Saturday, July 16, 2022

Solidariy

 

ऐक्यबद्धता

 मानव अधिकार, सामाजिक न्याय र लैंगिक हिंसा बिरुद्ध लेख्ने लेखक, संगीत (याम वहादुर क्षेत्री) बाट सात बर्ष अगाडि यौन हिंसा भएको दाबी गर्दै हालसालै सर्भाईभरले फेसबुक लाईभ मार्फत सार्बजनिक गर्नु भएको यौन हिंसाको घटनाले हामीलाई स्तब्ध बनाएको छ । यस घटनाले यौन हिंसा जुनसुकै क्षेत्र, पेशा, तह, र राजनीतिक विचारधाराको वृत्तमा व्याप्त छ भन्ने कुरालाई फेरि एकपटक उजागर गरेको छ । सर्भाईभरले यति लामो समय भोग्नु भएको आघात अकल्पनीय छ । यसका वावजूद यौन हिंसाको घटना बाहिर ल्याउने ऊहाँको हिम्मतलाई हामी सम्मान र उहाँले सार्वजनिक गर्नु भएको भोगाइमा हामी बिना शर्त विश्वास गर्छौं। सर्भाईभरले नामै लिएर यौन हिंसा जस्तो संवेदनशील मुद्धामा विभिन्न संस्था र सार्वजनिक छवि बनाएका व्यक्तिहरुले खेलेको भूमिकामा गर्नु भएको प्रश्नमा समेत हाम्रो ध्यानाकर्षण भएको छ । सर्भाइभरले आफ्नो फेसबुक लाइभमा भने अनुसार, कानुनी कारबाहीको लागि जाँदा हदम्यादको तगारो आउने देखि, उहाँले आफूले भविष्यमा अन्य लडाइँको सम्भावना कायमै राखि हाललाई आफूले भोगेको यौन हिंसाको घटना सम्बोधन गर्न विश्वास गरेर सहयोग मागेका मध्येका केही व्यक्तिहरुले महिनौँ उहाँलाई दिएको मानसिक हतासा र हैरानीको हामी भत्सर्ना गर्दछौं ।

 

सर्भाइभरलाई सहयोग गरिरहेको, उहाँको पीडामा साथै भएको, दाबी गरेका व्यक्तिहरुले समेत यौन हिंसाको मुद्धालाई व्यक्तिगत पूर्वाग्रहसंग जोडेर सर्भाइभरलाई थप लाञ्छित र चरित्रहत्या हुने गरि व्यक्त गरेका भनाइ/पोस्ट आदिमाथि समेत हाम्रो ध्यानाकर्षण भएको छ । साथै सर्भाइभरको फेसबुक लाइभको निकै अगाडि सर्भाइभरबाट आएको अति संवेदनशील जानकारीको न्युनतम गोपनीयता समेत कायम नगरी उक्त जानकारी चुहाइएको कुरा पनि सार्वजनिक भएका सामाजिक सन्जालका पोस्टहरुले इंगित गरेका छन् । सर्भाइभरको गोपनीयता हनन गरेर उहाँले छनौट गरेका व्यक्ति भन्दा बाहिर (सर्भाइभरको भनाइ अनुसार उहाँको अनुमति बिना) संवेदनशील जानकारी चुहाइएको, त्यसपछि सर्भाइभरलाई घटना तुरुन्तै सार्वजनिक गर्न दवाव आएको आदि कारणले सर्भाइभर र उहाँको परिवार थप आघातमा परेको कुरा पनि यी पोस्ट र पोस्टमा सर्भाइभरले गरेको टिप्पणी मार्फत सहजै अनुमान गर्न सकिन्छ । 

 

सात वर्ष लामो आघात र त्यसको सार्वजनिकीकरण पछि चौतर्फी दवाव र चरित्रहत्या सामना गरिरहेकी सर्भाइभरको फेसबुक लाइभ बारेमा सर्भाइभरको मानसिक स्थिरता माथि नै रहस्य उत्पन्न गर्ने खालका टिप्पणी गरिनु अत्यन्त आपत्तिजनक छ । यस्ता गतिविधि गरिरहेका व्यक्ति/संस्था/आन्दोलन/समूहहरुले जवाफदेहीता देखाउन् भन्ने हामी माग गर्दछौँ । यो विज्ञप्ति मार्फत आगामी दिनमा यस्ता हर्कत बन्द गर्न गराउन खबरदारी पनि गर्दछौं । 

 

यौन हिंसाका घटनामा पहिलो विश्वास सर्भाइभरलाई गरिने आधारभुत मान्यता विपरीत घटना सार्वजनिक भएपछि सामाजिक संजालमा आएका अराजक र सर्भाईभरलाई थप आघात पुर्‍याउने टिप्पणीहरु खेदजनक छन् । सर्वसाधारण मात्रै होइन, वर्षौँसम्म सार्वजनिक मन्चमाअधिकारकर्मगरेको दाबी गर्ने व्यक्तिहरुले समेत सर्भाइभरको चरित्र हत्या गर्ने टिप्पणी गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता फेसबुक पोस्ट, कमेन्ट र एकाउन्टलाई हामीले आआफ्नो ठाउँबाट रिपोर्ट गरिरहेका छौँ र देख्नुहुने सबैले रिपोर्ट गर्न पनि हामी आव्हान गर्दछौँ । 

यौन हिंसामा परेका पिडीतहरुको सुरक्षा र कानुनी सहयोगको लागि द्रुत र भरपर्दो सहयोग प्रणालीको व्यवस्थाको लागि सरकारसंग जोडदार माग राख्दछौं। हामी सर्भाईभरको पक्षमा उभिएका छौं र यो वक्तब्य मार्फत सर्भाईभरप्रतिको हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं। 

 

 राधा पौडेल

 

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014