Saturday, September 24, 2022

local election in Nepal 2022

दोस्रो स्थानीय चुनाबको अनुगमनमा जान दुइ कुराले म अलिक आकर्षक थिए - चुनाबमा मर्यादित महिनावारिका सिदान्त कति प्रयोग भएका हुन्छन होला जताततै प्रजातन्त्र र समाबेशीका नारा घन्किएका हुन्थे | अर्को कारण डोल्पामा बस्ने रहर पुगेको थिएन. गएको दशैँ अघि गरिएको यात्रा बिरामी पारेर छोटो पारिएको थियो | अझै महत्वपूर्ण कुरा त के भने प्रेम बहादुर बोहोरा भाइ नगरपालिकाको मेयर पदमा उठेका थिए | 

अकलाल चलाउने भाइ DRC सस्थामा आबद्ध थिए | एकदिन उनको डोल्पा सम्बन्धि प्रकान्सोमुख  किताबको बारेमा छलफल गर्दा मैले मेरो इच्छा प्रकट गरेको थिए | 

चुनाब नै हुन्छ कि हुदैन भन्ने राजनीतिक बहस हुदाहुदै छोटो समय राखेर चुनाब घोषणा हुनु, निर्बाचन आयोगको नया नीति र आर्थिक कारणले म डोल्पा जान नमिल्ने हुदा मैले चितवनको रत्ननगर पालिकाको सौराहा छेत्रको निर्बाचन रोजे | जुन मेरा आफन्तको होटल भएकोले समस्या थिएन | 

मैले ४ घन्टे विधुतीय तालिम लिए | सावित्री (अकलाल को श्रीमती मार्फत, उनि पनि काठमाडौँको अनुगमनमा रहने हुदा) परिचय पत्र, निर्देशिका, १४००० रुपिया लिए | दिनको ३ हजार दश दिन सम्मको लागि, यातायात, खान पान सबै कामको लागि दिइएको थियो | 

एकदम उत्सुकता साथ म पुगे | जाँदा जाँदै निर्बाचन कार्यलय छिरे, सबै सम्पर्क लिए | तालिम भैरहेको रहेछ | अनि मैले फिल्डको काम शुरु गरे | चुनाब प्रचारप्रसारका कार्यालय गए | महिला, पुरुष, युवा, युवती, बृद्द, आदिसंग अन्तरबार्ता गर्दै थिए | प्रचण्ड गर्मि थियो | प्रचारप्रसार गर्ने अन्तिम दिन थियो त्यसैले म आफ्नै शुरमा गर्दै थिए | गर्मि छल्न, बिहानै फिल्डमा थिए, अकलाल भाइको फोन आयो | सोचेको थिए उनले सन्चो बिसन्चो सोध्न, सजिलो असजिलो सोध्न फोन गरेका होलान भनेको त `म फिल्ड' मा नभएको जानकारी पाएर फोन गरेका रहेछन | उनको आबाज फरक थियो | मैले काम नगर्ने र इमेलमा लेख्ने जानकारी गराए | उनले खास केहि भनेनन् |

हिजो साझ अरुणा भन्ने महिलाले मलाई फोन गरेकी थिइन् | म काममा नै थिए | त्यसैले एकोहोरो छोटो छोटो जबाफ दिएर राखेकी थिइन् | उनले खास केहि सोधिनन बास्तबमा | 

मैले तिनै अरुणाले बिफ्रिंग गर्दा मेरो बारेमा कुरा लगाइन | अकलाललाइ आफ्नो मार्फत गएको हुनाले धेरै प्रेशर भयो त्यसैले उसले मसित झन्डै दशकको सम्बन्धमा बोल्ने तरिका फरक परेको थियो भन्ने अनुमान गर्न गाह्रो भएन | 

मैले अचानक मेरो योजना बदलेकोले मेरो साथी, आफन्त डराए पिर गरे तर मैले उनीहरुलाई सबै कुरा भनिन | पिर पारिन | 

फिल्डमा जानु को को संग, कस्तो कस्तो अबस्थामा सम्पर्क गर्ने केहि पनि सिकाइएको वा फोन नम्बर थिएन | हतार हतार भएर होला भन्ने ठानेको थिए | 

मैले रिपोटको ड्राफ्ट पनि तयार गरेको थिए, त्यो रिपोर्ट, फोटो इमेल र whatsapp मार्फत पठाए | 

