बाल बिबाहको सूचना दिनेलाई २५ हजार रुपैया पुरस्कार – गलत
पौष १६
गते, प्युठानको येराबती गाउपलिकाको गाउ सभाको निर्णय ` बाल बिबाहको सूचना
दिनेलाई २५ हजार रपैया पुरस्कार’ को निर्णय घरबारीको आगो झैँ सबै किसिमका
पत्रिकाहरुमा फैलियो | त्यसको केहि
दिन अघि मात्र मुटु नै कमाउने बाल बिबाहको अवस्था (`जोखिमको भुंग्रोमा कलिला आमा, कान्तिपुर,पौष
१४ गते, २०८० र २१ प्रतिशत गर्भवती
बालिका, नागरिक, पौष १५ २०८०) प्रकाशित भएका
थिए | दुर्भाग्य, सार्बजनिक खपतका लागि , प्रकृयामा
काम गर्न नपर्ने, सजिलो उपायहरु खोज्छौ किनभने
हामी यस्ता घटनामा जहिले पनि अभिभाबक अझै किशोरीहरुलाई दोष दिन्छौ | तर दोष यस्तो
निर्णय गर्ने जनप्रतिनिधि, यस्तो निर्णयको पक्षमा वकालत गर्ने गैसकर्मी वा अधिकारकर्मी
हौ जो बाल बिबाह अन्त्यका लागि प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका र जिम्मेबार छौ |
अहिले
भैरहेको बाल बिबाह चाहे सुदूरपश्चिम होस् वा कर्णाली वा मधेश प्रदेशमा झन्डै १००
बर्ष देखि नै थियो भन्ने अनुमान लगाउन सन् १९२८ को भारतको `शारदा एक्ट’ (बिबाहको
उमेरको लागि विश्वकै पहिलो एक्ट) का आधारमा सकिन्छ |त्यस ताका देखि भैरहेको बिबाहको
अल्पकालीन र दिर्घकालिन परिणाम माथि थुप्रै अनुसन्धानका आधारमा बाल बिबाह व्यक्ति,
परिवार, समाज र राज्यका लागि ठिक छैन भन्ने तथ्यका बलमा बाल बिबाह अन्त्यका लागि नीति,
कानुन, एन, र कार्यक्रम बन्न थाले | नेपालले १९५५ संयुक्त रास्ट्रसंघको सदस्यता
लियो | जहाँ बिबाह सस्थाका बारेमा सन् १९४८, १९५४ हुँदै आएर १९६२ मा बिबाहका लागि मन्जुरी
र उमेर सम्बन्धमा प्रस्ताब अनुमोदन भयो | परिणाम स्वरूप एक सदस्य रास्ट्रको हैसियतले
नेपालले पनि बाल बिबाहको कानुन सन् १९६३ मा ल्याएर बाल बिबाह अन्त्यमा काम गर्न थालेको झन्डै ६० बर्ष भएको छ |
दोष हाम्रो
किन हो भने हामीले गरेका काम किन र कसरी निस्प्रभाबी भए भनेर खोतलेका छैनौ | बर्तमानमा
बाल बिबाहको अवस्थाको बारेमा हामी चिन्तित त देखिन्छौ त्यसैले त्यस्तै समाचार
छाप्छौ र पढ्छौ पनि तर हामी आफैसंग सिक्ने प्रयत्न गरिरहेका छैनौ | बाल बिबाह अन्त्यमा
काम नै नभएका होइनन तर कामले समय बित्दै जाँदा पनि बाल बिबाहको अन्तर्निहित
कारणलाई समात्न सकेन/चाहेन | रोग लाग्नै नदिन अर्थात् बाल बिबाह हुने नदिन काम गर्नु
आबस्यक थियो तर छ दशकसम्म रोग लागिसकेपछि गर्नुपर्ने काम गर्यो र त्यसकै अघिपछि
अल्झिरह्यो | समस्या यहि नै हो |
बाल बिबाहका
कारण लैगिक असमानता, छोरालाई मान्यता दिनु, प्रकोप वा महामारी हुनु, गरिबी, बेचबिखन,
संस्कार, दाइजो र कानुनको कमि भनेर करिब छ
दशक देखि काम भैरहेको छ | त्यसैले गरिबी हटाउन आमा बालाई ब्राखा कुखुरा वा कुनै
लघुउद्दम गर्न सहजीकरण गर्ने, त्यसैगरी छोरीहरुलाई बिमा गरिदिने, छात्रवृति दिने, साइकल,
ड्रेश किनिदिने कार्यक्रम पनि आए | जहाँ छोरीहरुको मुल्य पनि छोराको झैँ होस्
भन्ने अपेक्षा राखियो | धर्म, सस्कारजन्य कुरालाई सुधार गर्न धामी झाक्री, पण्डितहरुलाई
बिभिन्न तालिम पनि दिइयो | कानुन बनाएर, प्रहरी, वकिल, नेता, युवा, पुरुष, आमा, वा
समुह सबैलाई तालिम दिइयो र बाल बिबाह भएपछी के के समस्या हुन्छ सबै सबैलाई पुराउन बिभिन्न
संचार माध्यमको पनि सहारा लिइयो | बाल बिबाह गरेपछि चाडो बच्चा जन्मन्छ, बच्चा जन्माउदा
आमा र बच्चाको ज्यानै पनि जान सक्छ, बचिहाले पनि कुपोषित हुन्छन, रक्तअल्पता हुन्छ,
प्रजनन स्वास्थ्य खराब हुन्सक्छ, भन्ने कुरा सबैले जाने/ गरे तर पनि बाल बिबाह
घटेन | घटेको छैन | प्रहरीमा उजुरी गरे, उजुरी गर्दा कि दुवै पक्षका आमाबा मिलेर मिलापत्र
गरे कि भागे वा जेल परे वा मरे वा मारिए | जुन आफैमा समाधान हैन | त्यसो हो भने
भयो के त ? हो के त ?
