनाउन सकिन्छ | घरमा लैंगिक हिंसा अन्त्य गर्न सकिन्छ | घर सुरक्षित हुन्छ | जुन छोरीले घरमा हुन्न/गर्दिन भन्न सक्छिन, उनले स्कुल, काम वा पार्टनर/श्रीमानसंग पनि सहजै हुन्न/सक्दिन/गर्दिन भन्न सक्छिन |  

आज नेपालमा महिनावारी विभेद नभएको घर पाउन मुश्किल छ अर्थात् हरेक घर विभेद, हिंसा, प्रतिहिंसाले गज्गज गिजिएको छ | हिंसा, हत्या, संचार माध्यममा आएपछि देखिने र गनिने अपराधहरु हुन् | हिंसा गनिनु पहिले नै उनीहरुले विभेदको थाक खेपिसकेका हुन्छन |  गर्भमा  छोरी भएर आएदेखि चिहानमा जल्दै गर्दा पनि त्यहि महिनावारी भएका कारण अपमानित, हेलित भएका छोरिहरु/महिलाहरु एकपछि अर्को विभेदमा पर्छन | उनीहरुलाई धर्म, सस्कृति, शिक्षा सबैले महिनावारी विभेदलाई प्रतिकार गर्न हैन चुपचाप सहन/स्वीकार्न सिकाउछ | महिनावारी विभेदले यौन अल्पसंख्यक. दलित, गरिब, प्रकोप र अपांगता भएकाहरुमा झन् गम्भीर विभेद भैरहेको हुन्छ | यस परिबेशमा मर्यादित महिनावारी क्रस कटिंग (cross cutting) को सबाल भएता पनि बालबालिका, किशोरी, महिला, अपांगता अधिकार, यौन अल्प संख्यक, जेष्ठ नागरिकका मानब अधिकार प्रबधन गर्ने जिम्मेबारी पाएकोले महिनावारी विभेद अन्त्य गर्न महिला मन्त्रालयको भूमिका मुख्य हुनेमा शंका गर्नुपर्ने ठाउँ छैन |  

अफसोच, महिला मन्त्रालयका निती, रणनीति, कार्यक्रम आफै आफै बीच सामन्जस्य राख्दैनन् | उदाहरणको लागि बालबालिकाको अधिकार, बाल बिबाह सम्बन्धि कार्वान्यनमा ल्याइएका दस्ताबेजहरुमा कुनै पनि तहमा महिनावारी शब्द उच्चारण नै गर्दैनन् | कथं कदाचित भएछ भने सरसफाईमा गएर टुंगिएको छ | सरसफाई महत्वपूर्ण छ तर मर्यादाको पक्का त गर्दैन नै महिनावारीको रगत फोहोर भन्ने सोच वा विभेदलाई झन् प्रबधन गर्छ |  बास्तबमा महिनावारी विभेद लैगिक हिंसा, र हिंसाहरुको मूल कारण भएकोले सबै मन्त्रालयहरुमा मूलप्रबाहीकरण गर्न ढिलो भैरहेको बेला महिला मन्त्रालयको लुकामारी जो कोहीलाई पनि लज्जास्पद नै लाग्छ |

सन् २०१९ देखि महिला मन्त्रालयले मर्यादित महिनावारिलाई सयुक्त राष्ट्रसंघको प्रतिबेदनमा `सिग्नेचर’ कार्यक्रमको रुपमा प्रस्तुत गरेको छ भने त्यसै बर्ष देखि डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिबस मनाउन थालिएको छ | नेपालबाट विश्वले सिक्दै यस बर्षको मर्यादित महिनावारी दिबस स्कटल्याण्डमा `रजनोबृति मानब अधिकार’ भन्ने नारामा अन्तरास्ट्रिय सम्मेलन गर्दै भव्यताका साथ मनाइदै छ |

तिन बर्षदेखी नेपालले नेतृत्व गरेको `मर्यादित महिनावारी दिबस’ लाई संयन्त्रहरु निर्माण गर्दै  यससंग सम्बन्धित नीति, निर्देशिका, कार्यक्रमलाई प्राथमिकतामा पार्नु पर्ने सबालमा बिभिन्न बहानाको भर गर्दा कुनै अमुक कर्मचारी वा मन्त्रीको अहंकारको जित होला नै तर महिनावारी विभेदको हिंसा, यसले निम्त्याएका प्रतिहिंसाको शिकार भैरहेका बालबालिका, किशोरी, बयस्क महिला वा रजनोबृतिमा प्रवेश गर्दै गरेका/भएका महिला माथि घोर अन्याय हुन्छ | इतिहासले मन्त्री, कर्मचारी जोसुकै होस् कसैलाई छोड्ने छैन |  घर घरले भोगिरहेको सबालमा  अग्रगामी कदम चाल्न ढिलो भैरहेको सन्दर्भमा अभियानबाट आएको मात्रै नभई आफैले नै भोग्दै, देख्दै आएको महिनावारी विभेदलाई नजर अन्दाज गरेर घरबाट हिंसा अन्त्य गरु भन्ने नारा केवल पपुलिस्ट नारा बाहेक केहि हुन् सक्दैन |       

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...