Saturday, May 21, 2022

Menstrual Dignity is Life Long Process

This is the part of conversation in Karnali Utsav March 2021 and all about how does the menstrual dignity is urgent in our life cycle approach. Organizer will be preparing a proceeding report. I would prefer to share over here because it is public document already via facebook live, you tube. Here, the role of men for menstrual dignity, the socialization of menstrual discrimination and rights in our constitution are briefly discussed during my part of talk. Once again, thank you Karnali Utsav. 

राधा पौडेल

अभियन्ता, लेखक

वास्तवमा कर्णालीमा महिलाहरूको अवस्था मैले अठारउन्नाइस वर्ष अगाडि जुन अवस्थामा देखेको थिएँ, त्यो अवस्थाबाट अलिकति सकारात्मक हिसाबले अगाडि बढेको देखिन्छ राजनीतिमा, स्वास्थ्यमा, खानपानमा, सबै कुरामा, तर गमता जीको कुरा सुन्दा, डा.नवराज को  कुरा सुन्दै गर्दा कर्णालीमा महिला तथा बालबालिकाहरूको अवस्था जहाँको त्यहीँ भन्दा फरक पर्दैन, मैले अन्याय गर्दिन जस्तो मलाई लाग्छ वास्तवमा के भने हामीले  महिनावारी बार्ने जुन अभ्यास , महिनावारी वा छाउ पुरुषहरूको दाह्री जुँगा आएजस्तै महिलाहरूको महिनावारी हुने कुरा हो यो प्राकृतिक कुरा हो तर यो सँग जोडिएको सामाजिक, आर्थिक, राजनैतिक, वातावरणीय पक्षहरूलाई विश्लेषण नगरेका कारणहरूले गर्दा पेटमा बच्चा आएदेखि मृत्यु पर्यन्तसम्म छोरीहरूमाथि गरिने विभेदहरुको को मुख्य कारण नै महिनावारी बार्ने अभ्यास हो त्यो अभ्यासका दृष्टिकोणले हेर्दाखेरि महिलाहरूको अवस्था पटक्कै सुध्रिएको छैन अहिले खुसी लाग्छ, गमताजीले जुन अघि उदाहरण प्रस्तुत गर्नुभयो आफूले बार्न छोड्नुभयो, त्यसपछि सङ्गठित रूपमा छोरीहरूलाई लैजानुभयो, गोठ नि भत्काउनुभयो | एउटा जुन प्रक्रियागत रूपमा अगाडि जानुभएको उहाँको कथा मेरो कथाको सिलसिला  वा प्रकिर्या एउटै हो भलै हामी दुइटा फरक जातमा, फरक परिवेशमा जन्मिएर, हुर्किएर काम गरेका व्यक्तिहरू हौ , तर हामीले काम गर्ने प्रक्रिया एउटै हो यसो भन्दै गर्दाखेरि नेपाल सरकारले मर्यादित महिनावारीलाई आत्मसात् गरेर मस्यौदा नीति बनाउने, विभिन्न कार्यक्रमहरूमा समावेश गर्ने, अन्तर्राष्ट्रियस्तरमा कार्यशाला गोष्ठी गरेर छाउपडीको देश होइन मर्यादित महिनावारीको देश हो भनेर अगाडि लैजानका लागि जुन खालको पहल गरेको , छाउपडी गोठमुक्त अभियान गर्दै मर्यादित महिनावारी प्रवर्द्धन गर्ने भनेर यही गएको २०७६ माघको गते सङ्घीय, प्रदेश नगरपालिका, गाउँपालिका, सबै प्रमुखहरू रहेर प्रतिबद्धता गरेको ठाउँ पनि हो तर एकातिर अक्षरहरूमा, संविधानमा, नीति नियमहरूमा, प्रतिबद्धताहरूमा, भाषणहरूमा महिलाहरूको सशक्तीकरण भएको , महिलाहरू मर्यादापूर्वक जिउन पाउने कुराको आवा दिएको तर वास्तविक जीवनमा हेर्ने हो भने सुकी बडाललाई लिएर हेर्नुपर्छ हामीले उनी गरिबीका कारणले मात्रै मरेकी होइनन्, उनी रक्सी खाएको श्रीमानले कुटेर मात्रै मरेकी होइनन्, जुन त्यहाँभित्र रहेको छोरीहरू भनेको मानव नै होइनन् उनीहरू एउटा पशुसरह हो भन्ने जुन खालको सामाजिकीकरण , महिनावारी बार्ने कारणले गर्दा घरदेखि नै छोरा छोरी बिचमा जनखालको छोरीहरूलाई शक्तिविहीन छोराहरूलाई शक्तिशाली जे पनि गर्न सक्छु, जे पनि गर्न हुन्छ भन्ने खालको जुन सामाजिकीकरण भएको त्यसको एउटा परिणाम हो यसले हाम्रो राजनैतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ सबै तह क्षेत्रमा अल्पकालीन दीर्घकालीन दुवै रूपमा असर गरेको  