भएको गाठी
कुरा रोग लाग्न नदिन प्रतिरक्षा बढाए झैँ छोरी
छोरा दुबैलाई बाल बिबाह कुनै पनि हालतमा `गर्दिन’, `हुन्न’ भन्न सक्ने हिम्मत
दिएनौ ? लैगिक असमानता र पितृसत्तालाइ धारे हात लगाईरह्यौ तर त्यसको निर्माण र
सामाजीकरणको पहिचान र ब्यपाकिकरण गर्न चुक्यौ | चाहे सुदूरपश्चिम वा कर्णाली वा
मधेश वा काठमाडौँ, होस् सबै ठाउमा देखिने र नदेखिने, सार्बजनिक र निजि जिबनमा दर्जनौ
महिनावारी विभेदको अभ्यास छ | छोरीहरुले आफ्ना परिवार, समुदायबाट आफु ५- ६ बर्ष भएदेखि
नै म छोराहरु भन्दा शक्तिविहीन, कमजोर, निम्सरो रहेछु , मैले प्रश्न गर्न हुदैन, मैले
सहनुपर्छ भन्ने सामाजिकीकरणमा हुर्कन बाध्य हुन्छन | जब महिनावारी हुन्छन त्यो भाब
झन् गहिरो, फराकिलो र जटिल हुदै जान्छ | संगै खेलिरहेको भाइसँग खेल्न नपाउनु, आमाबा
संगै बसेर भान्सामा खान नपाउनु, तिर्खा लागेका समयमा पानी झिकेर खान नपाउनु जस्ता
दर्जनौ महिनावारी विभेदले म छोरी भएर जन्मनु पाप वा परिवारको लागि भार हो भन्ने
सोच बिस्तारै भाग्य र भगवानमा गएर अडिन्छ | महिनावारी हुँदा बिहान ३०-४० मिनेट
चाडो उठ्नु देखि २४ सै घण्टाको गतिबिधिमा फेरबदल आउदा महिनाको कम्तिमा पनि ५ दिन
वा बर्षको २ महिना डीस-त्रब मात्रै हुदैन
उन्सको स्वाभिमानमा बदलाब आउछ | पाठेघर लिएर जन्मिएका कारण २४ सै घण्टा दाई वा भाइको भन्दा फरक फरक स्वरूप,
भूमिकामा रहनुपर्छ | घर र समाजले भाइ र बहिनीमा पल पल जस्तो कपाल कसरी काट्ने, कसरी
बोल्ने आदि कुराहरुमा फरक रहन बाध्य पार्छ | अन्तत छोरी
भएर जन्मेकोमा दिक्क लाग्छ | कहिलेकाही बेक्कारमा जन्मिएछु बरु मर्न पाए पनि हुने
भन्ने पनि मनमा आउछ | मर्न पनि सजिलो छैन | अनि हजुर आमा, आमाहरुले गर्दै आएको
अभ्यास मैले किन गर्न नसक्ने, नहुने भन्ने मनोभाब विकास भै आफुले आफैलाई अनुकुलन
गर्दै जान्छन | यसरी महिनावारी विभेदले सिर्जना गरेको मानसिक तनाब, अमर्यादित
अवस्थाले आफ्नो शरीर, विचार माथि नियन्त्रण र निर्णय गर्न सक्दैनन् | अर्थात मैले
अर्काको घरमा भाडा नै माझेर भए पनि पढ्छु वा कुनै सीप सिकेर आफ्नो खुट्टामा उभिएपछी
मात्र बिहे गर्छु भन्ने हिम्मत हुदैन | एकछिन रुनु, नखानु, नसुत्नु अनि भोलिपल्ट
देखि अभिभाबक वा प्रेमीले जे जे भने पनि
स्वीकार्दै जानुपर्ने जटिल भड्खालोमा छोरीहरु छन् | जहाँ यस्ता छोरीहरुको संख्या धेरै हुन्छ त्यहाँ
बाल बिबाह लगायत अन्य हिंसा धेरै घट्छन |
तर
दुर्भाग्य नै मान्नुपर्छ कि नेपालमा बाल बिबाह अन्त्य गर्न सन् २०१६ बनेको १८
पेजको रणनीतिले महिनावारी विभेद (बाल बिबाहको मुख्य कारण) वा मर्यादित महिनावारी (छुटेको
समाधान) को `म’ पनि उच्चारण पनि गर्दैन | कतिपय नीति, एनले `हानिकारक अभ्यास’
मात्र भनेको छ जसले महिनावारी विभेद त्यहा भित्र छ भन्ने अनुमान मात्र गर्छ | जुन
