My take on book review:
![]() |
| Bhim and his elder son, Kailash |
![]() |
| Bhim, was so emotional |
![]() |
| Gobinda and his son Suyog, Manrishi with green T-shirt |
![]() |
| Janak Dhungana Almuni from Prem Basti School |
![]() |
| Nayanraj Pandey, Nir Shaha, LB Chhetri, Ballavi mother of Bhim and Bhim |
![]() |
| Bhim with his mother |
![]() |
| Mohan Adhikari |
![]() |
| Debendra Upaddhya Sir, Nir Shah |
![]() |
| Bhim with Publisher |
![]() |
| Bhim with his classmate from Prembasti |
| Devendra Guru, Maya aama, Kamal daju, Photo; Suyog |
बादलमुनी बाग्लुङ
नमस्कार
!
· बादलमुनी बाग्लुंग
पुस्तक बिमोचन कार्यक्रमका सभाध्यक्ष, लेखक भीम न्यौपाने, प्रमुख अतिथी लगायत
ड्यासमा आसीन व्यक्तित्वहरु, यो कार्यक्रमलाई भब्य र सभ्य बनाउन पाल्नुभएका सबै सबैमा
साहित्यिक अभिवादन |
· आज बा
दिवस, सम्पूर्ण बाहरु, बाको भूमिका खेल्ने आमाहरु लगायत सम्पूर्णमा सतत नमन |
· एक कलाकार,
निर्माता, ब्यबसायी, भीम न्यौपाने, बिधिबत रुपमा लेखक हुनु भएको छ, यसका लागि उहाँलाई
अगणित बधाई र शुभकामना |
· आज म
चितवन, भरतपुर, गौरीगन्जका देवीलाल बाको भान्जाले बोलाउने, एउतै स्कुल, डेरी, जंगल, संगै अर्मपर्म गर्ने दिदी मात्र
भएर हैन एक `लेखक’ कि दिदीका नाताले यहा तपाईहरुका माझ उभिन पाउनु चानचुने कुरा हुदै
होईन |
· आमाको
माया, त्याग, समर्पणको महिमा गाउने यो उत्सबमा एक साक्षी हुन लायक ठानिदिनु भएकोमा
लेखक भीमप्रति धेरै धेरै माया, र सम्मान |
· यहाँहरुलाई
मेरो परिचय अबगत नै छ | एक शब्दमा भन्नु पर्दा
म `डीसरप्टर’ |
· लेखन
र सम्बाद मार्फत `न्याय र समानता’ का लागि `डीसरप्ट’ गरिरहन्छु |
· मतलब
बिथोलीरहन्छु |
· यो पुस्तकमाथि
मेरो विचार पनि यसकै सेरोफेरोमा रहेर प्रस्तुत गर्ने अनुमती चाहन्छु |
· यो पुस्तक
अर्गानिक पारामा जति सलल बग्छ, त्यति नै समय सीमामा रहेर समीक्षा गर्न सजिलो छैन |
हुन् त म समीक्षाको बिद्यार्थी होईन भन्न परोइन |
· इमान्दारीपूर्वक
भन्ने हो भने, एकै मुलको पानी खाएको व्यक्तिद्वारा लिखित पुस्तक समिक्षा गर्न जो कोहीलाई
पनि सजिलो चाही हुन्न हौ |
· यो पुस्तक
पढ्दै गर्दा, पढेर सकाउदा मनमा धेरै कुराहरु आए |
· साहित्यमा राजनीतिमा
जस्तै दलियकरण र सिन्डिकेट छ | उनीहरुले के भन्लान ? यो पुस्तकले सात समुन्द्रपारीको
चमकधमक बोल्दैन | यो सगरमाथा वा जुम्ला वा कुनै प्रसिद्दी कमाएको ठाउँ पनि होईन |
