बालिका सशक्तिकरणमा छुटाइएको महिनावारी विभेद
हिमाल मासिक पत्रिका माघ २०७९ | यो लेख तयार पार्दै गर्दा छ महिना पुरा भैसक्दा पनि मेरो मन मस्तिष्कमा घरि घरि आइरहन्छ | आमाको महिमा वा आमालाई लगानी गर्नुपर्ने वा पोषण वा यौन तथा प्रजनन स्वास्थ्य वा लैगिक हिंसाका घटना पढीरहन्छु तब तब हिमालको यो अंक झनै ताजा भएर आउछ | हुन् त मैले यो अंक पढेपछि कार्यकक्षमा नै गएर हिमालका सम्पादकसंग कुरा नगरेको होईन | बालिका बिशेष अंक प्रकाशित गर्नु आफैमा सुन्दर र प्रशसनीय त छदैछ | बालिका बिशेष यो अकमा धेरै कुरा समेटिएका छन् फेरी कुरोको चुरो जोडीम जोडीम गर्छ फेरी कसो कसो जोडिन नसकेको भान हुन्छ | त्यसैले त्यहि अंक वरपर वा त्यो अंकमा बालिका बोझ हुनाका कारण, घटना, परिघटना आदिको वरपर रहेर हिमालको यो अंक लगायत यस्तै अन्य बहसले जोड्न नसकेको बिषय बस्तुमा यो लेख केन्द्रित रहनेछ |
जब जब हामी लैंगिक
विभेदको कुरा गर्छौ सजिलै पितृसत्तालाई दोष लगाउछौ | बाल क्लबको बालबालिका देखि
संसदसम्म पितृसत्ता प्रयोग भैरहेको हुन्छ | जुन सहि कुरा पनि हो | हुन् पनि पितृसत्ता
यसरी जेलिएको छ कि हाम्रो शरीरमा फैलिएका स्नायु जस्तै छन् | बाहिरी आखाले सजिलै देखिदैनन
तर नपुगेको कुनै स्थान नै छैन | मात्रै सुनेका, देखेका, संवेगका भरमा पनि हाम्रो
शरीरले प्रतिक्रिया देखाउछन अर्थात् पितृसत्ताले काम गर्छ | तर पितृसत्ताको
निर्माण कसरी हुन्छ ? पद, पैसा, पावर वा कुनै प्रमाणपत्र | हैन पाठेघर (यहाँ
पाठेघर बच्चा जन्माउने जैविक कामसंग सम्बन्धित मानिएको छ ) | यी पद, पैसा, पावर, प्रमाणपत्र, पाठेघर सबै
ठिक हो | तर ४ बर्षको बच्चाले आमा तिमी छिमेकीको पुजामा जादैनौ कसरी भन्न सक्छ ?
के त्यतिखेर ४ बर्षको बच्चासंग पद, पैसा, पावर,
प्रमाण पत्र, पाठेघर छ ? पक्कै पनि छैन | कुनै
बच्चामा पाठेघर पनि होला तर बच्चा जन्माउने समय भैसकेको हुदैन | के यी पद, पैसा, पावर, प्रमाणपत्र,
पाठेघर सबै ठाउमा, संस्कारमा एकै प्रकृतिको हुन्छ ?/छ ? पक्कै पनि यी तत्वहरु पद, पैसा,
पावर, प्रमाणपत्र, पाठेघरको बुझाई, अभ्यास ठाउ, सस्कृति अनुसार फरक हुन्छन/छन् |
तसर्थ यी तत्वहरु मात्रै पितृसत्ता निर्माण र यसको चक्रिय सबलीकरण र सामाजिकीकरणमा
मुख्य निर्णायक हुदैनन | हुदो हो भने त
पितृसत्ताको बिघटन गर्न दशकौ देखि सघनरुपमा प्रयत्न गरिदा पनि पितृसत्ताको उपज
विभेद, हिंसा, प्रति हिंसा किन संसारभर नै बढ्दो क्रममा छ | त्यसो हो भने पद, पैसा,
पावर, प्रमाणपत्र, पाठेघर (बच्चा जन्माउनु अघि) बाहेक त्यस्तो के तत्व होला जसले
