Saturday, July 16, 2022

Dignified Menstruation is foundation for achieving SDGS

 

मर्यादित महिनाबारीको मूलप्रबाहीकरण दिगो विकास लक्ष्य प्राप्तिको आधार

आजको दिनमा `दिगो विकास लक्ष्य’ नसुन्ने को होला ? `कोही पनि पछाडी नपरुन वा नछुटून’ भन्ने नाराका साथ अगाडी बढिरहेको यो लक्ष्य सयुक्त रास्ट्रसंघसंग आबद्द सबै राष्ट्रहरुले आ-आफ्नो देशको टार्गेट (अपेक्षित नतिजा) निर्माण गरेर काम गर्न थालेको सन् २०१५ बाट हो जसका आधारमा संसारले सन् २०३० मा सामाजिक, बाताबरणीय रुपान्तरण सहितको महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ | यसको कार्यन्वयनका लागि स्थानीय देखि सयुक्त राष्ट्र संघ सम्म पाच वर्ष र खरबौ खरब लगानी भैसकेको छ | जम्मा १७ वटा लक्ष्य र १६९ टार्गेट भएको यो बिश्व अभियानमा `मर्यादित महिनाबारी’ को स्थान जताततै छ तर देखाल कतै पनि छैन | अर्थात् औपचारिक रुपमा मर्यादित महिनाबारीको सूचांक प्राप्तिको लागि भनेर कतै लेखिएको छैन तर यसको सिदान्त र ब्यबहारिक पक्षलाई बिस्लेषण गर्ने हो भने जतातै छ | कुनै कुनै सस्थाहरुले महिनाबारीलाई स्वास्थ्य, सरसफाई संग कसैले लैंगिक समानता संग जोडेर तर छुटाछुटै सम्बोधन गर्न कोशिस गरेका भने छन् | महिनाबारी प्राकृतिक तर जटिल र बहुमुखी अबस्था भएकोले एस्तो एकांकी र टुक्रे सम्बोधनले दिगो विकास लक्ष्य पुरा हुन् सक्दैन | यो पृष्ठभूमिमा दिगो बिकास लक्ष्यमा काम गर्ने सबै सरोकारवालाहरुले `मर्यादित महिनाबारी’ लाई किन बिर्सन हुदैन वा यसको मूलप्रबाहीकरण किन आबश्यक र महत्वपूर्ण छ भन्ने सबालमा केन्द्रित रहेर लेखिएको लेख हो |


`मर्यादित महिनाबारी’ भन्नाले कुनै पनि महिनाबारी हुने व्यक्तिको (किशोरी, महिला, ट्रान्सम्यान, क्विर)  जीबनकाल भर `महिनाबारी विभेद’  रहित अबस्था हो | यो नंया, र बृहत अबधारणा हो जहाँ महिनाबारीलाई लैंगिक हिंसा र मानव अधिकारको हननको रुपमा ब्याख्या गरिन्छ | `महिनाबारी विभेद’ भन्नाले महिनाबारीका कारणले (प्रत्यक्ष वा अप्रत्यक्ष) हुने कुनै पनि प्रकारको निषेध, लाज, दुर्ब्यबहार, बार्नुपर्ने अभ्यास, हिंसा भन्ने बुझिन्छ | संसारमा आधा भन्दा बढी जनसंख्या जीवनको कुनै पनि समयमा महिनाबारी हुन्छन, महिनाबारी भएकै दिन जोड्दै जाने हो भने करिब ७ बर्ष हुन्छन र उनीहरुको जिबनकाल भर नै महिनाबारी विभेदले असर गरेको हुन्छ किनभने यसको प्रत्यक्ष सम्बन्ध बच्चा बेलादेखि नै `शक्ति निर्माण’ प्रकिर्यासंग महत्वपूर्ण भूमिका रहन्छ र यसको असर जिबनभर पर्दछ |

दिगो बिकास लक्ष्यको बहस वा कुनै पनि काम छलफल गर्दा `मर्यादित महिनाबारी’ एक `क्रस कटिंग’ सबालको रुपमा आइरहनुपर्दछ किनभने १७ वटा लक्ष्यहरु मध्य ९ वटा लक्ष्यसँग प्रत्यक्ष सम्बन्ध छ | सिधा भन्ने हो भने `मर्यादित महिनाबारी’ को बहस बिना ती लक्ष्यहरुको प्राप्ति सम्भब नै छैन | लक्ष्य एकमा `गरीबी हटाउने’ संग टार्गेट १.४ सम्बन्धित छ किनभने महिनाबारी विभेद रहिरहेमा कुनै पनि स्रोत साधन, सेबा, प्रबिधि र आर्थिक स्रोतमा समान हक स्थापित हुन् सक्दैन | महिनाबारी भएका व्यक्तिहरुको  समान सहभागिता बिभिन्न बहानामा अवरोधहरु आएका हुन्छन | त्यसैगरी लक्ष्य दुइमा `शुन्य भोकमरी’ संग टार्गेट २.१ र २.२. सम्बन्धित छ किनभने महिनाबारी विभेदसहितको समाजमा सुरक्षित र पोषणयुक्त खानेकुराहरुको पहुच पुग्दैन र सबै खालका कुपोषण हटाउने क्रियाकलापहरुमा बाधा पुग्न जान्छ |    त्यस्तै लक्ष्य तीनमा `स्वास्थ्य’ संग टार्गेट ३.१, ३.२, र ३. ७ सम्बन्धित छ किनभने महिनाबारी विभेदले मातृस्वास्थ्य, पांच बर्ष मुनीका बच्चाको मृत्यु घटाउन र यौन तथा प्रजनन स्वास्थ्यको शिक्षा र सेवाको पहुच र उपयोगमा असर पार्दछ | उदाहरणको लागि जुन व्यक्तिले महिनाबारीलाई गौरबको रुपमा स्वीकार गर्न सक्दैन उसले न बिहे न परिवार नियोजन न सुरक्षित यौन सम्पर्क न पाठेघरको क्यान्सर आदिको बारेमा छलफल गर्न वा अधिकार प्रयोग गर्न सक्छ |

