सेक्रेटस विथ बा
साहिली छोरी पट्टिको नातिनी शर्मिला र नाती, शौरभ छोरा तर्फबाट कि नातिनी एलिसा र बा काठमाडौँको भाडाको घरको बैठक कोठामा बसेर मोबाइलको फोटोहरु हेर्दै थिए | नातिनीहरू, नातीले पालैपालो फोटो जुम गर्दै के हो, किन यस्तै यस्तै प्रश्नहरु सोध्दै गएका थिए |
बाले बडो दम्मका साथ जबाफहरु दिनु भएको थियो | म वल्लो कोठामा आफ्नै शुरमा काम गरिरहेको थिए | हिजो दिउसोमात्र यात्राबाट फर्किएको र फेरी बा घर जानुपर्ने भएकोले झोला मिलाउनु थियो | बालाई आफ्नो झोलामा अरुहरुको सामान राखेको पटक्कै मन पर्दैन | आफ्नो सर्ट, पेन्ट सर्लक्क पटाएर राख्नु पर्छ | कच्याककुचुक भयो, आइरनको धारमा खज्यांग खुजुंग भयो भने बाले लुगा नै लगाउन सक्नुहुन्न | प्रेश वा आइरन किन्नु पुर्ब वा मैले स्टाफ नर्सको जागिर खानु पुर्ब पनि बाले लुगा सुकिसकेपछी आफ्नो लुगा आफैले पटाएर आफ्नो ओछ्यानको खुट्टापट्टि डसनाको तल राख्नु हुन्थ्यो | आजभोली हामीले बिर्सियेयु वा भ्याएनौ भने आफैले ल ल यसलाई अलिक राम्रो धार पार्देउ वा हैन मैले यस्तै लाएर जाने हो ? भनेर भन्नुहुन्छ |तीनजना केटाकेटीहर अचानक चिच्याएर हासे | मैले यतैबाट भने
हैन के भो ? किन हासेका ?
बा त चिन्न नसकेको नि ? तीनैजना –हक्कानियेर बोले –बालाई
खतरा देखिएको |
बाले ट्याक्सी वा रेल वा टुकटुके केहि पनि चढ्न मान्नु भएन |
तिमिहरु पो अंग्रेजी बुझेका छौ, सजिलै चिन्न सक्छौ | मलाई राम्रोसित हेरेर, अनुभूति
गरेर पो हेर्नुपर्छ नत्र मैले केहि पनि थाहा पाउन्न |
उहाको आदेश शिरोपर गर्दै हामी हिद्द्दै थियौ | बाटो
काट्नुपर्ने भयो | आकासे पुल उक्लदै थियौ | बाले बच्चाले झैँ एक एक भर्यांगको
खुट्किला उक्लदै दुवै हात रेलिगमा समातेर झ्यालबाट बाहिर हेरे झैँ ध्यान दिएर हिडिरहनु
भएको थियो | म एक खुटकिलो अघि गएर बालाई झुक्काएर मेरो गगल लगाइदिए | के गरेको
यस्तो भनेर म तिर फर्कन नपाउदै फोटो खिचीसकेको थिए | त्यहि फोटो हेरेर हासेका
रहेछन | पहिले गगल लगाउन नमान्ने बाले गगलको महत्व बुझ्नु भयो होला अब त लगाउन
थाल्नु भएको छ |
एकछिन सामान्य कुराकानी गर्दै थिए | बाले के के खाएको, कहाँ
कहाँ खाएको, कस्तो भयो भन्दै हुनुहुन्थ्यो |
फेरी अट्टहास हासोको फोहोरा फुट्यो |
पेट मिची मिची हासीरहेका थिए | भनिरहेका थिए | बा के हो
यस्तो – नातिले सोध्यो | मैले सुटुक्क चिहाए | बाको अनुहार रातो रगत नै चुहिएला
जस्तो भएको थियो | तीन जना भने तीनतिरबाट बालाई जिस्काइरहेका थिए |
