बाल बिबाह नघट्नुमा दोषी को ?
गएको साता दुइ रास्ट्रिय समाचारमा एकै प्रकृतिक (`जोखिमको भुंग्रोमा कलिला आमा, कान्तिपुर,पौष १४ गते, २०८० र २१ प्रतिशत गर्भवती बालिका, नागरिक, पौष १५ २०८०) समाचार प्रकाशित भए | बाल बिबाहका सन्दर्भमा प्रकाशित भएको घटना भने पहिलो पक्कै होइन | बाल बिबाहका घटनामा जहिले पनि हामी जनतालाई अझै किशोरीहरुलाई दोष दिन्छौ | तर दोष हाम्रो छ जो बाल बिबाह अन्त्यका लागि प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका छौ |
अहिले
भैरहेको बाल बिबाह चाहे सुदूरपश्चिम होस् वा कर्णाली वा मधेश प्रदेश हाम्रो
सभ्यतासंगै वा करिब ३०० बर्ष देखि यसरी नै चलिरहेको थियो भन्दा अतिशयोक्ति हुदैन |
अहिले भैरहेको बिबाहको अल्पकालीन र दिर्घकालिन परिणाम माथि थुप्रै अनुसन्धानका आधारमा
बाल बिबाह व्यक्ति, परिवार, समाज र राज्यका लागि उपर्युक छैन भन्ने तथ्यका बलमा
बाल बिबाह अन्त्यका लागि नीति, कानुन, एन, र कार्यक्रम बन्न थाले | नेपालले १९५५
संयुक्त रास्ट्रसंघको सदस्यता लियो | जहाँ बिबाह सस्थाका बारेमा सन् १९४८, १९५४
हुँदै आएर १९६२ मा बिबाहका लागि मन्जुरी र उमेर सम्बन्धमा प्रस्ताब अनुमोदन भयो |
यसरी हेर्दा सयुक्त रास्ट्र संघमा बाल बिबाह न्यूनीकरण गर्न काम गर्न थालेको झन्डै
६० बर्ष भयो | संगसंगै नेपालले पनि बाल बिबाहको कानुन सन् १९६३ मा ल्याएर काम गर्न
थालेको हो |
दोष हाम्रो
किन हो भने हामीले पछाडी फर्किएर हेरेका छैनौ अर्थात् बिस्लेषण गरेका छैनौ | हामीले
गरेका काम किन र कसरी निस्प्रभाबी भए भनेर खोतलेका छैनौ | नतिजाकाबारेमा हामी
चिन्तित त देखिन्छौ त्यसैले त्यस्तै समाचार छाप्छौ र पढ्छौ पनि तर हामी आफैसंग
सिक्ने प्रयत्न गरिरहेका छैनौ |
बाल बिबाह अन्त्यमा
काम नै नभएका होइनन तर कामले समय बित्दै जाँदा पनि बाल बिबाहको अन्तर्निहित
कारणलाई समात्न सकेन/चाहेन | सहायक कारणहरु माथि पनि काम गर्नु आबस्यक थियो, छ
दशकसम्म काम गर्यो र त्यसकै अघिपछि अल्झिरह्यो | समस्या यहि नै हो |
बाल बिबाहका
कारण लैगिक असमानता, छोरालाई मान्यता दिनु, प्रकोप वा महामारी हुनु, गरिबी, बेचबिखन,
संस्कार, दाइजो र कानुनको कमि भनेर करिब छ
दशक देखि काम भैरहेको छ | त्यसैले गरिबी हटाउन आमा बालाई ब्राखा कुखुरा वा कुनै
लघुउद्दम गर्न सहजीकरण गर्ने, त्यसैगरी छोरीहरुलाई बिमा गरिदिने, छात्रवृति दिने, साइकल,
ड्रेश किनिदिने कार्यक्रम पनि आए | जहाँ छोरीहरुको मुल्य पनि छोराको झैँ होस्
भन्ने अपेक्षा राखियो | धर्म, सस्कारजन्य कुरालाई सुधार गर्न धामी झाक्री, पण्डितहरुलाई
बिभिन्न तालिम पनि दिइयो | कानुन बनाएर, प्रहरी, वकिल, नेता, युवा, पुरुष, आमा, वा
समुह सबैलाई तालिम दिइयो र बाल बिबाह भएपछी के के समस्या हुन्छ सबै सबैलाई पुराउन बिभिन्न
संचार माध्यमको पनि सहारा लिइयो | बाल बिबाह गरेपछि चाडो बच्चा जन्मन्छ, बच्चा जन्माउदा
आमा र बच्चाको ज्यानै पनि जान सक्छ, बचिहाले पनि कुपोषित हुन्छन, रक्तअल्पता हुन्छ,
प्रजनन स्वास्थ्य खराब हुन्सक्छ, भन्ने कुरा सबैले जाने/ गरे तर पनि बाल बिबाह
घटेन | घटेको छैन | प्रहरीमा उजुरी गरे, उजुरी गर्दा कि दुवै पक्षका आमाबा मिलेर मिलापत्र
गरे कि भागे वा जेल परे वा मरे वा मारिए | जुन आफैमा समाधान हैन | त्यसो हो भने
भयो के त ? हो के त ?