सामजिक न्यायमा बिश्वास गर्ने जो कोहीलाई त्राहिमाम पारिरहेको छ |
बास्तबमा पितृसत्ता
निर्माण गर्ने मुख्य स्रोत हामी वरपर छ, हामी त्यहि स्रोतसंगै आज, यहाँसम्म
आइपुगेका रहेछौ | भोलि जहाँ जानेछौ /पुग्नेछौ,
उसैसित जानेछौ | तर यसबारे बेखबर जस्तै छौ | त्यो हो महिनावारी | पद, पैसा, पावर, प्रमाणपत्र,
पाठेघर (बच्चा जन्मनु अघि) भन्दा पहिले हामीसंग जोडिएको आयाम | महिनावारी ५ दिन बग्ने
रगत हो, बच्चा जन्माउन मुख्य भूमिका रहन्छ भनेर बुझ्नु मात्रै जानिफकार हुनु रहेनछ | महिनावारीसंग
जोडिएको सोच, धारणा र अभ्यास बिशेष गरेर अशुद्द हो, फोहोर हो, नराम्रो हो, अपवित्र
हो, कमजोर बनाउछ (कमजोरको मानक) भन्ने मुल्य मान्यताका कारण शक्ति र पितृसत्ताको
निर्माण भएको हुन्छ भन्ने कुराको अबगत हुन् ढिला भएछ | घरका महिला सदस्य वा संचार माध्यम
वा बजार आदिका कारण कम्तिमा पनि ६-९ बर्षको उमेरमा छोरी, छोरा जो भएपनि महिनावारीको
बारेमा केहि न केहि थाहा पाउछन | छोराहरुलाई म कहिल्यै पनि महिनावारी हुदिन, म
राम्रो, बलियो, सफा, शुद्ध, सुबिधा प्राप्त, माथिल्लो दर्जाको भन्ने भावनाको विकास भई आफु भन्दा उमेर, क्षमता धेरै
भएका महिलाहरु आमा दिदी नै किन नहुन, शक्ति र पितृसत्ताको उद्दब, विकास र सबलीकरण
हुन्छ | यो चक्रिय रुपमा जान्छ र जहाँ जहाँ महिनावारी हुने व्यक्तिहरु वा पाठेघर
लिएर जन्मिएका मानिसहरु छन् त्यहाँ त्यहा अभ्यासमा रहन्छ | किनभने हामी चाहे
जुनसुकै क्षेत्रमा होस् महिनावारी हुने व्यक्तिहरुको उपस्थितिबिना त्यो सम्भब पनि
छैन |
यसको बिपरित, त्यही
उमेरमा अर्थात् ६-९ बर्षको उमेरमा छोरीहरुले
पनि आफु महिनावारी हुनुपूर्व कम्तिमा पनि ६ बर्ष पहिले नै महिनावारीको बारेमा केहि
न केहि थाहा पाउछन | उनीहरुले महिनावारी भएका बेला के के गर्नुहुन्छ, के के गर्नुहुदैन,
किन गर्नु हुदैन भन्ने थाहा पाउछन अर्थात् महिनावारी हुँदा बार्नुपर्ने कार्य र कारणको
लामो सुची बनाउन सक्छन | संगसंगै म मेरो
भाइ (उमेर र शारीरिक रुपमा सानो हुदा पनि उसको शक्ति सम्बन्ध देखाउन सजिलो हुने
भएकोले प्रयोग गरिएको हो | छोटकरीमा भाइ पुरुषको प्रतिनिधि पात्र हो )भन्दा सानो
हु, कमजोर छु, अशुद हु, फोहोरी जातको हु, मेरो आबाज सानो हुनुपर्छ, मैले सहनु पर्छ,
मेरो भाइको खुशी नै सबथोक हो किनभने म
महिनावारी हुन्छु, अन्तत म निम्सरो हु भन्ने मनोभाबका साथ सामाजिकीकारण हुन्छिन | पितृसत्ताको
पहेरदार हुन्छिन | महिनावारीसंग जोडिएको सोच, धारणा, र अभ्यास यति धेरै बलियो
हुन्छ कि समाजका हरेक पल पल, पत्र पत्रमा टासिएर/जमेर बसेको हुन्छ | संसारका झन्डै