बाको आफ्नो समयमा, बिक्रम सम्बत २०१५ तिर नेपालको झापा देखि,
जुम्ला हुँदै बैतडीसम्मको यात्रा गर्दा रेल चढ्न, वा नुन वा अन्य सामान किन्न
भारतको यात्रा बाहेक यो पहिलो विदेश यात्रा थियो | हामी जस्तो सामान्य परिवारमा तिन
बिस १३ वर्ष काटिसकेको बिधुर पुरुषको विदेश यात्रा | जति यो यात्रा बाको लागि
महत्वपूर्ण थियो त्यति नै महत्वपूर्ण थियो मेरो लागि अनि मेरो परिवारको लागि |
मैले बा भन्ने चिनेदेखी नै पेटको, कहिले टि बिको कहिले, स्वाइन फ्लु, कहिले
हर्निया, कहिले पाइल्सको शल्यक्रिया गरेको, टुहुरो केटोले जहिले दुख देख्यो कतिखेर
के हुन्छ न समयले भन्छ न बाको शरीरले | त्यसैले बालाई सकेसम्म सबै कुराको अनुभूति
होस् भन्ने मेरो चाहना थियो | कतै झुक्काएर, कतै सिकाएर, कतै सल्लाहले मैले
घुमाउदै थिए |
बाले रमाइलो मान्नु भएको थियो | बाटो होस् वा मल भित्र
छिरेर सामान दुइ औलाको बिचमा राखेर अनुभूति गर्ने, पैसो पनि आफै सोध्न सक्ने हुनु
भएको थियो | जहाँ अंग्रेजी बोल्न परे पो ? मात्रै `एस’ र `नो’ भन्न जाने हुने जुन
बालाई नातिनिहरुले जमाना मै सिकाएका थिए | अनि मुल्य मोल मोलाई गर्न पर्यो भने
बालाई क्यालकुलेटर थिचेर देखाउन मिलिहाल्छ अनि नमिले हातले इशारा गरे भैहाल्यो |
मैले दश कक्षा पढ्दै गर्दा बाले किराना पसल शुरु गर्नु भयो |
अनि त्यसकै शिलशिलामा क्यालकुलेटर चलाउन पनि सिक्नु भयो | स्कुल जान वान ..टु ...थ्री
... भनेर सिक्न नपाए पनि क्यालकुलेटरका अंग्रेजी अंक बाका लागि नौला थिएनन | सय, पचास
घटाएर क्यालकुलेटर थिच्यो अनि देखायो | पसल वालाले नो नो भन्छ अनि वा ले एस एस भन्नु
हुन्छ | कहिले छोडेर हिड्नु हुन्छ | कहिले मुल्य थप्दै थप्दै गएर दुवै तर्फ एस..
एस.. भए पछी सामान किनेर हिड्नु हुन्छ | म एक अमुक दर्शक कहिलेकाही सहयोगी |
लुलु , एलिसालाइ मैले लुलु भन्छु | उसले हास्दा हास्दै मलाई
ल्याएर फोटो देखाई | बा अझै पनि रातो अनुहार लगाएर हासिरहनु भएको थियो |
बा मसाज कक्षमा खुट्टामा मसाज गरिरहनु भएको थियो | शुरुमा
लाजले आँखा चिम्म गर्नु भएको थियो पछी त आनन्द लागेर हो कि थाकेर हो निदाउनु पो भो
| मैले त्यहि मौकामा फोटो खिचिहाले | मलाई
यसरी बालाई जिस्काउन पनि के के बदमासीहरु गर्दै थिए |
मैले शुरुका दिनमा होटल बस्दा नै स्विमिङ पुल, मसाज कक्ष
देखाएर मसाजको कुरा गरिरहेको थिए | जाम सन्चो हुन्छ, यहाँ त बिसेष खालको मसाज
गर्छन भन्दै थिए | बाले धत् ... हुन्न भन्दै हुनुहुन्थ्यो | बालाई पैसा खर्च हुन्छ