यो न कुनै बिलियेनर्सको जीवनी हो वा कुनै प्रथम महिला को नै |
· यो त बिश्व मानचित्रमा नेपाल मानिने पश्चिम
पहाड तर राजधानी भन्दा जम्मा २७५ किलोमीटर टाढा, अभाव,
अन्यायको रापमा, सन्जोग नै संजोगले बचेको एउटा कथित बाहुन पुरुषले जुनकिरीहरुको प्रेरेणाबाट
आशु र पसिना मिश्रित नुनिलो मसीले बनिएको बुकीहरुको नयाँ ढोरपाटन |
· म
मेरै लागि लेख्छु |
· अर्थात
यसरी आफ्नै लागि लेखिएको यो पुस्तकले नेपाली साहित्यको धार बदलिदिएको छ, जसरी खलंगामा
हमलाले एक दशक अघि बदलिदिएको थियो |
· केहि
हप्ता अघी संजोगले आदरणीय दाई निर शाहको अन्तरबार्ता हेरेको थिए – दाईले भन्नु भएको
थियो – नेपालमा सिनेमा त बल्ल बन्दैछन्, हाम्रो माटो अनुसारका मौलिक सिनेमा |
· दाईको
बिशाल हृदय र विनम्रताले म कायल भएको थिए | हो सिनेमा जस्तै नेपालमा मौलिक किताब बल्ल
लेखिदै छन् |
· नेपाली
साहित्यलाई मौलिक पुस्तक दिनु भएकोमा एक पाठकका हैसियतले लेखकलाई फेरी पनि बधाई र धन्यवाद
|
· यो पुस्तक
बर्तमान पनि हो |
· हाम्रो
जस्तो पारम्परिक, दोगला, स्वार्थी, नक्कली समाजमा घरभित्र र घर बाहिरका पात्र,
परिवेश, घटना परि घटना जस्ताको तस्तै चित्रांकन गर्नु जति अप्ठ्यारो छ त्यति नै जोखिम
पनि उठाउनुपर्ने मेरो अनुभब छ |
· सायद
नामै काफी भने झैँ भीमले कविता र थियटरको मिश्रित शैलीमा, पेट, मन र मस्तिष्क भित्रको
पात्रहरुसँग मिहिन ढंगले साक्षात्कार गरिदिनु भएकोमा लेखकलाइ फेरी पनि धन्यबाद |
· मेरो
लागि यो पुस्तक सुपरमार्केटमा गए जस्तो |
· लिने
नलिने, के लिने, कति लिने, यहाँको मर्जी |
· सम्वभत
अधिकाम्स मानवीय संबेदनाहरु कतिखेर
छचल्किन्छन हिसाब राख्न हम्मे हम्मे पर्छ |
· तपाई भावबिहल बनिरहनु हुन्छ | कतिखेर आशु
खस्छ पत्तै हुदैन | फेरी उत्सुकताले ता..नी...रहन्छ...पनि
|
· अप्रत्यासित,
तपाई हास्नै पर्छ |
· हास्दा
हास्दा अरुहरुले कट्टुमा मुत्छन, तर तपाई हग्नुहुन्छ, त्यो पनि टोपीमा |
· हग्ने,
मुत्ने कुरा अश्लिल हैनन्, हाम्रो जीवनको पर्याय हुन् | मौनता तोड्नै पर्छ |
· फिटिएका
तासका पत्ती झैँ लाग्ने घटनाहरुले कृष्णलीला नै पढिरहेको अनुभुती दिन्छन |कतै अन्तरनिहित शक्तिले निर्देशित गरे जस्तो महसुस
हुन्छ |
· हुन
त परिस्थितीले मान्छेलाई घोच्छ, घोचेको सहन नसक्नेहरुले आफु र परिस्थितीलाई प्रश्न गर्न थालेपछि, आविष्कार हुन् करै लाग्छ |
· ७ बर्षको
उमेरमा चादीको बालासंग कुखुराको चल्लो साट्न तपाई सक्नुहुन्छ ? हुने बिरुवाको चिल्लोपात
होला नि हैन ?नत्र चुड्कीको भरमा, होटेल किन्न, बेच्न कहाँ सकिन्छ ?