आधा भन्दा मानिस पाठेघर र अन्डाशय लिएर जन्मेका हुन्छन | उनीहरु बिकासत्मक चरणमा
महिनावारी हुन्छन, महिनावारी सुक्छ चाहे उनीहरु चन्द्रमा उड्दै गरुन वा सगरमाथा
चुम्दै गरुन वा महासागरमा डाइभ गर्दै गरुन वा अस्पतालको सघन कक्षमा हुन् वा
ट्रान्सजेन्डर हुन् वा अपांग हुन् वा रसिया र युक्रेनको युद्दमा हुन् |
चन्द्रमा, सगरमाथा, महासागर,
अस्पतालको सघन कक्ष, युद्द आदि सबै क्षेत्रमा किशोरी, महिला, ट्रान्सजेन्डर, अपांग
आदिका भलाईका लागि बिभिन्न प्रकृतिका कामहरु झन्डै छ दशकदेखि भइरहेकाछन् |
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शक्ति सन्तुलन गर्ने, पितृसत्ताको असरलाई निर्मुल
पार्ने काममा केन्द्रित छन् | लैगिक समानता र सामाजिक समाबेशी (अंग्रेजीमा छोटकरीमा
जे.सी.) संयुक्त राष्ट्रसंघको उच्चस्तरीय निकायदेखि एउटा वडा कार्यालयको नीतिमा
समेत प्राथमिकता पाएको देखिन्छ | यस सम्बन्धमा थुप्रै कामहरु भएका छन् | भरथेग
गर्ने बजेट पनि बिनियोजन गरिएको हुन्छ | तर कतै पनि महिनावारी विभेदको प्रसंग र
यसको गम्भीरता बारेमा कुरा भएको हुदैन/छैन | दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालको
अनुसार महिनावारी विभेद आफैमा जटिल र बहुआयामिक अबधाराणा हो जसमा महिनावारी हुने
कारणले, महिनावारी हुने व्यक्तिहरुको जिबनभर गरिने महिनावारी निषेध, मौनता, लाज, बार्नुपर्ने
अभ्यास, विभेद, हिंसा, स्रोत र साधनबाट बन्चित गरिने अबस्था हो | यो लैगिक हिंसा र
मानब अधिकारको हनन भएको अवस्था हो | कहाँ, कसले, कसरी, कस्तो भन्ने कुराहरु पक्कै
पनि सामाजिक, आर्थिक, राजनीतिक आदि अबयबहरुले प्रभावित पार्ने भयो तर माथिका मध्य
कुनै पनि अबस्थाको उपस्थिति भएको अबस्थालाई महिनावारी विभेद भनिन्छ | दक्षता र
स्रोतका कारण महिनावारी विभेदलाई सधै, सबैले एकिकृत र बृहत अबधारणाबाट सम्बोधन
गर्न अप्ठ्यारो पर्ला तर एकल रेखीय दृष्टिकोणले सम्बोधन गरेर यसको उपज शक्ति
असन्तुलन र पितृसत्ताको असरलाई सम्बोधन गर्न सम्भब छैन | त्यस्तो अबस्थामा चुरो कुराहरुमा
आधारित रहेर महिनावारीलाई मानब अधिकारको दृष्टिकोणले बिस्लेषण, ब्याख्या र सम्बोधन
गरिनुपर्छ | छोटकरीमा `महिनावारी मर्यादा’
लाई केन्द्रमा राख्नु पर्छ |
महिनावारी विभेदलाई
सम्बोधन गर्न हालसालै महिनावारी सामग्री बिशेष गरी प्याड निशुल्क वितरण गर्ने,
चर्पी बनाउने जस्ता कामहरु शुरुवात नभएका होईनन | यी कामहरु महत्वपूर्ण काम हुन् तर
यी, यस्ता कामहरुले मात्र महिनावारी विभेदको अभ्यासले चक्रीय र प्रणालीगत रुपमा