भन्यो भने त यस्तो फजुल खर्च भन्नु हुन्थ्यो | मैले सस्तो छ भनेर नभएको नभएको रेट
भनिदिन्थे | बालाई नेपाली पैसामा भनिदिने त हो जे भने पनि भो | यहाँ आउने जहाजको
टिकट त अफिसले मिलाइदेको भन्देको | हैन झुट बोलेको बासित |
पछी साथी साराको अपार्टमेन्टमा बस्न थाले पछी मसाज सेन्टर
धेरै देखिने भए | बिहान घुम्न निस्कदा अनि बेलुका फर्कदा मसाज सेन्टर सजिलै
देखिन्थे | कोहि कोहि बाटोमा आएर बसेका पनि हुन्थे | कोहि कोहि बाहिर नै देखिने
गरि मसाज गरिरहेका थिए | मैले हाम्रो यात्रा सकिनु भन्दा २ दिन अघि मसाज सेन्टर लगे
| अघिल्लो दिन नै भोलि पल्ट कहाँ कहाँ जाने, के के हेर्ने, के के गर्ने सबै भन्थे
जसले गर्दा बालाई कुनै कुराले पनि सक नहोस |
भोलि त जसरी मसाज गर्ने हो | हामी दुवै जनाले गर्ने हो |
हजुरलाई केटाले गर्छ मलाई केटीले | हात खुटा मात्र गर्ने हो |
हामीले गरे जस्तै हो क्या भनेर भन्दै हिड्थे | बाको बाथ
भएकोले हात खुट्टा खुब दुख्ने त्यसैले मलाई म, बहिनि भाइले खुट्टाले बाको हात खुटा
टेकेको याद छ | पछी जब मैले स्टाफ नर्स पढेर पैसा कमाउन थाले मेरो स्वरले स्थान
पनि पाउन थाल्यो अनि हातले नै खुट्टा मिच्न थालेयौ | बाले भो भो भने पनि हामी दिदिहरु सहित मिच्ने गर्न
थालेका थियौ | त्यसैले पनि मलाई बालाई मनाउन सजिलो भो | औषधि लगाएर गर्छन | राम्रो
हुन्छ भनेर फकाउदै मसाज सेन्टर भित्र छिरे | बा र म संगसंगै वा एकै लहरमा राखेको
बेडमा पल्तेयौ | बालाई लाज हुन्छ भनेर मैले आँखा चिम्लेको नाटक गरेर बालाई लुकी
लुकी हेरिरहेको थिए | बालाई मैले फोटो खिचेको पत्तो थिएन सायद | हामी करिब २
मिटरको दुरीमा थियौ | बाले मलाई रुमालले आँखा छोपेर पल्टेको देख्नु भएको थियो आफु मसाज
बेडमा पल्टनु अघि |
मैले केटाकेटीहरुलाई यो कहानी भनेर फेरी आफ्नै धुनमा लागे |
बाले उपहारहरु किन्नु भएको थियो | सामान एकै भए पनि रंग फरक फरक गरेर आफैले नाम
भन्दै छान्नु भएको थियो | त्यसैले कुनै पनि सामान इतरबितर नहोस भन्ने कुरामा म
सचेत थिए | आमाले मृत्यु हुन् २ घण्टा अगाडी सबैलाई उपदेश, वा आदेश दिदै गर्दा
भन्नु भएको थियो – बालाई चुरोट खानु भयो भनेर गाली नगर्नु | अनि बालाई दुख नदिनु |
चुरोट त बाले खानु नै भएको छैन | मैले
चुरोट खाएको देखेको छैन धेरै पहिले देखि | सायद आमाले थाहा पाउने, हामीले थाहा
नपाउने गरि चुरोट पिउनु हुन्थ्यो होला | दुख त हामी कसैले पनि जानेर कहिल्यै दिएका छैनौ | भाइले आफैले रोजेर