· मेरो
अहिलेसम्म ओत
लाग्ने छानो छैन |
· त्यही
भएर, चोट ...के हो, ....व्यथा ...के हो ...बुझाउन अरुण थापा दाई टुप्लुक्क आइपुग्नु
हुन्छ |
· पुस्तक पसलबाट रीच ड्याडी, पुअर ड्याडी पढेर
आफ्नो पुर्पुरोमा हान्दै बस्ने दिने गए अब | यहि पुस्तक पढ्नुस, मज्जाले कमाउनुस |
· डण्डीबियोको
पारखीहरुले हात उठाम....... |
· तपाइले
भुरुंग वा घुर्रा, खोपी, कबड्डी, डण्डीबियो देख्नु,खेल्नु भएको छैन भने च्याट जीपीटिलाइ
सोध्न पर्दैन यहि पुस्तक पढे हुन्छ |
· समाज
सेवा गर्न मन थियो तर .........भन्ने हो भने, गनगन आजैबाट छोड्नु, यहि किताब पढ्नु
|
· खानेमुखलाई
बुलाकीले छेक्दैन | खानेमुखलाई बुलाकीले छेक्दैन |
· सिमीत, स्थानीय
स्रोत र साधनलाई सामुहिक र मानविय प्रयोजनका खात पढ्दा ताज्जुब लाग्छ | जति सृजनशील
त्यति नै दयालु, कम्पासनेट पनि |
· महात्मा
गान्धीले झैँ गालामा चडकन थापिरहने धैरता के खाएर आउछ हो लेखक ज्यु |
· मलाई
पनि चाहिएको छ अलिकति त्यो मन्त्र |महिनावारीलाई मर्यादित बनाउनु पर्छ के भनेको थिए,
चड्कन त भातका सिता भन्दा पनि बढी खान पाइच्चु का |
· मलाई
बिस्वाश गर्नुहुन्छ भने तपाई नेपाली भाषा फुटाएर पढ्न सक्ने सबैले यो किताब पढ्नुस|
· लौ जा
निर्देशन नै दिए | निर्देशन दिने जमाना जो छ |
· जति
छिटो पढ्यो उति फाइदा | मैले यो किताब पहिले नै पढ्न पाएको भए पाच बसन्त पार गर्दा
पछुतो लागिरहने बिजनेश र पोलिटिक्स चाही पक्कै गर्ने थिए |
· यो पुस्तक
कथा हो कि उपन्यास, जीवनी हो कि नाटक, कविता हो कि निबन्ध, गफ हो कि दर्शन,
शील्पको चुचुरो हो कि बिम्बको भकारी, समाज शास्त्र हो कि अर्थ शास्त्र म त्यसको बिज्ञ हैन | तपाई किताब खोजी खोजी आफै पढ्नुस
| आफै न्वारन गर्नुस |
· नपढे
घाटा बेहोर्नुस | मेरो जस्तै |
· सुगर
देखिएको छ कि छैन,......
· नत्र
पुस्तकको गुलियो चिया खाएर जानुहोला | नेपालीले गुलियो चिया खानुको समाजशास्त्र नेपाल
सरकारको चिया तथा कफी बोर्डको वेबसाइट हेरेको, देखिन |
· नुनको
कथा -मेरो बाको, तपाइको बाको, ओडार, छाप्रा, खोल्साहरूसंगको बाध्यात्मक मीत्रता हामी
नेपालीको नलेखिएको तर साझा इतिहास |
· सोह्रौ शताब्दीदेखि
गरिमामय इतिहास बनाएको बागलुंग, बिश्वयुद्दमा अप्रत्यक्ष तर अगणित योगदान गरेको बागलुंग, नेपाली आधुनिक राजनीतिको
आधारभुमि बागलुंग, डोल्पा, मुस्तांग भएर तिब्बतसंग व्यापार गर्ने बागलुंग,
परम्परागत इन्जिनियरिङ, कृषि, बन,खेलकुद, खाद्य, सम्बन्धी स्थानीय ज्ञान र सीपको भकारी
हो बागलुं |
· तर बिश्वास नै
नलाग्ने गरी सडक, संचार, शिक्षामा पछाडी परेको पढ्दा मन यसै यसै कुडिएर आउछ |
· काठमाडौँको माइतीघरमा खोटांग
देखि आएर अनसन बस्ने मेयर तीर्थराज भट्टराईलाई तपाईहरुले नाटकीय सोच्नुभएको भए ठिक
गर्नु भएन | पत्ताउनुहुन्न भने बासघरे यो किताब पढ़ुम है साथी हो |
· विदेशीका
अर्थशास्त्र, समाज शास्त्रका ठेली कनी कनी पढ्न छोडेर हाम्रा बिश्व बिद्यालयले यो किताब
पढाउनु पर्छ अब |
· आप्रवासन
नेपालीको बाध्यता हो कि वा गतिशील अर्थतन्त्रको अपरिहार्यता हो | यो नियन्त्रण वा नियमन
के गर्ने भन्न बुझ्नको लागि पनि यो पुस्तक तपाईले पढ्नैपर्छ |
· यो पुस्तकले