   Dear DRCN Team, 

Greetings !
Thank you so much for giving me this opportunity. 
I observed doubt on my professionalism and ethics so I decided to terminate my engagement with you. I am sorry. 
Here, I have shared my very very draft report and shared photos via whatsapp. 
Sorry for your inconvenience. Will returned the money and documents soon.
Once again thank you so much. 
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

मे ९-१०,  २०२२

स्थानीय निर्बाचन कार्यालयको पदाधिकारीसंग सोध्ने प्रश्न

१.      कर्मचारीहरुको संरचना अनुसार व्यक्तिहरुको नियुक्ति र कार्य बिभाजन e.ग. पदमा देबी शर्मा वार्ड न ६, बछौली

२.     तालिम चल्दै थियो

३.      सामग्रीहरु तयारी भैसकेको जानकारी

४.     सुरक्षाको तयारी पुरा

२. दर्ता ५ बजेसम्म

३. उम्मेदारी दर्ता गर्ने दल

            १. nepali कांग्रेस

            २. एमाले

            ३. माओबादी

            ४. समाजबादी

            ५. रा. प्रा. पा

            ६ स्वतन्त्र

 

४ महिलाहरु –      एमाले – मेयर – एमाले

स्वतन्त्र उम्मेदार उप मेयर –बिरंजना सापकोटा –

                        महिला सदस्य- जेयनी थरुनी –काग्रेस

                        महिला सदस्य – एमाले

                        भगबन्तिया माझी – दलित महिला सदस्य – काग्रेस

                                                एमाले

 

आचार सहित

१.      स साना झैँ झगडा भएको, म्यादी प्रहरी जाँदा जाँदै सामसुम भएको

 

मतदाता शिक्षा

१.      गाडीमा गीत –एमाले, काग्रेस, रा प्र. पा.  

२.     रुखमा झन्डा, फोटो –पुतली

३.     घरको छतमा – झन्डा –काग्रेस

४.     घरको झ्यालमा –झन्डा –एमाले

५.     घरभेटमा जोड,

चौतारामा बसेका जेष्ठ नागरिकहरु  - पाच जना पुरुष – थारु, बाहुन, छेत्री

१.      यसपाली उत्साह छैन

२.     देश लुटेर सके – जसले जे सुबिधा दिए पनि हाम्रो नै पैसा त हो नि | हाम्रो पैसा हामीलाई दिएर के पो उत्पति भयो र ?

३.     यी यो पर्चा बनाउन, छपाउन, छर्न पैसा पर्छ | हम्रो पैसा नै त हो नि |

४.     रानाहरुको पालो देखि नै खास विकास भएको छैन | नेताहरुले लुटे |

मनिसा- बिजुली पसले – बाहुन युवा महिला

१.      मिलाएर प्रचारमा हिडेको छु , पहिले पनि भोट हालेकी थिए |

२.     मैले जसलाई मन लग्यो उसैलाई हाल्ने हो भोट |

३.     सायद एमालेकी महिलाले जित्छिन होला |

४.     महिला हिंसा भयो भने नेता नेता मिलेर मिलाउछन्, त्यसैले भोट फेर्ने निश्चित देखिन्छ |

५.     आफ्ना नाता पातालाइ मात्र लिएर काम गर्नु पनि  निराशाको अर्को मुख्य कारण हो |  

म्यादी प्रहरी – ....महतो (फोटो खिच्न मानेनन्

१.      बिहान ६ बजे देखि बेलुकी ११ बजे सम्म काम गर्नु पर्छ | बिचमा घरमा गएर खाना खान्छु

२.     अब पर्सि १ महिना हुन्छ |

३.     रोजगार नभएर हो यो काम गरेको |

४.     बेला बेला बोलाउछन्- हामीलाई वडा प्रहरी कार्यालयले खटाउने हो |

५.     खबर आउछ, जाँदा जाँदै मिलाई सक्छन |

 

महिलाहरु – थारु महिला – ४४ बर्ष, ४८ बर्ष, ६० बर्ष

1.       जसले बोलाए पनि भोट माग्न, र्यालीमा गयौ |

2.       कसैले केहि गर्दैनन्

3.       अहिले नमस्ते नमस्ते गर्छन तर भोलि बोलाउदा पनि बोल्दैनन

4.       सबैले लालपुर्जा दिन्छु भन्छन तर कसैले दिएको छैन

5.       आफु आफु मिलेर खान्छन

6.       जाने हो भोट हाल्न, भित्र कल्ले देख्छ र, जसलाई मन लग्यो उसैलाई भोट दिने हो |