गरेको बिहे बाहेक जुन दुख थिएन तर पुरानो सोचको रहलपहलले गर्दा बाले नै दुख मानु
भयो |
बाले रेल चढ्नु भयो जुन जनकपुर जयनगर वा रक्सोल वा रक्सोल
बाट पिथार्गढ़मा चढेको भन्दा फरक थियो | बाले टुक टुक चढ्नु भयो | ए यो त् हाम्रै
काठमाडौँमा पहिले पहिले पाइने मिटरवाला अटो जस्तो | बालाई बस खुब मन पर्यो |
खुल्ला | सस्तो | महिला, अपांग बुढाबुढीलाइ सजिलै सबैले सिट छोडिदिने | बालाई आफु
तन्नेरी छु, म के कम भनेर जे काम गर्न पनि तम्सिनु हुन्छ | म एक्लै काठमाडौँ आउछु
रे बसमा | बकैनाको अग्लो अग्लो रुखमा चढेर हाँगा काट्नु पर्ने अनि भरि भरि आलुका, धानका
बोरा उचाल्नु पर्ने | हर्नियाको दोहोरो दोहोरो अप्रेशन गरेको मान्छे, यसरी बोझ
उचाल्न हुन्न भन्यो कसको के लाग्छ – काग
कराउदै गर्छ, पिनास सुक्दै गर्छ भने जस्तो | अस्पतालमा डाक्टरलाइ कुरा लगाई दिन्छु
भनेर सबै कुरा भनि दिन्छु, डाक्टरले यसो गर्नु हुदैन नि बा, अब देखि नगर्नु है
भन्छ –बाले पनि बच्चाले झैँ हस, हुन्छ भन्नु हुन्छ | घर आएपछि नानी देखि लागेको
बानी .....भने जस्तो |
तर बालाई एअर पोर्टमा हामी इमिग्रेशनतिर लाग्दै गर्दै
सुरक्षाकर्मी आएर तपाई मेरो पछी आउनु भन्दै लगेर बृद्ध, असाहय भन्ने लाइनमा राखेर
गयो | त्यतिखेर चाही बुढो हुनु भएकोमा गर्व गर्नु भएको थियो | ओहो कस्तो सम्मान
गरेको | हैन हाम्रो नेताहरु विदेश जानी भनेको के हो ? उनीहरु यहाँ आउदैनन ?
उनीहरुले यो देख्न पाएका छैनन् | विकास उस्तै, आफ्नो जनताको सुरक्षा उस्तै | मैले
त आउदा आउदै के के सिके, हाम्रो देशमा कहिले हुन्छ होला, कल्ले गर्छ होला भन्ने
सोची सके रे | बा खासमा साहसी र परिबर्तनको पर्यायवाची हो |
बा पार्क घुम्न जानु भयो | हातीहरुको खेल देख्नु भयो |
हाम्रो सौराहामा पनि यसरी गर्न सके हुन्थ्यो नि रे | सौराहमा अलि अलि त शुरु
भैसक्यो नि रे | अनि बाले गौतम बुद्दका बिभिन्न मन्दिरहरु घुम्नु भयो | रमाउनु भयो
| पोहोर साल भाइले गाडी किन्यो अनि बहिनीसँग लुम्बिनी घुम्न जानु भएको थियो |
हाम्रो लुम्बिनी लुम्बिनी जस्तो लाग्योरे बालाई | ठम ठम हिडेको छ, कुरा काटेको छ, पाइपले
जुस चुस्दै हिडेको छ | इस्क्रिम खाम्न भनेको छ, चुस्दै हिडेको छ | बाले इस्क्रिम
भनेको आइसक्रिम हो | दुइ कोण इस्क्रिम एकछिनमा सिनित्तै | यस्तो बेला त दातमा पनि
लाग्दैन, रुघा लाग्छ फेरी भन्ने वाक्य पनि फुर्दैन | यी सब गतिविधिको साझी बस्न
पाउनु, कर्ता हुन् पाउनु पनि ठुलो अहोभाग्य हो जस्तो लाग्छ | मलाई हेर्न मज्जा
