Wednesday, May 18, 2022

Things needs to included in gender responsive budget

This is message shared with Hon. vice chair, planning commission regarding the gender responsive budget from the perspective of dignified menstruation.

  

मा. विश्वनाथ  पौडेल ज्यु,

नमस्कार !

आज छोटै सहि भेट भयो खुशी लाग्यो | हजुरलाई पढ्ने, सुन्ने धेरै गरेकोले आशा पनि धेरै छ | मैले यो पत्र लेख्ने जमर्को गरे | पढ्ने नपढ्ने हजुरको कुरा |

महिला र राज्य सबालमा जीबन चक्रीय अबधारणा अत्यन्तै राम्रो र नबिन छ | तर प्राबिधिक त्रुटी छन् | समय त छैन तर पनि असम्भब केहि छैन भनेर यो पत्राचार गर्दै छु | किनभने म स्वास्थ्यकर्मी र अनुसन्धान कर्ता पनि हु | मर्यादित महिनावारीको बिश्व स्तरीय अभियान नेतृत्व गरिरहेको पनि छु | आउदो बजेटमा समाबेश गर्न सकिने केहि बुंदा अनुरोध सहित यहाँ पेश गरेको छु जसले यहाको बौद्धिक नेतृत्वको उजागर त गर्छ नै इतिहास पनि बन्छ  |

१.      मर्यादित महिनावारी अबधारणा संसारमा नै नेपालबाट २०७४ बाट शुरु भएकोले यहि शब्द प्रयोग गरिदिनु हुन्,  

२.     स्यानिटरी शब्दले महिनावारीको रगत फोहोर हो भन्ने सोचलाई प्रेरित गर्ने भएकोले महिनावारी सामग्री शब्द प्रयोग गरिदिनु हुन्,

३.      एक मात्र सामग्री वा प्याड भन्नु पर्नेमा महिनावारी प्याड प्रयोग गरिदिनु हुन्.

४.     अहिले बजारमा पाईने प्याड अधिकाम्स नेपालमा बन्दैनन, दर्जन भन्दा बढी हानिकारक रासायनिक पदार्थले बनेको हुन्छ र २०० -१००० बर्ष लाग्छ कुहिनलाई त्यसैले मर्यादित महिनाबारी मैत्री प्याड प्रयोग/वितरण गर्नुगराउनु भन्ने बनाइदिनु हुन् (जसले गर्दा स्थानीय स्तरमा महिलाहरुले तयार गरेका, जैविक प्याडले सहुलियत/मौका पाउछन | एउटा ढुंगाले ४ चरा एकैचोटी मार्न सकिन्छ |  

५.     महिनावारी विभेद आफैमा लैगिक हिंसा हो | त्यसैले मर्यादित महिनावारीलाई (लैगिक नीतिमा २०७६ अनुसार पनि ) बिशेष गरेर महिला मन्त्रालयको कार्यक्रममा व्यापक कार्यक्रम गर्नु पर्छ | परम्परागतरूपमा गरिएका काम असफल भैसकेका छन् |

६.     २०७६ बाट नेपालले डिसेम्बर ८ लाइ मर्यादित महिनावारी दिबस मनाउन थालेको छ | अहिले यो झन्डै ४० भन्दा बढी देशमा पुगी सकेको छ | यसलाई नेपालले भब्य रुपमा मनाउनु पर्ने आबस्यक छ |  ताकी नेपाल छाउपडीको देश हैन मर्यादित महिनावारीको देश हो भन्ने संदेश शसक्त रुपमा लैजान सकिन्छ |

७.     महिनावारी विभेदले अन्य हिंसा जस्तो यौन दुर्बव्यबाहर, बाल बिबाह, बलात्कार, बच्चा नहुने, मृगौलाको रोग आदि हिंसा/रोग निम्त्याउन मुख्य भूमिका खेलेको कारण मर्यादित महिनावारीको कार्यक्रम महिला र स्वास्थ्य मन्त्रालयमा व्यापक गरिनु पर्छ |

८.     अहिले भएको बाल बिबाह रणनीति, बाल संजाल, बाल परिषद कतै पनि महिनावारी विभेद वा मर्यादित महिनावारीको बिषयमा शब्द पनि छैन अनि कसरी नेपालमा बाल बालिकाको मानब अधिकार स्थापित गर्न सकिन्छ ?

९.     महिनावारी विभेदले जिबन चक्र्भर नै असर गरेको हुन्छ | तसर्थ मर्यादित महिनावारीको बिसेष गरेर महिनावारी हुनु पुर्ब, महिनावारी हुने र महिनावारी सुक्दै/सुकेको अवस्था (रजनोबृति) लाइ शिक्षाको माध्यमबाट व्यापकिकरण गर्नु पर्छ |   प्राथमिक बिद्यालयमा महिनावारी पूर्वको अबस्था, महिनावारी निम्न माध्यमिक र रजनोबृति माध्यमिक र बिश्व बिधालय (नर्सिग, मेडिकल र जनस्वास्थ्य शिक्षामा)

१०.   महिनावारी भएका बेला खाने कुरामा पहुच र बन्देज छ त्यसैले किशोरीहरुमा रक्तअल्पता देखिएको छ | आइरन चक्की बितरण गरेर त समस्याको जरामा कसरी पुगिएला र ?

११.    महिनावारी विभेदका कारण भएको पानीको स्रोत छुन, खान पाइदैन, सरसफाई गर्न पाइदैन त्यसले मृगौलामा ल्याउने रोग आउछन महिलाहरुमा | त्यसैले हाम्रो कार्यक्रम र बजेटले छलांग मार्नु पर्नेछ |

१२.   महिनावारीको बारेमा कुरा गर्न नसक्ने छोरीले कसरी बिहे, बच्चाको निर्णय गर्न सक्छिन र ?

१३.   महिनावारी विभेद कृषि, बन, खेल, जलबायु परिबर्तन आदि सबै संग सम्बन्धित हुने भएकोले क्रस कटिंगको अबधाराणा मा लैजानु पर्छ ताकी लैगिक समानता प्राप्त गर्न सहज हुन्छ |

लैगिक हिंसाको फेक्टोरी घर हो जसको मुख्य कारण महिनावारीमा मौनता हो तर त्यसकै कुरा नगरेर कसरी अघि बढ्न सकिन्छ र ?

 

Thanks for understanding and wishing for the best !

Best Regards, Radha Paudel, +977 9849596298, rpaudel456@gmail.com

 

Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...