7.       भन्न त सबैले सहयोग गर्छु भन्छन नि | 

इमेल मैले democracy, anubhavajit, Anubhav, dipkiran816, ankalalchalaune लाइ पठाएको थिए | काम गर्दा यस्तो अबस्था आउन सक्छ तर सल्टाउन सकिन्छ | मैले निर्देशक वा कुनै सिनियर कर्मचारीले

 मलाई फोन गर्छन होला भन्ने सोचेको थिए , मलाई नछोड्न भन्छन होला भन्ने लागेको थियो किनभने यसमा दुवै तर्फबाट लगानी भैसकको थियो | 

किन भने मैले ब्यबस्थापक भएर काम गर्दा यस्ता अबस्थाहरु पार लगाएको थिए | 

दिनभर कसैको पानो फोन इमेल नआएपछि मैले चितवन छोड्ने निर्णय गरे |  

मे १२ तारिक मलाई यस्तो इमेल आयो | बोधार्थ Mamta, me, ankalalchalaune@gmail.com

Dear Radha Paudel

Hope you are doing well. 

DRCN accepts your decision to terminate your contract with DRCN as an election observer. The termination of contract is effective from May 9, 2022. You may stop by DRCN office in Kupandole to return the advance money, the signed contract, and the identity card. 

All the best!
Anubhav Ajeet
Director

Democracy Resource Center Nepal
मैले यहि इमेलमा मे ३१ मा यस्तो पत्राचार गरे | 
Dear Anubhav jee, 
Greetings !
Sincere apology for delay response because I am not doing as I committed.
I need to discuss with you, Ankalal and Aruna before settling the documents. 
I did not like to disturb you/team when you were in a hectic schedule of election and reporting.
I will be out of Kathmandu after June 15-22, 2022. Therefore, I would encourage you to provide the dates and time so I can accommodate accordingly. I prefer to have a zoom meeting. 
Once again thank you for the opportunity and looking forward to hearing from you.
 
 मलाई खासमा भेटेर नै सबैसित (जो सम्यबन्सधित थिए ) कुरा गर्कोन मन थियो |  २ दिन (यो लेख्दै गर्दा मैले दिन बिर्से ) | अनुभब संग मेरो फोनमा कुरा भयो | कुरा सबै ठिकै थियो | यस्तो द्वन्दमा  यस्तै कुरा थियो | भबिस्यमा राम्रो सम्बन्ध रहने गरि बार्ता टुंगो एक प्रकारले भएको थियो | उनले माफ पनि मागेका थिए | 

मैले कुरो तुन्गाउदै गर्दा मैले यदि म भएको भए आफै फोन गर्थे,  प्रजातन्त्र र समाबेशीको वकालत गर्ने तपाई आफै नै अभ्यास गर्नु भएन भन्दै गर्दा मलाई माफ मागेको कुरा इमेलमा लेख्नु, म बाकि पैसा, परिचय पत्र, दस्ताबेज अफिसमा बुझा उछु भनेको थिए | किन भने यहाँ मा संग फोन गर्ने कोहि पनि छैनन् | मेरो बारेमा सबैसित कुरा भएको छ | सबैले थाहा पाउनु पर्छ भनेको थिए | 
उनि त् झोक्किए |
तपाइले मलाई फोन गरेको भए पनि हुने नि भने | यति छोटो काममा गएको मान्छे, जसलाई कसैको फोन (कस्तो अबस्थामा कसलाई फोन गर्ने ) भनेर सिकाइएको छैन | यो त् victim blaming जस्तो भयो | 
बलात्कार हुने बेला किन नकाराएको भने जस्तो लग्यो | 
प्रजातन्त्र र समबेशिता कुरा गर्नहरुले नै यस्तो ब्यबहार देखाए | 
उनले आजसम्म मलाई माफि मागेको इमेल लेखेका छैनन् अनि मैले पनि बुझाउने पर्ने डकुमेन्ट बुझाएको छैन | जबसम्म पाउदिन तबसम्म पाउदिन | 
मशिर ४ गते चुनाब हुदैछ | उनलाइ फेरी सम्झिए अनि यो प्रमाण यहाँ साझा गर्नै पर्छ भनेर गरे | 
मैले उनीहरुलाई पठाएको फोटो सबै मंजुरीनामा लिएर गरिएको जानकारी गराउछु | 
 
In Love, Peace and Solidarity !

Radha Paudel, 

यी सबै फोटोहरु मैले मे १० तारिखका दिन बिहान ९.३८ मा whatsapp बाट अरुणा र अंकलाललाई पठाएको हो | 





















World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,