आइरहेको छ |
फेरी केटाकेटीहरुले बालाई उडाए | वा रे वा वा ..... के
सुहाएको | अन्ति बालाई पनि त्यस्तो ड्रेस किन्दिनु पर्थेन, सौरभले भन्यो | म भएको भए किन्दिन्थे, शर्मिला हासी |
मैले कुरैकुराले बुझी हाले के भएको हो भनेर | बालाई यस्तो
फोटो होला भन्ने के थाहा र ? समुन्द्रका छालहरू मैले एनेस्थेटिक असिस्टेन्टको
तालिममा काठमाडौँ आउदा भत्ताबाट बचेको पैसोले टेलिभिजन किने पछी मात्र बाले
समुन्द्र देख्नु भयो अनि यसको उखरमाउलो छाल पनि | मलाई लाग्यो अर्को पटक भनेको के
हो, के हो ? यतीको मौका पनि मिल्लाकी नमिल्ला किनभने मैले जागिर नखाने निर्णय
गरेको नै करिब ३ बर्ष भैसकेको थियो | पैत्रिक सम्पति वा ब्यापारी वा कुनै बिदेशी
वा स्वदेशी लाभको पद नभई विदेश यात्रा त्यो पनि बालाई लिएर सजिलो थिएन | बृद्दहरुसित
यात्रा गर्नु भनेको डबल पैसोको जोहो गर्नु हो | कुनै पनि बेला बिरामी पर्न सक्ने सम्भावना, खानपान,
बसाई, घुमाइ कुनै पनि सम्झौता गर्न हुदैन | त्यसैले मैले भद्र बीच खोजेर सिटी बाट रिजर्भ
कारमा करिब ३ घण्टा लगाएर बीच (समुन्द्रको किनार) लगेको थिए | फर्कनु पर्ने भएकोले
बिहान चाडो गएका थियौ | नौ बजे हामी नै पहिलो पर्यटक थियौ क्यार | बिचमा हिड्यौ |
छालमा रुझेयु | पानी खेल्यौ | मैले फोटोहरु खिचे | बिचमा बिदेशी पर्यटकले झैँ
नक्कल गरेर नास्ता गर्यौ | बिस्तारै मानिसहरु आउन थाले | घोडाहरु आए | रंग रंगका मोटर
बोटहरु त कुदिरहेका नै थिए | बाले मोटर बोटमा यात्रा गर्न मान्नु भएन | मैले पनि कर गरिन | घोडा चढ्न कर गरेको
मान्नु भएन | यस्तो जाबो पनि पैसा तिरेर कोहि चढ्छ | हाम्रै घरमा थियो रे | मैले त
कहिल्यै पनि देखिन तर छिमेकमा थियो रे म जन्मनु अघि भन्ने चाही सुनेको थिए | मैले
बालाई पताइदिये |
हामीले हेर्दाहेर्दै बिकिनीमा सजिएका जोडीहरु किस गर्दै, अंगालो
मार्दै हाम्रो नजिक आए | किनकी हामी चारैतिरको दृश्य कैद गर्न सकिने निशानामा
बसेका थियौ | के के खाइरहेका थियौ | कुरा पनि गरिरहेका थियौ | मैले फिलिपिन्च्सका टापुहरुको
यात्राको गफ दिइरहेको थिए | मोबाइल खेले
जस्तो गरेर फोटो पनि खिचिरहेको थिए | मोटरबोट कुदेको फोटो खिचे झैँ गरेर बाको र
बिकिनी सजियेर हामीतिर आइरहेको फोटो खिचिरहेको थिए | बाले पछाडी पट्टिको दृश्य भएर
नदेख्नु स्वाभाविकै थियो | जब उनीहरु नजिकै आए, उनीहरु हासेको, बोलेको सुनियो |
बाले देख्नु भयो र आतिनु भो | भयो जाम |
मैले कहाँ जाने, यहि हेर्न त आएको | बिचमा आउने भनेको यस्तै