घर, बिद्यालय, समाजमा बेथिति, अन्यायलाइ पनि छर्लंग पार्न हिम्मत गरेको छ |
· सन् १९४७
मा सर्वजीत बिश्वकर्माको नेतृत्वमा नेपाल कै पहिलो दलित आन्दोलन शुरु गर्ने बागलुंग
जातीय विभेदमा अघि नै भएको कुराले मन चसक्क हुन्छ |
· ग्रह कटाउन,
आयु बढाउन, माया पिरती जोगाउन, पुन्य कमाउन, वा जे जे बहानामा गरिने बाल बिवाह, बहु
बिवाहले बालबालिका, महिला, पुरुष, परिवार र सिंगो समाजलाइ नै बहुआयामिक नकारात्मक
असरहरुका लागि यो पुस्तक प्रयोगात्मक अनुसन्धानको प्रमाण हो
|
· केहि
थान किताब सिंहदरबारतीर सचिब, मन्त्रीलाई उपहार पठाई दिनुहुन् अनुरोध छ |
· पुस्तकमा माया, ममता, त्याग, सहनशीलता आमासंग
मात्रै हैन, हजुरआमा, दिदी, दाई, बहिनी, श्रीमतीले पनि परख गर्न सक्छन भन्ने दृष्टान्त हुँदाहुँदै पनि महिलाहरु माथि उनीहरुकै
मुखबाट कर्तब्य, संस्कार, परिस्थितीजन्य स्पस्टिकरण जुटाएर पितृसत्तात्मक
प्रवृतिको सामाजिकीकरण र संस्थागतीकरणको प्रमाण
बिद्या बरिधिको शोध झैँ पेश भएको छ |
· छोरीहरु
दासका रुपमा प्रस्तुत छन् | देख्छन-देख्दैनन | बोल्छन-बोल्दैनन, सुन्छन –सुन्दैनन्
|
· पूर्णत
संवेग बिहीन छन् |
· सोफिया
जस्ता रोबर्ट होइनन तर रोबर्ट झैँ नियन्त्रित छन् |
· पल पल
हेपिनु, खान, लाउन, पढ्न, पैत्रिक सम्पतीमा पहुच नहुनु गरिबी कारण हुँदै होइन |
· खास
कारण उनीहरु मान्छे नगनिनु | मान्छे नगन्नु | मान्छे बन्न नदिनु |
· त्यसैले
सामाजिक न्याय र समानतामा बिश्वास र अभ्यास
गर्ने जो कोहिले पढ्नै पर्ने पुस्तक हो यो |
· अघि
देखि नै सरस्वतीजी अर्थात भीमजी को श्रीमतीमाथि अन्याय भयो भन्ने लागि रहेको थियो |
· समाजले
महिलालाई कर्तव्यको लक्ष्मण रेखा कसरी तय गर्दै, थाहै नपाउने गरि विभेद र शोषण गर्छ
भनेर सोचिरहेको थिए | अझै महिलाहरु नै त्यो विभेद र शोषणलाई सामान्यीकरण गर्ने र गराउने
प्रबक्ता बनाइएको दृस्टान्त पुस्तकमा शुरु देखि अन्त्यसम्म नै छताछुल्ल पढ्न पाइन्छ
|
· त्यो
इमान्दारिताको लागि लेखकलाई सलाम |
· हजुरआमा,
आमाहरु, दिदीहरु माथीको विभेद बिर्सनलाई यसो पल्टिएर किताब के पढ्न थालेको थिए,
एकाएक म फ्रीज...... भए ........|
· जब मैले
सुत्केरी हुन् करीब ३ हप्ता बाकि हुँदा काठमाडौं बसिरहेको श्रीमतीलाई उल्टोबाटो एम्बुलेन्स
पनि नचल्ने चिरपानी पठाएको पढे |
· संजोग
पनि कस्तो त्यतिखेर म सुत्केरी हुन् किन अस्पताल जानुपर्छ भन्दै त्यतै थिए |
· महिलाहरुलाई
लामो संघर्ष, धैरतापछी प्राप्त भएका अवसर, सेवा र सुबिधाबाट कसरी बन्चितीमा पारिन्छन ? पितृसत्ता र विषाक्त
पुरुषत्वको मारमा पुरुषहरु पनि निरीह भएर कसरी पुर्बाग्राही निर्णय लीन पुग्छन भन्ने ज्वलन्त उदाहरण
पढ्न पाइन्छ | त्यसैले यो पुस्तक बिश्व बिद्यालयले स्रोत पुस्तकमा राख्न जरुरी छ भन्दै
गर्दा, पुस्तकमा अपेक्षा नगरेको तथ्य हो मेरा लागि |
· एक छिन
समालीएर के पढ्न शुरु गर्दै थिए, मेरो आँखाबाट कतिखेर आशु झर्यो पत्तो नै भएन |
· एउटा
नर्स जसले मर्यादित मातृत्व लागी जीबन अर्पो, उसैले
पढ्दै थियो – घरको दैलामुनी, बारीको छेउमा,
शौचालयको आडमा, कटेराको नजिकै छ, सुन्तलाको बोट | त्यहि सुन्तलाको बोटको फेदमा च्या......च्या..