लक्ष्य चारमा `शिक्षा’ संग टार्गेट ४.१ र ४.२ सम्बन्धित छ किनभने महिनाबारी विभेदका कारण धेरै समुदायमा छुन नपाउने, हिड्डुल गर्न नपाउने, स्कुलको मर्यादित महिनाबारी मैत्री ज्ञान र संरचनाका नभएका कारण गुणस्तरीय शिक्षा प्राप्ति र कोहि पनि नछुटून नारालाई बाधा पुगिरहेको छ | लक्ष्य पाचमा `लैंगिक समानता’ संग टार्गेट ५.१, ५.२५.३, र ५.५  सम्बन्धित छ किनभने महिनाबारी विभेद नै यौन तथा लैंगिक हिंसा र मानव अधिकारको हनन हो जसका कारण अन्य थुप्रै लैंगिक हिंसाहरु जस्तो यौन दुर्ब्यबहार, चाडो बिबाह आदि हुन्छन | यसका अतिरिक्त उनीहरुको निर्णय प्रकिर्यामा अर्थपूर्ण सहभागिता पनि मर्यादित महिनाबारीको बहसबिना असम्भब प्राय छ |  लक्ष्य छमा `पानी र सरसफाई’ संग टार्गेट ६.१ र ६.२ सरोकार राख्छन किनभने महिनाबारी विभेदका कारण पानीका स्रोत, चर्पी प्रयोग गर्न कतिपय समुदायमा आजपनि बर्जित छ |

लक्ष्य आठमा `मर्यादित काम र आर्थिक शसक्तिकरण’ संग टार्गेट ८.१, ८.५, ८.७, ८.८ सम्बन्धित छन् किनकि महिनाबारी विभेदका कारण सबै आर्थिक क्रियाकलापमा सहभागी हुन् सम्भब छैन, सहभागी भए पनि मर्यादित महिनाबारी मैत्री उधोग नभएका कारण रोजगार सम्बन्धित तालिम वा काम निरंतर गर्न सम्भब छैन, परिवार नियोजनका चक्की खाएर काममा जानुपर्ने अवस्था छ| जसका कारण मानब बेचबिखनमा पर्ने सम्भावना अधिक रहन्छ नै र पर्यटन प्रबद्धनमा पनि नकारात्मक असर पर्दछ |

लक्ष्य बाह्रमा `उत्पादन र उपयोग’ संग सम्बन्धित टार्गेट १२. ४ र १२.५ सम्बन्धित छन् | जहाँ रासायनिक पदार्थ र प्लास्टिक रहित महिनाबारी सामग्रीको उत्पादन र प्रयोगमा जोड गर्दछ जुन मर्यादित महिनाबारीको अनिबार्य सूचक हो |

लक्ष्य सोह्रमा `शान्ति र न्याय’ अन्तर्गत टार्गेट १६.१ र १६.२ सम्बन्धित छन् जहाँ महिनाबारी विभेदले स्वयम व्यक्तिभित्र, परिवारमा, समुदाय र राज्यसित अदृस्य द्वन्द निम्त्याएको हुन्छ, परिणामस्वरूप  समानता, सामाजिक न्याय र मानब अधिकारको हनन भएको हुन्छ |

महिनाबारी मानब इतिहास संगसंगै वा ४ बिलियन बर्षदेखी यो ब्रामंडमा अस्तित्वमा छ | मानब सभ्यताले मानब अधिकारको सस्थागत वकालत गरेको सन् १९४८ वा ७२ बर्ष भैसकेको छ तर महिनाबारीलाई मानब अधिकारको बृहत दृस्टीकोणले हेरिएको भने छैन | माथि उल्लेख गरिए झैँ दिगो विकासका नौवटा लक्ष्यसंग प्रत्यक्ष प्रतक्ष्य सम्बन्ध रहेको मर्यादित महिनाबारीलाई बहिस्करण गरेर वा भैसकेको अबस्थामा महिनाबारी  प्याड वा सरसफाई वा चर्पीको कुरा मात्र गरेर न दिगो बिकाशका लक्ष्य पुरा हुन्छ न कोहि पनि नछुट्ने नारा सफल हुन्छ | तसर्थ दिगो बिकास लक्ष्यमा काम गर्ने जो कोहिले मर्यादित महिनाबारीलाई केन्द्रमा राखेर अहिल्यैबाट काम गर्नु आजको आबश्यकता हो | मर्यादित महिनाबारीको मुलप्रबाहीकरणको कुनै बिकल्प नै छैन, अब बिलम्ब गरिनु हुदैन



[1] राधा पौडेल लेखक, अभियन्ता र सस्थापक (दक्षिण गोलार्दीय मर्यादित महिनाबारी संजाल)

 

Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...