निर्माण र सबलीकरण गर्ने शक्ति असन्तुलन र पितृसत्तालाई छोएको पनि हुदैन/सक्दैन | अर्थात्
महिनावारीसंग जोडिएका, खान हुने कि नहुने, छुन हुने कि नहुने, हिडडुल गर्न हुने कि
नहुने जस्ता अभ्यास, ती अभ्यासले एकै
पटकमा दर्जनौ पटक हनन भएका संबिधान र मानब अधिकारका धाराहरु माथि बहस छेडेको हुदैन | बैतडीमा साउनको २१ गते
(२०८०) राती १५ बर्षकि किशोरी अनिता चन्दले बिद्यालयले वितरण गरेको बजारको
महिनावारी प्याड लगाएकी थिइन् तर महिनावारी हुँदा, खान हुने कि नहुने, छुन हुने कि
नहुने, हिडडुल गर्न हुने कि नहुने जस्ता अभ्यासहरु यथाबत राखेकी थिइन् वा कसैले
पनि यस्ता बार्नुपर्ने अभ्यास र कारणलाई गहन रुपमा छलफल गरेको थिएन | आज हाम्रा घर
विभेद र हिंसाको फेक्टरी बनेका छन् |अनि बिद्यालयहरु विभेद र हिंसाको सम्बाहक |
मधेशमा छोरीहरु सेफ्टी ट्यांकीमा गाडीन्छन | काठमाडौँ वा झापा वा सोलु वा
महोत्तरीमा छोरीहरु मान्छे भएर बाच्न/हुर्कन पाएका छैनन् अनि नेपाल बाल बिबाहका
लागि सगरमाथा जतीकै विश्वमा परिचित छ |
बाल बिबाह न्यूनीकरण, छाउगोठ
अभ्यासको अन्त्य, छोरीहरुलाई बिद्यालय भर्ना, हिंसा न्यूनीकरण गर्न काम नै नभएका
होइनन | बिशेष गरेर सन् १९९१ देखि नेपालमा बालिका र महिलाका निम्ति काम भएका छन् |
तर सिधा सिधा, अर्थात् जुन हाँगामा रोग लाग्यो त्यसको मात्र इलाज गर्ने वा हाँगा
नै काटेर फाल्ने, त्यो हाँगामा अर्को हाँगा टासेर उस्तै बनाउन खोज्ने जस्ता काम
भएको छन | तर ती त्यस्ता कामहरुले जरैदेखि
लागेको रोग निमिट्यान्न पार्न वा अलिक लामो समयसम्म गुजारा चल्दैन | एउटा समस्याको
पत्र कोट्याएर फाले पनि अर्को पत्र र पलमा सग्लै हुन्छ | फैलिरहेको हुन्छ | शशक्त
हुन्छ | त्यस्तै हो महिनावारी विभेदको असर पनि | सिधा, एकल रेखिए कामहरुले क्षणिक
मद्दत मात्र गर्छन | कतिपय अबस्थमा देखिन्छन पनि | हामी ठुलो जमात देखिएको कुरामा
नै रमाउने सस्कृति पनि छ | कहिलेकाही त्यस्ता क्षणिक कामहरु आबश्यक पर्छन तर
अन्तर्निहित कारण पन्छाएर वा बिर्सिएर भने त्यस्ता काम गर्नु हुदैन वा गरेमा
त्यसको प्रभाब लामो समय रहन सक्दैन | हामीहरुले यसरी बिर्सिएको वा छोडिएको अवसरलाई
पहिचान गरि अघि बढ्नुकोको बिकल्प नै छैन | आफु अनुकुल ब्याख्या, उपब्याख्या गरेर
एउटा मजबुत समुह वा ग्यांग बनाउन छोडेर जो जहाँ उभिएको छ त्यहीबाट महिनावारी
विभेदको असरलाई बिशेषगरेर हिमालको माघ २०७९ अंकले भने झैँ छोरी जन्मिने प्रकिर्या
देखि नै महिनावारी विभेद हटाउनु पर्छ | आमामा लगानी गर्ने भन्ने कुरा जति सुन्दा