हो | हामी पनि लगाउने यस्तो लुगा | यहाँ किन्न पाइन्छ | फेर्न पनि पाइन्छ | धत् ....हिड
...बा हामी आएको बाटोतिर लाग्नुभयो |
आमा स्वर्ग भएको दुइ बर्ष हुदै थियो | मैले मेरो आमाबा
संगको पैतिस बर्षको उमेरमा कहिल्यै पनि आमाबाले हासेर, खुलेर आफ्ना बारेमा कुरा
गरेको देखिन/सुनिन | पोखरा नर्सिंग क्याम्पस पढ्नु अघि खासमा लोग्ने स्वास्नीको भित्रि/बाहिरी
सम्बन्ध राम्रो बुझिन पनि | आमा र बा बेस्सरी टोलमा देखे झैँ ठुलो ठुलो स्वर गरेर,
छिमेकीले देख्ने/सुन्ने गरेर झगडा गरेको पनि देखिन | चिसो युद्ध हुँदो रहेछ भन्ने
कुरा थाहा पाउन धेरै नै भोटोहरु फटाउनु पर्यो मैले | घर पनि उस्तै थियो | दुइ तलाको
| माथि सिंगो एक कोठा, तल सिंगो अर्को कोठा | माथि कुनाकानीमा ओछ्यान थिए तल
कुनाकानीमा खाद्यान्न र भान्सा थियो | कहिलेकाही चुलोमा आमने सामने भएको बाहेक कतै
जोडिएर हिडेको, बसेको देखिन | दोहोरो कुराकानी, मुखामुख पनि देखिन | हामीलाई
अह्राएर बालाई भन, बा लाइ देउ आमाले भन्नु हुन्थ्यो भने बालाई आमालाई सोध, आमासँग
माग, आमालाई भन जस्ता बार्तालाप हाम्रा लागि आमाबाको सम्बन्ध थियो | पृष्ठभूमिले
सायद त्यस्तो सम्बन्ध नै आमाबाको सम्बन्ध भन्ने सिकाएको थियो होला | मैले पोखरा, काठमाडौँ
जान थाले पछी, थोरै नै भए पनि पैसो कमाउन थालेपछि फकाई फकाई आमा बालाई संगै बजार
घुम्न पठाउन थालेको | एकचोटी त आमा बास्तोलाको घोल्को उकालोमा बालाई साइकल हाक्न
गाह्रो हुन्छ भनेर झर्नु भएछ | बाले थाहा पनि पाउनु भएनछ | मखन चोक झन्डै २
किलोमिटर कुदेपछी यसो आमालाई हेर्नु भएको त आमा नै हुनुहुन्न | बा फर्केर आउदै गर्दा
आमा बल्ल कर्मी कान्छाको घर नजिक स्या स्या गर्दै हिड्दै गरेको भेट्नु भएछ |
तर आमा बितेपछी बाले एकदम एक्लो महसुस गर्नु भयो | उदासिनता
नै देखियो | औसधी नै लिनु पर्यो | बालाई दिक्क नलागोस भनेर कामको सिलसिलामा
घुमाउने क्रममा मैले बालाई सन् २०११ को मेरो बैकक यात्रामा लगेको थिए | मेरो ३
दिनको कार्यशाला गोष्ठी थियो | त्यतिन्जेल हामी होटलमा नै बस्यौ | मैले दुइ बेडको
कोठा अनुरोध गरेको थिए आयोजकसँग | लाग्ने थप खर्च तिर्छु भनेको थिए तर पछी मेरी
साथी साराले नै तिरिन | त्यसपछि हामी उनको अपार्टमेन्टमा एक हप्ता बस्यौ | उनि
गोष्ठी सकेर अमेरिकाको यात्रामा गईन म बैककमा बासित | मेरो अफिसले दिन्छ, पैसा
लाग्दैन भनिदिए बा मख्ख परेर पासपोर्ट बनाउन मान्नुभयो अनि बैककमा एस ..एस .. नो ...नो
..|