भएको गाठी
कुरा छोरी छोरा दुबैलाई बाल बिबाह कुनै पनि हालतमा `गर्दिन’, `हुन्न’ भन्न सक्ने
हिम्मत दिएनौ ? लैगिक असमानता र पितृसत्तालाइ धारे हात लगाईरह्यौ तर त्यसको निर्माण
र सामाजीकरणको पहिचान र ब्यपाकिकरण गर्न चुक्यौ | चाहे सुदूरपश्चिम वा कर्णाली वा
मधेश वा शंकारापुर नगरपालिका (काठमाडौँ), होस् सबै ठाउमा देखिने र नदेखिने,
सार्बजनिक र निजि जिबनमा दर्जनौ महिनावारी विभेदको अभ्यास छ | छोरीहरुले आफ्ना परिवार,
समुदायबाट आफु ५- ६ बर्ष भएदेखि नै म छोराहरु भन्दा शक्तिविहीन, कमजोर, निम्सरो रहेछु
, मैले प्रश्न गर्न हुदैन, मैले सहनुपर्छ भन्ने सामाजिकीकरणमा हुर्कन बाध्य हुन्छन
| जब महिनावारी हुन्छन त्यो भाब झन् गहिरो, फराकिलो र जटिल हुदै जान्छ | संगै
खेलिरहेको भाइसँग खेल्न नपाउनु, आमाबा संगै बसेर भान्सामा खान नपाउनु, तिर्खा
लागेका समयमा पानी झिकेर खान नपाउनु जस्ता दर्जनौ महिनावारी विभेदले म छोरी भएर जन्मनु
पाप वा परिवारको लागि भार हो भन्ने सोच बिस्तारै भाग्य र भगवानमा गएर अडिन्छ |
महिनावारी हुँदा बिहान ३०-४० मिनेट चाडो उठ्नु देखि २४ सै घण्टाको गतिबिधिमा
फेरबदल आउछ | स्वाभिमानमा बदलाभ आउछ | पाठेघर लिएर जन्मिएका कारण २४ सै घण्टा दाई वा भाइको भन्दा फरक फरक स्वरूप,
भूमिकामा रहनुपर्छ | घर र समाजले भाइ र बहिनीमा पल पल जस्तो कपाल कसरी काट्ने, कसरी
बोल्ने आदि कुराहरुमा फरक रहन बाध्य पार्छ | अन्तत छोरी
भएर जन्मेकोमा दिक्क लाग्छ | कहिलेकाही बेक्कारमा जन्मिएछु बरु मर्न पाए पनि हुने
भन्ने पनि मनमा आउछ | मर्न पनि सजिलो छैन | अनि हजुर आमा, आमाहरुले गर्दै आएको
अभ्यास मैले किन गर्न नसक्ने, नहुने भन्ने मनोभाब विकास भै आफुले आफैलाई अनुकुलन
गर्दै जान्छन | यसरी महिनावारी विभेदले सिर्जना गरेको मानसिक तनाब, अमर्यादित
अवस्थाले आफ्नो शरीर, विचार माथि नियन्त्रण र निर्णय गर्न सक्दैनन् | अर्थात मैले
अर्काको घरमा भाडा नै माझेर भए पनि पढ्छु वा कुनै सीप सिकेर आफ्नो खुट्टामा उभिएपछी
मात्र बिहे गर्छु भन्ने हिम्मत हुदैन | एकछिन रुनु, नखानु, नसुत्नु अनि भोलिपल्ट
देखि जे जे भने पनि स्वीकार्दै जानुपर्ने जटिल भड्खालोमा छोरीहरु छन् | जहाँ यस्ता छोरीहरुको संख्या धेरै हुन्छ त्यहाँ
बाल बिबाह लगायत अन्य हिंसा धेरै घट्छन |
तर
दुर्भाग्य नै मान्नुपर्छ कि नेपालमा बाल बिबाह अन्त्य गर्न सन् २०१६ बनेको १८
पेजको रणनीतिले महिनावारी विभेद (बाल बिबाहको मुख्य कारण) वा मर्यादित महिनावारी (छुटेको
समाधान) को `म’ पनि उच्चारण पनि गर्दैन | कतिपय नीति, एनले `हानिकारक अभ्यास’
मात्र भनेको छ जसले महिनावारी विभेद त्यहा भित्र छ भन्ने अनुमान गर्छ जुन गम्भीर
त्रुटी हो | असमान शक्ति सम्बन्ध र पितृसत्ता निर्माण र सबलीकरणको मुख्य कारक, लैगिक
विभेद र हिंसाको मुख्य कारक, नेपालमा झन्डै ९५ % परिवारमा बिभिन्न बहाना र