अर्थपूर्ण र भाबुक लाग्छ त्यति नै अधिकाम्स आमाहरु छोरीबाट आमा बन्छन भन्ने सत्य
बिर्सनु हुदैन | अर्थात् छोरीलाइ गर्भ
देखि नै सशक्त बनाउनुको बिकल्प नै छैन | जसका लागि महिनावारीलाइ नि शर्त मर्यादित बनाउनु
पर्छ |
हिमाल अंकले उठान गरेका बालिका
सबालमा केन्द्रित रहेर फेरी विश्लेषण गरौ |
गर्भैमा विभेद: गर्भमा छोरी छन् भन्ने थाहा पाएपछि छोरीहरुमाथि विभेदको
चांग शुरु हुन्छ | शहर वा शिक्षित वा पहुँचवालाहरुले लिंग पहिचान गर्दा छोरी भएको
खण्डमा भूर्ण हत्या गरेका प्रमाण सन् २०१४ मा गरेको वाताबरण, स्वास्थ्य, र
जनसंख्या गतिबिधि अनुसन्धान केन्द्र (कृपा)को अनुसन्धान होस् वा राष्ट्रिय जनगणना २०७८को
प्रतिबेदन होस् दुबैको आशय एकै छ-छोरी भएकोले भ्रुण हत्या | छोरीहरु महिनावारी हुने,
छोरीहरुलाई अशुद्द मानिने भएकोले उनीहरुको ब्रतबन्ध नहुने, महिनावारी हुने थालेपछि
कुनै सास्कृतिक काममा योग्य नठानिने, बंश नगनिने, बिहे गरेर जाने वा आमाबालाई बुढेसकालमा
हेर्न नसक्ने, कुनैपनि समयमा महिनावारी हुनसक्ने वा असुद्ध ठहरिन सक्ने भएकोले मृत्यु
सस्कार लगायत कुनै पनि सास्कृतिक र धार्मिक कार्यमा नेतृत्व गर्न नपाउने विभेदित अभ्यास
भएकोले छोरीहरुलाई छानीछानी गर्भमा नै
हत्या गरिन्छ | जसको निर्णायक जे जसरी ब्याख्या गरेपनि महिनावारी विभेद हो |
जन्मेपछि विभेद: जीव विज्ञानले भन्छ, छोरीहरुको छोराहरुको भन्दा बढी प्रतिरक्षा
शक्ति हुन्छ तर जुन समाजमा महिनावारी विभेद जकडिएको छ, त्यहा छोरीहरुको जन्मेपछि पनि
विभेद हुन्छ | नवजात शिशुहरूले पाउनुपर्ने स्याहार, सम्भार, रेखदेख कतिपय ठाउमा प्रत्यक्ष
र कतिपय ठाउमा आमा मार्फत नपाउने भएकोले उनीहरु कुपोषण हुने, रोगी हुने र मृत्यु
नै भएका तथ्यांक छन् जस्तो सर्लाही जिल्लामा सन् १९९९ देखि २०१७ सम्म गरिएको,
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानमा छोरीहरुको मृत्युदर छोराहरुको भन्दा
२.४३ गुणा हुनुको पछाडी पनि महिनावारी विभेद अन्तर्निहित कारण बनेको देखिन्छ |
कुपोषण: छोरीहरु एकातिर महिनावारी विभेदको चक्रीय र प्रणालीगत असरका
कारण प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुपोषणमा पर्छन भने उनका आमाहरु जो उनीहरु
जन्मेको कम्तिमा पनि ५ महिनामा पुन महिनावारी हुन् थाल्छन वा महिनावारी विभेदका बिभिन्न
अभ्यास गर्न थाल्छन | जसका कारण भोक लागेका समयमा, मन लागेको वा पोषणयुक्त खाना
खानबाट बन्चित हुन्छन | जब छोरीहरु आफै महिनावारी हुन् थाल्छन उनीहरु थप नियमित
खाइरहेको खानापानी, फलफूलबाट बन्चित हुन्छन |यसरी महिनावारी विभेदले कुपोषण एउटा चक्र