मलाई दुई जना साथीहरूको कुराबाट के सापट लिन मन भने, हामीले गर्न बिर्सेको कुरा नै यही हो, आमा भन्दाखेरि अथवा महिला भन्दाखेरि हामीले महिनावारी भन्ने कुरै छुटायौँ जबसम्म महिनावारी विभेदलाई सम्बोधन गर्न हामीले अभियान अथवा कुराकानी, वार्ता गर्दैनौँ, तबसम्म केही पनि परिवर्तन हुँदैन उहाँले भन्नुभएको जस्तै आमालाई महिनावारी विभेदका कारणले गर्दा, एउटा पेटमा आएदेखि नै हेलाँ गर्न थालिएको , एउटा छोरी हो नि यो यसले केही पनि गर्न सक्दैन ,यो दोस्रो दर्जाको व्यक्ति हो भन्ने खालको उसलाई मानवको हैसियतमै राखिएको छैन भने अर्कोतिर  महिनावारी भएकै कारणले गर्दा उसले जुन खालका खानेकुराहरू खान पाउनुपर्ने थियो त्यो खानेकुराहरू खानबाट नै विभेदमा पर्छ उसले  ५० प्रतिशत महिलाहरू कुपोषित भएको कारणले ५० प्रतिशत बच्चाहरू कुपोषित छन् भन्ने खालको जुन तथ्याङ्क पेस गर्नुभएको त्यो एकदम अन्तरसम्बन्धित हुन्छ हामीले आज छाउको कुरा गर्दै गर्दा समावेशीको एजेन्डा राख्दिम , महिनावारीको कुरा गरम न कर्णालीमा राखिएको कार्यक्रम भएपछी,  हैन कुरा गर्दै गर्दा सरसफाइको कुरा पनि गर्दिए हुन्छ, भन्ने खालका खालको मानसिकताबाट ग्रसित भएको कारणले गर्दा महिलाहरू विभिन्न तह क्षेत्रमा हिंसामा परेका हुन् उहाले भन्नु भएको आत्म हत्याको कुरा, सुकी बडालको कुरा होस् वा उहाले स्कुल जान नपाएको कुरा होस् वा उहाले राजनीतिमा सहभागिता हुन् नपाएको कुरा होस् यो सबैको सम्बन्ध महिनाबारी बार्ने अभ्यास वा महिनाबारी विभेदसंग सम्बन्ध छ | जुन महिला महिनावारी भएको अवस्थामा भान्सामा बसेर कुराकानी गर्न सक्दैन, जुन महिलाले आफ्नो दाइ भाइ अथवा आमासँग सँगै बसेर खान सक्दैन उसको पहिलो संसद् भनेको भान्सा हो अथवा डाईनिग टेबल हो | संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता लेखेको भनेर भन्दैमा संसद्मा गएर ३३ प्रतिशत महिला सहभागिता गराउन सकिन्छ? सकिँदैन त्यहाँ गएर बोल्न सक्नुहुन्छ ? सक्नुहुन्न तसर्थ सबभन्दा पहिला प्रश्न गर्न सिकाउने, आफ्नो बाउ, आमा,दाइ, भाइलाई प्रश्न गर्ने, चुनौती दिने थलो भनेको नै घर हो आज नेपालमा १०० वटा हिंसा मध्य ९३ वटा हिंसा घरमा भएको त्यो ९३ वटा हिंसामा ८२ वटा हिंसा चाहिँ आफ्नै घरपरिवारका व्यक्तिले गर्छन्, श्रीमान्, दाइ, भाइ, काका, हजुरबुवाले गरेका छन् त्यो कुराबाट जबसम्म हामी टाढा भाग्न खोज्छौँ, तबसम्म उहाँहरू दुवै जनाले भनेका समस्याहरू समाधान गर्न सक्दैनौँ सबैभन्दा पहिलो चाहे त्यो संसद् भन्नुहोस्, चाहे त्यो स्कुल वा विश्वविद्यालय भन्नुहोस् जे भने पनि घर हो घरभित्रको शक्ति