गर्यो |
· मेरो
किताब हातबाट खसिसकेको थियो, बीउझिएर, मनमनै सोधे – भीम भाई, त्यो दया, माया,
मानवीयता कसका लागि र किन ? यो राजनीति भन्दा के फरक भयो र ?
· जवाफ
दिनु पर्दैन | चोरखोलामा पानी कति बग्यो बग्यो |
· यी पुस्तकमा
उल्लेख गरिएका बालिका, महिला माथि गरिएका सबै विभेदको मूल कारण वा जरा महिनावारी विभेद
हो |
· संसारमा महिनावारीलाई
बुझाउन ५००० नक्कली शब्द छन भने नेपालमा ५०
भन्दा बढी |
· यो किताबमा
कति छन्, कहाँ कहाँ छन् ?आफै पत्ता लगाउनुस |
· पाठेघर नलिईकनै
जन्मिएका छोरा वा पुरुषहरु पनि महिनावारी विभेदको शिकार कसरी भएका हुन्छन भन्ने प्रमाण
बग्रेल्ती भेटिन्छन |
· मेलबर्नमा
के हुन्छ होला भनेर खुल्दुली भने लागिरहेको छ |
· महिनावारी विभेदको
चक्रव्यूहमा बालबालिका, किशोर किशोरी,
महिलाको अधिकार बन्धक भएको हुन्छ |
· असमान
शक्ति सम्बन्ध र पितृसत्तात्मक सोचको निर्माण भएको हुन्छ | कर्णाली र सुदूरपश्चिमलाई
औला तेर्स्यारहने नेपाल सरकार र केहि अभियन्तालाइ यो पुस्तकले गतिलो जबाफ दिएको छ |
· ढुंगाको
कापमा उम्रिएको पीपल सधै पीपल बन्न सक्दैन, तर अपवाद पनि हुन्छ नी | त्यहि अपबादको
दसी हो यो बादलमुनी बागलुंग |
· यो किताब एउटा दर्शन हो,
· यो चिरपानी,
बासघरेको गोपाल, ताराखसेको एक चम्किलो तारा भिम न्यौपाने मात्रको कथा होइन्च |
· यो
पुस्तक भीमको आमाको कथा | धेरै आमाहरुको कथा | नेपाली आमाको कथा होईच्च |
· मेरो
कथा, तपाईको कथा, हामी अधिकाम्स नेपालीको कथा होईच्च |
· बागलुंगको
नक्सा नेपालको नक्शा जस्तो हुनु सन्जोग मात्रै नभए झैँ यो बादलमुनी बागलुंग नेपालको
कथा होइच |
· जननी,
जन्म भुमिस्च स्वर्गादपी गरियेसी |
· लेखकले
पुस्तक मार्फत आमा, ....नेपाल आमालाई अर्पिएको उपहार होइच् |
· इमानको
धर्म गरिरहनु, लेखीरहनु, एक दिदीको यहि आशिर्बाद र आग्रह गरिच्चु |
· कैलाश
कहाँ छन्, कैलास ........
· उनले
आफ्नो जन्म पढ्न पाउनुपर्छ | पेटभित्रको जन्म त् पढ़िसके |
· उनका
पुस्ताले पढ्न सक्ने लिपीमा पुस्तकलाई देख्न पाइयोस |
· निर
शाह दाइ यहा हुनहुन्छ, उहाँको मुखारबिन्दबाट भाषण होइन, पुस्तकका डाइलग-डाइलगमा बोलेको
हेर्ने रहर छ |
· आज पुस्तक
बिमोचनमा बक्ता भएर बोलीरहेको मात्र छैन | भीम र मेरो बिद्यालयका आदर्श गुरु बा पाएको
दिन बिशेष दिन हो |
· अनि
मेरो जन्म दिने आमाले छोडेको झन्डै १६ बर्षपछी
नयाँ आमा पाएको दिन पनि हो |
· देबेन्द्र
गुरु बा, बल्लबी आमामा नमन गर्दैगर्दा, भीम भाई र म लेखकका हैसियतले आज संगै भए झैँ
, लेखनकै नयाँ भूमिकामा संगै उभिने सपना पनि देखेको छु | यसका लागि लेखकलाई सबैको माया
र आशिर्बाद रहोस |
· भीम
भाई बादलमुनी बागलुंगपछी के देखियो, त्यो पनि यसरी नै बिमोचन गर्न मन छ |
· अन्तमा
लेखकलाई पुन: बधाई दिदै, यो अवसरको लागि आभार व्यक्त गर्दै मेरो भनाइ यहि टुंगाउछु
|
· नमस्कार











