बिहानै दैलेखबाट अमर सुनार जीको फोन आयो | दैलेख गुराँसे निवासी मनिषाजीले आफ्नो छोरीको पहिलो महिनावारी, धामी समेत रहनु भएका आफ्ना ससुराबा सहित उत्सब मनाउनु भएछ | हिजो साँझ महिनावारी भएको छोरी आज स्कुल गएकीछन् | छोरीलाई बधाई र शुभकामना छ | यो आत्मविश्वास सधै अटल रहोस | आमा र हजुरबा जसले यो आत्मबल निर्माण गर्नसक्नु भयो उहाँहरुलाई सलाम छ | साथीहरुलाई धन्यवाद |
हरेक महिनावारी उत्सब हो | महिनावारी हुनेहरु मान्छे भएर बाच्न पाउने उनीहरुको
मानब अधिकार तथा सबैधानिक अधिकार हो | महिनावारी गर्व, शक्ति, सृष्टि र निरोगीताको
प्रमाण हो | महिनावारीका कारण कुनै पनि कामकुरा नछुटाउनु उत्सब हो | केक नै
काट्नुपर्छ भन्ने जरुरी छैन |