गम्भीर त्रुटी हो | असमान शक्ति सम्बन्ध र पितृसत्ता निर्माण र सबलीकरणको मुख्य
कारक, लैगिक विभेद र हिंसाको मुख्य कारक, नेपालमा झन्डै ९५ % परिवारमा बिभिन्न
बहाना र स्वरुपमा अभ्यासमा रहेको महिनावारी विभेद हानिकारक अभ्यास मात्रै हुनै
सक्दैन | एउटा ब्यानरमा `महिनावारी विभेद,
लैगिक हिंसा, बलात्कार...’ आदि राखेर केहि घन्टे देखि दिने कार्यक्रम बाल बिबाह
घट्छ ? घट्दैन | समाज गतिशिल छ, बाल बिबाहका अबयबहरु पनि थपघट भैरहन सक्छन तर
महिनावारीसंग जोडिएको मौनता, अज्ञानता र विभेद त जस्ताको तस्तै अझ बलियो भएर
अदृश्य रुपमा रहेको छ तर त्यहि बिषय उठान हिच्किचाएर, बुझ पचाएर अर्कै निर्णय
गर्नु मुतको न्यानो जस्तै हो |
बाल बिबाह अन्त्य गर्ने दिगो विकास लक्ष्यको प्राथमिकतामा परेको सबाल हो र नेपालले पनि सन् २०३० सम्ममा शुन्यमा पुराउन प्रतिबदत्ता गरेको छ | सम्भब छ त ? पक्तिकारको जबाफ हुन्छ –छैन| अहिले चाहे सुदूरपश्चिम वा कर्णाली वा मधेश वा कतै (दक्षिण एसियामा बाल बिबाहमा नेपाल तेस्रो मुलुक हो) पनि बाल बिबाह अन्त्य गर्न नबिन खोज र काम भएकै छैन | सन् २०२३ डिसेम्बरमा कर्णाली प्रदेशमा बाल बिबाह न्यूनीकरण अन्त्य गर्न गरिएको १४ बुंदे प्रतिबद्ता पत्रमा महिनावारी विभेद उल्लेख गरिएकै छैन | बाल बिबाह अन्त्य गर्न गर्दै आएका क्रियाकलापहरु आबश्यक छन् तर ती क्रियाकलापले म (छोरा वा छोरी) ले `बिबाह हुन्न’ `बिबाह गर्दिन’ भन्ने आत्म निर्णय गर्न नै सक्दैनन् | ठुला परियोजना चल्नु, चलाउनु वा सेलीब्रेटी बन्नु बनाउनु जस्तो सजिलो छैन महिनावारी विभेदको पहाड फोर्नलाई | गुरुरु गएर, दुइ घण्टा मिठो भासन सुनाएर, फोटो खिचेर, गीत गाएर महिनावारिलाई मर्यादित बनाउन सकिदैन | यसको लागि नन-स्टेरियो अनुसन्धान, कार्यक्रम र तालिम आबश्यक छ | हामीले आफैबाट सिक्न ढिलो गर्नु हुदैन | बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको `‘घरपरिवार सचेत नहुँदासम्म बालविवाह रोक्न कठिन हुने देखिन्छ (पौष १४ गते, २०८०मा कान्तिपुर)’ भन्ने भनाइ ठिक त छ तर हरेक घर परिवार स्कुल महिनावारी विभेदका बिरुद्द उभिनु पर्छ अर्थात् हरेक घर परिवार, स्कुल र सिंगो पालिका मर्यादित महिनावारी मैत्री हुनुपर्छ, त्यसका लागि पालिकाले नेतृत्व नलिकनै सम्भब छ ? छैन | सार्बजनिक खपतका लागि प्युठानको येराबती गाउपालिकाले झैँ गरिरहने हो’ भने हामी कुदिरहन्छौ, व्यस्त रहन्छौ, थाक्छौ तर जहाको त्यहि हुनेछौ | बाल बिबाह रोकिने छैन | खासगरी हाम्रो छोरीहरु बाल बिबाह अन्त्यमा काम गर्न थालेको ६० बर्षमा पनि भाग्य र भगवानको भरोसामा बाच्न बाध्य हुनेछन | यदि येराबती गाउपालिकाले साचो अर्थमा बाल बिबाह अन्त्य गर्न चाहन्छ भने २५ हजार पुरस्कार दिने निर्णय फिर्ता लिएर हरेक घर घर, वडा वडालाई मर्यादित महिनावारी मैत्री बनाउन बजेट सहितका अभियान गर्न नेतृत्व गर्नुपर्छ |