नै निर्माण गरेको हुन्छ | महिनावारी विभेदको अन्त्य नगरी कुपोषण हटाउछु भन्नु
बिशेषगरेर हाम्रो जस्तो समाजमा असम्भब नै छ |
सिकाई/पढाई विभेद: महिनावारी विभेदको शक्ति र पितृसत्ता निर्माण र सबलीकरणका
कारण छोरीहरुले पढ्न पाउने वा गुणस्तरीय शिक्षाको अवसर नै ढिलो वा आउदै आउदैन |
अनौपचारीक सिकाइका अवसर प्राप्त गर्नु वा बिद्यालय जानु वा नियमित हुन पनि छोरीको
क्रम पछी नै रहन्छ वा सम्झौतापूर्ण हुन्छ | घरको काम भ्याएर वा घरका परिवारलाई
खुशी, सुखी बनाएर मात्र सम्भब हुन्छ | हिमालको यहि अंकमा युनिसेफको बिद्यालय
क्षेत्र सुधार योजना कार्यक्रम अनुसार ५-१२ बर्षका ७० हजर बालबालिका बिद्यालय
बाहिर भएको जहाँ छोरीहरु बढी प्रभावित भएको उल्लेख गरिएको सन्दर्भ महिनाबारी विभेदको
एक उपज हो |
बाल बिबाह: नेपाल बाल परिषदले प्रकाशित गरेको नेपालमा बालबालिका
सम्बन्धि राष्ट्रिय स्थिति प्रतिबेदन २०७८ ले १८ बर्ष मुनिका बिबाह गर्ने पुरुष ९%
र महिला ३२.८ % देखाएको छ जहाँ अशिक्षा, अभिभाबकको हेलचक्र्याइ, प्राकृतिक प्रकोप,
सामाजिक संजाल वा आफुखुशी बिबाह, गरिबी, बसाईसराई आदिलाई बालबिबाहको कारण मानेर आमाबालाई
सिप मुलक तालिम, छोरीहरुलाई खाजा वितरण, छात्रवृति वितरण, बिमाको ब्यबस्था, साइकलको
व्यवस्था, बृहत यौनिक शिक्षा, कानुन, प्रहरी, धामी झाक्री, धार्मिक नेतालाई तालिम
आदि दिइने प्रचंलन छ | यहि प्रक्रियाको झन्डै ९४ बर्षको लामो बाल बिबाह न्यूनीकरणको
विश्व इतिहासमा बाल बिबाह घटेको छैन | जबसम्म महिनावारी विभेदलाई हटाउन बाल बिबाह
न्यूनीकरणका कार्यक्रममा एकिकृत र बृहत कार्यक्रमहरु योजनाबद्द गरिदैनन तबसम्म बाल
बिबाह घट्दैन | किनभने बचपन देखि नै सानो, कमजोर भनेर हुर्काइनु, महिनावारी
हुनुपुर्ब नै महिनावारी विभेदले आत्मबल घटाउनु,, महिनावारी भैसकेपछि अमानविय
किसिमले खान हुने/नहुने, छुन हुने/नहुने, हिडडुल गर्न हुने/नहुने आदि अभ्यासले औपचारिक
र अनौपचारीक रुपमा छोरीहरुको मानसिक, शारीरिक, सामाजिक स्वास्थ्यमा असर पार्नु, कम्तिमा
पनि महिनाको ५ दिन गरेर बर्षमा ६० दिन वा २ महिना सिकाईमा उतारचढाव ल्याउनु, कुनै
प्रश्न गर्न नदिनु, भबिस्यमा पैत्रिक सस्कृति र सम्पतिमा अधिकार छैन भनेर स्मरण
गरिरहनु आदि कारणले सानो उमेरदेखि नै जसरी
पनि तिमी केहि होइनौ, कुनै मुल्य छैन भन्ने अबस्था सृजना गरिएको अबस्थामा छोरीहरु बाल
बिबाह गर्न बाध्य भएका छन् जहाँ महिनावारी विभेद एक मुख्य कारण हो |
बेचबिखन : सबै बेचबिखनका प्रकृति एकै हुदैनन् | मनोरंजन क्षेत्रमा