स्वरुपमा अभ्यासमा रहेको महिनावारी विभेद, सार्बजनिक बहसमा घिस्रदै गरेको मर्यादित
महिनावारीलाई अनुमान गर्नु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु जस्तो अवस्था सिर्जना
भएको छ | एउटा ब्यानरमा `महिनावारी विभेद, लैगिक हिंसा, बलात्कार...’ आदि राखेर
केहि घन्टे देखि दिने कार्यक्रम गरेको देख्न पाइन्छ | के त्यस्ता कार्यक्रमले बाल
बिबाह घट्छ ? घट्दैन | समाज गतिशिल छ, चाडो बिबाहका अबयबहरु पनि थपघट भैरहन सक्छन
तर महिनावारीसंग जोडिएको मौनता, अज्ञानता र विभेद त जस्ताको तस्तै अझ बलियो भएर
अदृश्य रुपमा रहेको छ तर त्यहि बिषय उठान गर्न सरोकारवालाहरु जो त्यसकै लागि काम
गर्ने भूमिकामा छन् उनीहरुलाई फलामको चिउरा चपाए जस्तो छ |
बाल बिबाह अन्त्य
गर्ने दिगो विकास लक्ष्यको प्राथमिकतामा परेको सबाल हो र नेपालले पनि सन् २०३०
सम्ममा शुन्यमा पुराउन प्रतिबदत्ता गरेको छ | सम्भब छ त ? पक्तिकारको जबाफ हुन्छ –छैन|
अहिले चाहे सुदूरपश्चिम वा कर्णाली वा मधेश वा कतै (किनभने दक्षिण एसियामा बाल
बिबाहमा नेपाल तेस्रो मुलुक हो) पनि बाल बिबाह अन्त्य गर्न नबिन खोज र काम भएकै
छैन | सन् २०२३ डिसेम्बरमा कर्णाली प्रदेशमा बाल बिबाह न्यूनीकरण अन्त्य गर्न गरिएको
१४ बुंदे प्रतिबद्ता पत्रमा महिनावारी विभेद उल्लेख गरिएकै छैन | बाल बिबाह अन्त्य
गर्न गर्दै आएका क्रियाकलापहरु आबश्यक छन् तर ती क्रियाकलापले म (छोरा वा छोरी) ले
`बिबाह हुन्न’ `बिबाह गर्दिन’ भन्ने आत्म निर्णय गर्न नै सक्दैनन् | ठुला परियोजना
चल्नु, चलाउनु वा सेलीब्रेटी बन्नु बनाउनु जस्तो सजिलो छैन महिनावारी विभेदको पहाड
फोर्नलाई | गुरुरु गएर, दुइ घण्टा मिठो भासन सुनाएर, फोटो खिचेर महिनावारिलाई
मर्यादित बनाउन सकिदैन | यसको लागि नन-स्टेरियो अनुसन्धान, कार्यक्रम र तालिम आबश्यक
छ | हामीले आफैबाट सिक्न ढिलो गर्नु हुदैन | पौष १४ गते, २०८०मा कान्तिपुरको लेखमा उल्लेख
गरिएको बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष
गोविन्दबहादुर मल्लको `‘घरपरिवार सचेत नहुँदासम्म बालविवाह
रोक्न कठिन हुने देखिन्छ,’ भनाइ ठिक त छ तर हरेक घर परिवार स्कुल
महिनावारी विभेदका बिरुद्द उभिनु पर्छ अर्थात् हरेक घर परिवार, स्कुल र सिंगो पालिका मर्यादित
महिनावारी मैत्री हुनुपर्छ |त्यसका लागि पालिकाले नेतृत्व लिनु पर्छ | त्यस्तै यदि
स्वामीकार्तिक
खापरका अध्यक्ष भरतबहादुर रोकायाले भने झैँ प्रहरी परिचालन गरेर बालविवाहको
असरका विरुद्ध सचेतनात्मक कार्यक्रम पनि गरिरहने हो’ भने हामी कुदिरहन्छौ, व्यस्त रहन्छौ, थाक्छौ तर जहाको त्यहि हुनेछौ | बाल
बिबाह रोकिने छैन | खासगरी हाम्रो छोरीहरु बाल बिबाह अन्त्यमा काम गर्न थालेको ६०
बर्षमा पनि भाग्य र भगवानको भरोसामा बाच्न बाध्य हुनेछन |
Radha Paudel, PhD.