निर्माण प्रक्रियालाई हामीले भङ्ग गर्न सकेनौँ, शक्ति निर्माण प्रक्रिया भनेको छोरीहरूलाई शक्तिविहीन बनाउने छोराहरूलाई बनाउने, जुन महिनावारी बार्ने चलन वा अभ्यास चाहे त्यो काठमाडौँको कुरा होस, चाहे धनी वा एकदमै पढेको परिवार, चाहे कर्णाली, सुदूरपश्चिम सबै ठाउँमा जुन खालको छोरीहरूप्रति गरिने फरक, शक्तिविहीन अथवा अमानवीय हिसाबले हेर्ने दृष्टिकोण , त्यो दृष्टिकोणलाई नफुटालेसम्म अर्थकोपनि जोडिँदैन आमाकोपनि जोडिँदैन आमालाई सहानुभूतिका हिसाबले आमा एकदम राम्री हुन्छिन्, आमाको ममताबिना केही पनि हुँदैन भनेर कविता वा गीत गाएर मात्र केही पनि हुनेवाला छैन किन सम्मानित राष्ट्रपति संस्थामाथि अमानवीय शब्दहरू बोलिए, संसद्मा महिलाहरू बोल्दाखेरि किन ट्याउँट्याउँ गर्छन् भन्ने शब्दहरू बोलिए ? किन महिलाहरूले फेसबुकमा विभिन्न कुराहरू लेख्दाखेरि बलात्कार गर्ने, मार्ने धम्कीहरू आउने गर्छन् ? ती सबैको पछाडि महिलाहरूलाई हेर्ने दृष्टिकोण कहाँबाट सिर्जित हुन्छ भन्दा महिनावारी बार्ने अभ्यासबाट सिर्जित भएको हुन्छ महिनावारी अशुद्ध हो, पाप हो, कुरा गर्नुहुँदैन, छोपछाप राख्नुपर्छ , लाज हो भन्ने एकातिर अज्ञानता अर्कोतिर मौनता अर्कोतिर चाहिँ धर्म संस्कृतिसँग जोडेर दिइने डर, महिलाहरू आफैँमा पनि सानो छु केही पनि गर्न सक्दिन भन्ने खालको कुराहरू स्थापित गराइदिने, समाजले पनि थिचिरहने, थिचिरहने | थिची, थिचिरहने   उहाकै भनाइ सापट लिने हो भने पनि आत्महत्या गर्ने कुरा पनि महिनाबारीसंग सम्बन्धित छ | उसले वा एउटा बच्चाले पाँच वर्षको उमेरमा नै महिनावारीको बारेमा थाहा पाउँछ आमाको, छिमेकी भाउजूको,  दिदीहरुको, काकीको व्यवहारबाट उनीहरूले महिनावारी बारेमा थाहा पाउछन | म ठुलो भए पछी महिनाबारी हुन्छु | महिनाबारी भएपछी महिनावारी यसरी बार्नुपर्छ, पचास साठीवटा महिनाबारी बार्नुपर्ने सुची उसले तयार गरिसकेको हुन्छ, मैले बोल्न हुँदैन, मैले यसरी सहनुपर्छ भनेर सिकाइएको हुन्छ आफ्नो आमालाई प्रश्न नगर्ने छोरीले, आफ्नो दाइले चिमट्दा, धकेल्दाखेरि तिमीले मलाई राम्रो गरेनौ मलाई मन परेन भन्न नसक्ने छोरीले भोलि आफूले काम गर्दाखेरि अथवा स्कुलमा अथवा श्रीमानलाई चाहिँ मलाई यो मन पर्दैन अथवा यस्तो नगर, नाइँ भन्ने हामीले विकासी कुरा गरिराखेका छौँ, त्यो कुरा सम्भव छैन प्रश्न गर्न सिकाउने, नाइँ भन्न सिकाउनेको अभ्यास घरबाटै गर्नुपर्छ तब मात्र सबै कुराको समाधान हुन्छ सबै हिंसाहरूको मूल जरा भनेको नै महिनावारी विभेद हो त्यसमा सम्बोधन नगरीकन वा महिला भन्ने बित्तिकै महिनावारी आउँदैन भने त्यो सम्भव छैन  