आउने ९० % बालिकाहरु चाहे काठमाडौँमा वा अन्य क्षेत्रमा अभिभाबककै संग्लनता
बेचिएका वा जसरी भए पनि घर छोड्न बाध्य भएकाहरु मध्य धेरैमा महिनावारी विभेदले निम्त्याएको शक्ति र पितृसत्ताको निर्माण र
सबलीकरणले परिवार, बालिका आफै र बेचाउने गिरोहमा छोरीहरुलाई बस्तुकिकरण गर्ने/गराउने
संस्कार हाबी भएको भन्दा त्यति अतिशयोक्ति हुदैन |
यौन तथा प्रजनन स्वास्थ्य- नेपालमा बिशेष गरेर स्रहशताब्दी लक्ष्यको सुरुवाती दिनहरुसंगै सुरक्षित
मातृत्व तथा प्रजनन स्वास्थ्यमा बिभिन्न आयाममा काम भएको छ भने २०७५ देखि एन नै
लागु गरिएको छ | झट्ट हेर्दा महिनावारीको कुरा नगरी सुरक्षित मातृत्व तथा प्रजनन
स्वास्थ्यको कुनै पनि आयाम अपूर्ण हुन्छ तर महिनावारी विभेदको बारेमा कतै पनि
प्रसङ्ग ल्याइएको छैन | यौबनाबस्थाको स्वास्थ्य वा बृहत यौनिक शिक्षामा समाबेश
गरिएको हुन्छ भनिएता पनि अक्षरश बिस्लेषण गर्ने हो भने महिनावारी विभेद कहिँ पनि
देखिदैन | नेतृत्वका आधारमा वा कसैले कुनै अभियानबाट प्रेरित भएर गरिएकै भए पनि
महिनावारी ब्यबस्थापनसंग बढी केन्द्रित हुन्छ | जुन छोरीहरुले आफ्नो महिनावारीलाई
मर्यादित ढंगबाट सम्बोधन गर्न सकिरहेका हुदैनन् वा आफ्नो महिनावारीका लक्षण, समस्या
वा आफ्नो शरीरसंग बहस, कुराकानी, छलफल गर्न सक्दैनन उनीहरुले कहिले यौन सम्पर्क
गर्ने, के भयो भने सुरक्षित हुन्छ, के भयो भने हुँदैन, अनिक्षित गर्भ रह्यो भने
कहाँ कसरी सेबा लिने, कतिवटा र कहिले बच्चा जन्माउने, कुनै समस्या देखियो भने कहाँ
जाने आदिका बारेमा निर्णय गर्ने कुरा नै फितलो हुन्छ | एकातिर महिनावारी विभेदको
चक्रिय र प्रणालीगत शक्ति असन्तुलन र पितृसत्ता अर्कोतिर जैबिक अवस्थाले सृजना
गरेका अबस्थामा निर्णय लिन ढिलाई वा अनविज्ञताका कारण महिलाहरु मृत्युको मुखमा
परिरहेका छन् | यौन तथा प्रजनन स्वास्थ्य प्राप्त गर्नको लागि महिनावारी विभेदले
एक मुख्य भूमिका खेलिरहेको हुन्छ तसर्थ यौन तथा प्रजनन स्वास्थ्यको सूचकहरु अपेक्षाकृत
प्राप्त भैरहेका छैनन् | नेशनल पपुलेशन एण्ड हाउजिंग सर्भे (२०२१) मा १४-४९ बर्षका महिलाहरुको मृत्यु कर्णालीमा ८.२%,
लुम्बिनीमा ६.०% र मधेश ५.७% का दर र क्षेत्रले महिनावारी विभेद र प्रजनन
स्वास्थ्य तथा सुरक्षित मातृत्वको सम्बध पुस्टि गर्दछ | मधेशमा महिनावारी विभेद छ
भनेर स्वीकार्न नै अधिकाम्स नेतृत्वमा रहेका ब्यक्ति र सस्थाहरुमा देखिन्छ |
बास्तबमा महिनावारीमा मौनता, अज्ञानताका कारण छोरीहरुमा आत्मबल, आत्मसम्मान कमि
हुन्छ जुन आफ्नो शरीर र सोच निर्णय गर्न सक्ने शक्तिमा कमि हुन्छ | एकातिर चक्रिय
