Monday, March 17, 2025

Shilpee Theater

करिब ३ बर्ष जति मनमा एउटा सपना पलाएको थियो | युबराज जी मेरो विचारसंग धेरै नाहिक हुनुहुन्छ | उहाको सहयोगले नाटक देखाउदै हिड्न पाए हुने | यो मनको लड्डु घीउसित खाएको थिए |

 कुमार आले जसलाई मैले खलंगामा हमलाको बिमोचन देखि चिनेको थिए उहालाई नेपलायामा नै करिब दुइ महिना अघि भेटेर त्यो सपना अलिकति परिमार्जन गरेर सुनाएको थिए | उहाँले भन्नुभयो- पैसा नै चाहिन्छ भन्ने छैन, एकचोटी युबराजलाई भेट्नुस न | उ अलिक बेस्त छ, मार्च महिना छुट्टि बस्छु भनेको छ | बस्नु अघि भेटम | 

मैले एक दुइ पटका कुमार जीलाई खबर गरे तर बेस्त भएको र युबराज जी नै काठमाडौँ नभएको जानकारी पाए | 

१४ तारिख मार्टिन चौतारीको बहस सन्तोष परिवार, मनुसी र सच्युता प्याकुरेलको सुन्न मन भएर राती सुन्दै थिए | कम्प्युटरबाट सुती सुती सुनिरहेको थिए | दुर्घटना पछिको शरीर दुखेर अन्नपुर्ण असपतालमा अचुपंचर लगायत उपचार पनि गर्दै थिए | 

अलिक झकाएको रहेछु | कस्तो युबराजजीको आबाज जस्तो लागेर आँखा खोलेको त हो नै रहेछ | 

ए साथी त काठमाडौँ नै रहेछ सोझै कुरा गर्नु पर्यो भेट्नलाई भन्ने सोचे | यसो घडी हेरेको त पौने एघार | चिनजान मात्रको साथीलाई राती फोन गर्ने आंट आएन | 

भोलिपल्ट शनिबार डराई डराई आबाज सहितको संदेश व्हाट्सअपमा पठाए |   

एकछिनमा लिखित संदेश आयो | अनि फोन आयो | मैले मेरोमा बोलाउने, शनिबारको हाँडीगाउको बजार र भोज खुवाउने, अफिस वा मेरो दरबार देखाउने योजना छोडेर म पठाओमा उतै लागे | 

पवित्राजीले दिदी नमस्कार भन्दै स्वागत गर्नु भयो तर उहालाई मैले चिनेकै भने थिइन् तर परिचित अनुहार भने पक्का हो नाटक मार्फत | 

एकछिनमा युबराज जी आउनुभो, बन्दै गरेको नाटक घर, आजिबन सदस्यको स्किम सबै देखाउनु भयो | 

मजाले दुबैका विचार र कहानी सुनेम, सुनाएम | सामाजिक संजालले कसको कस्तो विचार डराउनु पर्ने थिएन 
 एकछिनमा कुमार जी पनि बन्दै गरेको घरबाट निस्कनु भयो | संगै रुपेश शाह पनि जसलाई मैले नामले नचिने पनि अनुहारले चिन्थे किन कि भर्खर भएको फिल्म फेस्टिबलमा संगै थियौ हामी |

फेरी कुराकानी भयो | आ आफ्नो इच्छा अनुसार कफी पिउने, मुरली बजाउने काम भयो | कस्तो सन्जोग सांग्रिलाको मणि जी पनि पुग्नु भो | जे होस् अफ ट्रयाक थियौ र शनिबार पनि भेटिरहेका छौ |

यहाँ राखिएका फोटोहरु पबित्र जीको मोबाइलमा कुमारले खिच्नु भएको रहेछ | पछि एकदुई फोटो हामीले पनि खिचेम | 

आज मैले योजना अनुसार डिसेम्बर ८-१० नेपालमा आयोजना हुन् गैरहेको मर्यादित महिनावारी दिबसको अबधारणा पत्र पठाए जहाँ नाटकबाट उद्घाटन गर्ने योजना छ | त्यसको लगतै पबित्र जीले मलाई यी फोटो पठाउनु भयो | 

फोटो क्यान्डीड लागे, सुखद शनिबारको सम्झनामा मैले यहाँ टासी पनि हाले | 




























National Assembly unanimously endorses Resolution Motion on Dignified Menstruation

It was life long advocate to make every menstruators life dignified. March 21, 2025 was a historical day in a course of feminism, developmen...