Saturday, July 16, 2022

Solidariy

 

ऐक्यबद्धता

 मानव अधिकार, सामाजिक न्याय र लैंगिक हिंसा बिरुद्ध लेख्ने लेखक, संगीत (याम वहादुर क्षेत्री) बाट सात बर्ष अगाडि यौन हिंसा भएको दाबी गर्दै हालसालै सर्भाईभरले फेसबुक लाईभ मार्फत सार्बजनिक गर्नु भएको यौन हिंसाको घटनाले हामीलाई स्तब्ध बनाएको छ । यस घटनाले यौन हिंसा जुनसुकै क्षेत्र, पेशा, तह, र राजनीतिक विचारधाराको वृत्तमा व्याप्त छ भन्ने कुरालाई फेरि एकपटक उजागर गरेको छ । सर्भाईभरले यति लामो समय भोग्नु भएको आघात अकल्पनीय छ । यसका वावजूद यौन हिंसाको घटना बाहिर ल्याउने ऊहाँको हिम्मतलाई हामी सम्मान र उहाँले सार्वजनिक गर्नु भएको भोगाइमा हामी बिना शर्त विश्वास गर्छौं। सर्भाईभरले नामै लिएर यौन हिंसा जस्तो संवेदनशील मुद्धामा विभिन्न संस्था र सार्वजनिक छवि बनाएका व्यक्तिहरुले खेलेको भूमिकामा गर्नु भएको प्रश्नमा समेत हाम्रो ध्यानाकर्षण भएको छ । सर्भाइभरले आफ्नो फेसबुक लाइभमा भने अनुसार, कानुनी कारबाहीको लागि जाँदा हदम्यादको तगारो आउने देखि, उहाँले आफूले भविष्यमा अन्य लडाइँको सम्भावना कायमै राखि हाललाई आफूले भोगेको यौन हिंसाको घटना सम्बोधन गर्न विश्वास गरेर सहयोग मागेका मध्येका केही व्यक्तिहरुले महिनौँ उहाँलाई दिएको मानसिक हतासा र हैरानीको हामी भत्सर्ना गर्दछौं ।

Dignified Menstruation is foundation for achieving SDGS

 

मर्यादित महिनाबारीको मूलप्रबाहीकरण दिगो विकास लक्ष्य प्राप्तिको आधार

आजको दिनमा `दिगो विकास लक्ष्य’ नसुन्ने को होला ? `कोही पनि पछाडी नपरुन वा नछुटून’ भन्ने नाराका साथ अगाडी बढिरहेको यो लक्ष्य सयुक्त रास्ट्रसंघसंग आबद्द सबै राष्ट्रहरुले आ-आफ्नो देशको टार्गेट (अपेक्षित नतिजा) निर्माण गरेर काम गर्न थालेको सन् २०१५ बाट हो जसका आधारमा संसारले सन् २०३० मा सामाजिक, बाताबरणीय रुपान्तरण सहितको महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ | यसको कार्यन्वयनका लागि स्थानीय देखि सयुक्त राष्ट्र संघ सम्म पाच वर्ष र खरबौ खरब लगानी भैसकेको छ | जम्मा १७ वटा लक्ष्य र १६९ टार्गेट भएको यो बिश्व अभियानमा `मर्यादित महिनाबारी’ को स्थान जताततै छ तर देखाल कतै पनि छैन | अर्थात् औपचारिक रुपमा मर्यादित महिनाबारीको सूचांक प्राप्तिको लागि भनेर कतै लेखिएको छैन तर यसको सिदान्त र ब्यबहारिक पक्षलाई बिस्लेषण गर्ने हो भने जतातै छ | कुनै कुनै सस्थाहरुले महिनाबारीलाई स्वास्थ्य, सरसफाई संग कसैले लैंगिक समानता संग जोडेर तर छुटाछुटै सम्बोधन गर्न कोशिस गरेका भने छन् | महिनाबारी प्राकृतिक तर जटिल र बहुमुखी अबस्था भएकोले एस्तो एकांकी र टुक्रे सम्बोधनले दिगो विकास लक्ष्य पुरा हुन् सक्दैन | यो पृष्ठभूमिमा दिगो बिकास लक्ष्यमा काम गर्ने सबै सरोकारवालाहरुले `मर्यादित महिनाबारी’ लाई किन बिर्सन हुदैन वा यसको मूलप्रबाहीकरण किन आबश्यक र महत्वपूर्ण छ भन्ने सबालमा केन्द्रित रहेर लेखिएको लेख हो |

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014