शक्ति असन्तुलन र पितृसत्ताको मार त् छदैछ अर्कोतिर छोरीहरु आफै पनि घरमा भएका
हिंसा, विभेद बिरुद प्रश्न गर्न सक्दैनन्, अबसरबाट बारम्बार बन्चित हुन्छन, चाडो
वा बाल बिबाहमा झोसिन्छन अनि मानसिक, शारीरिक, सामाजिक अस्वस्थ्यको दलदलमा फस्छन |
मनोरोगको भासमा किशोरी: महिनावारी विभेदको शक्ति र पितृसत्ता निर्माण र सबलीकरणको
चक्रीय र प्रणालीगत असरका कारण छोरीहरु बुझ्ने भएदेखि नै हीन भावमा हुर्कन बाध्य
छन् | सहरी क्षेत्र वा शिक्षित परिवार यसबाट मुक्त छैन | किशोरीहरु जब आफै
महिनावारी हुन्छन अर्थात् महिनावारीसंग जोडिएको मौनता, अज्ञानता र चरणबद्ध विभेदका
कारण उनीहरु थप तनाबमा पर्छन | घर होस् वा बिद्यालय उनीहरु मध्य कतिले प्रत्यक्ष दुर्ब्यबहार
तथा हिंसा भोग्न बाध्य छन् भने कतिजना सम्भावित दुर्ब्यबहार तथा हिंसाका कारण
स्वयं, परिवार र समाजबाट दबाबमा हुन्छन |
महिनावारी विभेदले
निर्माण गरेको असन्तुलित शक्ति र पितृसत्ताको जराले जिबनचक्रभर नै असर गरेको हुन्छ
| नेपाली समाजमा त मृत्युपछि पनि महिनावारी हुने प्रकृतिका कारण नै महिलाहरुलाइ क्रिया
बिधान, श्राद आदिमा थप विभेद गरिएका प्रमाणहरु यथेस्ट छन् | संसारभर नै
महिनावारीलाई झन्डै ५००० भन्दा बढी नामले चिनाइन्छ | अर्थात् महिनावारी अझै पनि
निषेधको बिषय हो | बिभिन्न नाम, स्वरूप र गाम्भीर्यतामा महिनावारी विभेद संसारभर छ
| महिनावारी विभेद जटिल र बहुआयामिक छ | त्यसैले यसलाई एकल रेखीय कार्यक्रमले
सम्बोधन गर्न सक्दैन | पाठेघर लिएर जन्मिएका मानिसहरु बिना कुनै पनि ठाउँ कल्पना
पनि गर्न सकिदैन | तसर्थ असन्तुलित शक्ति
र पितृसत्ताको प्रभाब स्वास्थ्य, शिक्षा, मानब अधिकार, शसक्तिकरणमा मात्र सिमित नरहेर
जलबायु परिबर्तन, कृषि, बन, खेलकुद, कानुन, यातायात आदि जस्ता सबै क्षेत्रमा
उतिक्कै प्रभाब पारेको हुन्छ | गरिबी, प्रकोप, महामारी, ग्रामिण क्षेत्र, अपांगता
भएका, लैगिक तथा अल्पसंख्यक आदिको हकमा महिनावारी विभेदको असर झन् गहिरो र पेचिलो
हुने कुरामा शंका गर्नु पर्दैन | संगै भूमण्डलीकरण लगायत अन्य नयाँ आयामको प्रभाब
पनि पर्ने नै भयो | तर दुर्भाग्य नै
मान्नुपर्छ, महिनावारी विभेदलाई लैगिक हिंसा, मानब अधिकारको हननका दृष्टिकोणले बहस
हुनै बाँकी छ | महिनावारीलाइ `मर्यादा’ केन्द्रमा राखेर हरेक तह र तफ्तामा घनिभूत
रुपमा बहस गर्न सकेको खण्डमा मात्र नेपालको संबिधानमा लेखिएको दर्जनौ अधिकारको
उपभोग गर्दै असन्तुलित शक्ति र पितृसत्ताको
जरालाई खलबलाउदै लैगिक समानता र सामाजिक न्यायको समाज निर्माण गर्न सकिन्छ |