 

यो पृथ्वीमा महिनावारी सुरु भएको चार खरब वर्ष भयो , होमोस्यपियान्स अथवा चिम्पान्जीको पालादेखि महिनावारी यहाँ त्यही महिनावारीको कारणले गर्दा अगाडि ड्यासमा बस्ने पुरुषहरु जो शक्ति लिएर बस्नुहुन्छ, महिनाबारीका कारण उंहाहरु जन्मिनुभएको हो, अथवा हाम्रो सम्मानित प्रधानमन्त्री पनि जन्मिनुभएको हो सबै पुरुषहरूले महिनावारीको कारणले यो पृथ्वीमा आएको हो भन्ने कुरा आत्मसात् गर्नुपर्यो पहिला, सबै पुरुषहरू कहीँ कहीँ केही केही रूपमा शक्तिमा हुनुहुन्छ, दिलभूषण पाठक जी यहाँ हुनुहुन्छ उहाँले कति पटक महिनावारीको कार्यक्रम चलाउनुभयो ? उहाँलाई प्रश्न गर्न चाहन्छु योजना आयोगका सदस्य माननीय ज्यूहरू हुनुहुन्छ, उहाँहरूको कार्यक्रममा महिनावारीका लागि कस्ता कस्ता एकदम खास खास खालका कार्यक्रमहरू, योजनाहरू छन् ? कस्तो खालको योजना आएको ? यहाँ सबै टोपी लगाएर बस्नुभएको जुम्लाबाट आउनुभएको बा आमाहरू हुनुहुन्छ, यहाँ बस्ने भाइहरू, छोराहरू, प्रहरीहरू, तपाईँहरूले कहिले कहिले महिनावारीको बारेमा कुरा गर्नुहुन्छ ? महिनावारी हुँदाखेरि आमाहरूलाई, छोरीहरूलाई, दिदिहरुलाई  कसरी व्यवहार गर्नुभएको ? त्यहाँबाट सुरु गर्नुपर्छ हामीलाई कसैको प्रोजेक्ट चाहिँदैन, कसैको कानुन चाहिँदैन, कहाँबाट आएँ, यो पृथ्वीको अस्तित्व के मा रहेको ? भन्ने कुरा आत्मसात् गरेर , समस्या वा महिलाहरूमाथि हुने जति पनि समस्याको मूल कारण महिनावारी विभेद रहेछ त्यसको मूल व्यक्ति, कर्ता भनेको पुरुष रहेछौँ, अघि सयमा बयासी जना पुरुषहरू बाउ, काका, हजुरबुवा, दाइ, भाइ छन् नि, त्यस कारण पुरुषले समाधान गर्नका लागि किन नेतृत्व नगर्ने भन्ने हिसाबले तपाईँहरू अगाडि आउनुभयो भने समाधान सम्भव भन्ने मलाई लाग्छ जहिले पनि महिलाको अधिकारको कुरा गर्यो, महिनावारीको कुरा गर्यो भने महिलाहरू नै बोल्नुपर्छ महिलाहरू नै सचेत भएर आउनुपर्छ, महिलाहरू नै उस्तै हुन् भन्ने कुरा गरिन्छ, अघि अन्तिम प्रश्नमा गमता जीलाई सोधिएको कुनै पनि व्यक्ति, कुनै पनि अभियानकर्मी, राजनीतिकर्मी सबै कुरा जानेको हुन सक्दैन लैङ्गिक विभेद भन्ने कुरा चौबिसै घण्टा, हरेक सेकेन्ड सकेन्डमा जकडिएर बसेको हामीले अहिले भर्खर गरेको कुराकानी छलफल, उहाँले गर्न आँटेको जुन बामे सर्न आँटेको खालको अभ्यास गरिराख्नुभएको , सबै प्रश्नहरूको उत्तर दिन सक्ने सबै कुराहरूको रोल मोडल हुनसक्ने कोही पनि छैनौँ हामी सबैले विगतलाई सिक्दै, समीक्षा गर्दै अगाडि बढ्न सकियो भने साँच्चीकै न्यायसङ्गत समाज सृजना गर्न सकिन्छ, मौरी भुनभुनाए जस्तो  वा मौरीको हुला आउदा के हुन्छ , भुँ ..भुँ ...भए जस्तै महिनाबारी ...महिनाबारी .....महिनाबारी ...कुरा गर्ने | घरमा, स्कुलमा, पुजामा सबै ठाउमा कुरा गर्न थालेपछी, हाम्रो संबिधानमा लेखिएका अधिकारहरु खाना, स्वास्थ्य, शिक्षा, मर्यादापुर्बक जिउन पाउने अधिकार, महिलाको प्रजनन हकको अधिकार लगायत सबै अधिकार प्राप्त गर्नको लागि महिनाबारीका बारेमा कुरा गर्नु जरुरी छ | संबिधान लागु गर्नका लागि हामीहरु यहाँ छौ,  हरेक मानिसले म ..म ,.. भनेर आफ्नो आफ्नो क्षेत्रबाट महिनाबारीका बारेमा कुरा गरिराख्यौँ समस्या समाधान गर्ने प्रयास गरिराख्यौँ भने त्यो पक्कै पनि सम्भव पुरुषहरू जन्मिँदै हिंस्रक भएर जन्मिएका होइनन्, सबै पुरुषहरू हिंस्रक हुँदैनन्, असल पुरुषहरू धेरै भयो भने चाहिँ साँच्चिकै न्यायपूर्ण समाज सिर्जना गर्न सकिन्छ, घर सुरक्षित हुन्छ भन्ने लाग्छ  

अहिले मलाई मेरो वा, भाइ, मेरो आफन्तहरु संग समस्या छ | तपाईहरुलाई देख्दा पनि डर लाग्छ |

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,