Sunday, September 14, 2025

Gen Z movement in Nepal



मेरो फेसबुके अपील, (this is my personal note, I made in 10 September 2025 at 12.48 via facebook)

२०५९ कार्तिक २८ गतेको राती र २९ गते बिहान जुम्लाको खलंगामा जे देखेको थिए, त्यस्तै रगतको आहाल र सार्बजनिक र निजी सम्पती जलिरहेकाको धुँवाको मुस्लोबाट, मनै थाम्नै नसकेर यो अपील लेखिरहेको छु |

दोष लगाउने बेला रहेन | समिक्षा हुँदै गर्छ | इतिहासले कसैलाई छोड्ने छैन |

देश बनाउन जो, जुनसुकै पहिचान, जे सुकै भूमिकामा भए पनि एकजुट हुन् बिलम्ब गरिनु हुन्न | डढेको कागज नै सही उठाऔ, केहि पढ्न सकिने रहेछ भने अझै संरक्षित गरौ |

दिगो शान्ति र न्यायको लागि गणतन्त्र, समाबेशीता, धर्म निरपेक्षता माथी इमान, मेहनत गर्नेपर्छ | आँशुले घाउ मेटिदैन | भावनाले देश बन्दैन | अन्यथा अर्को हरिबिजोग बेहोर्नुपर्नेछ | यो वा त्यो बहानामा मुठीभरका मानिसको मात्र यो देश हुँदै होइन |

चम्चेहरुसंग साबधानी हुनैपर्छ | एकथरी गणतन्त्रबादीहरू दुई दिनमा राजतन्त्रबादीहरू देखिए भने भ्रष्टाचारी नेतालाई काधमा बोक्नेहरु जेनजीका भक्त देखिएका छन् | नेपालको समस्या नै यही हो | आफ्नो बिचार नहुनु | आफ्ना विचारमा अडिग हुन् नसक्नु | भिडमा एक्लै उभिने साहस गर्न नसक्नु नै `मास हिस्टेरिक’ नेपाली मनोविज्ञान हो |

बन्द कोठाभित्र आफु मात्र रहदा पनि इमान छोड्नुहुन्न | स्वार्थलाइ केन्द्रमा राख्नु हुन्न | देश बलियो हुँदा मात्र हामी बलियो हुने हो | हरियो पासपोर्टको कम्ता बिजोग छैन | देश सानो भएर हैन, गरिब भएर हैन, भूपरिवेष्ठित भएर हैन, देशमा नेता मात्र हैन हामी सबै भ्रष्ट भएर हो | मैले गरेको सबै ठिक, अरु सबै  बेठिक भन्ने मनोविज्ञानले हो | अरुहरुलाई सुन्नै पर्छ | झिना मसिना भनिएका कुराहरुको थुप्रोले नै हामीलाई मक्काएको हो | आफुलाई प्रश्न नगरेकोले हामी मक्किएको हो | आफ्नालाई प्रश्न नगर्ने, चुनौती नदिने भएकोले हामी सक्कीएका हौ |  

१.     सार्बजनिक सम्पति जे जति छ, त्यसैलाई संरक्षण गरौ | गर्न सहयोग गरौ |

२.     भ्रष्टाचारका हिमायती, मतिहारलाई पिट्ने, मार्ने, उनीहरुको निजी सम्पति जलाउने भन्दा पनि कानुनीको दायरमा ल्याएर कारवाही गर्ने प्रक्रिया थाल्यौ | युद्धमा पनि `मानवियता’ सधै केन्द्रमा हुनुपर्छ |

३.     उच्चस्तरीय कर्मचारी, नेता सबैको सम्पती छानविन प्रक्रियामा लैजाऔ| छानबिनपछी भ्रष्टाचार गरेर कमाएको सम्पती सबै राष्ट्रियकरण गर्यौ |

४.     `बचनको पक्का’ नगर्नेलाई चुनाव कुर्न पनि ढिलो हुन्छ | कारवाहीको प्रक्रिया थाली हाल्ने प्रणालीको थालनी गर्यौ |

५.     कर्मचारीतन्त्र `खतरा’ छ | कर्मचारी अपबादमा बाहेक स्थानीय देखि सिंहदरबारसम्म नैतिक र आर्थिक रुपमा भ्रष्ट छ | अधिकाम्सले `आफुलाई’, दल, नेता र धन वा स्वार्थलाई केन्द्रमा राखेर काम गर्छन | कति मिनेटदेखि- कतिदिनसम्म काम गरिसक्ने, सबै एकै ढोकाबाट विधुतीय संयन्त्रबाट काम फच्चे गर्ने प्रणालीको शुरुवात गरौ | उस्तै छ सुरक्षा निकाय पनि |

६.     नागरिक समाज पनि दलगत छ | सामाजिक न्याय र मानव अधिकारको कुरामा पनि वर्गीकृत छ | नागरिक समाजको हिस्सा रहेको गैरसरकारी निकायले गर्ने दलगत, बर्गीय गुटबन्दी भयानक छ |राजनीतिमा जस्तै अरुहरुलाई यो वा त्यो बहानामा टिप्किनै दिदैन | मानवअधिकारको खोल ओडेर सिधै र सिंघै राजनीति गर्छ | बैदेशिक कुटनीतिक नियोगहरुलाई क्यप्चार्ड गरेको छ |

७.     अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सयुक्त रास्ट्रसंघमा खर्च गर्ने प्रणाली पनि नेपाल सरकारको अनुसार वा % बढी भन्ने हुनुपर्छ | हाम्रो देशमा काम गर्ने भए हाम्रो नियम मान्ने व्यवस्था हुनुपर्छ | गरिबी र भ्रष्टाचार निम्त्याउन यी संस्थाहरुको पनि भूमिका छ | सरकारका केहि मानिसलाइ व्यक्तिगत छुट्टी लिन लगाएर भएपनि प्रयोग गर्ने करौडौ भ्रस्टाचार गरे जस्तै हो | सरकारी सस्थामा संस्थागत मेमोरी जिरो हुने कारण त्यहि हो |  

८.     दलका भगिनी संघ संगठन पत्रकारिता, साहित्य, सहकारी, कृषि, कम्पुटिंग, इन्जिनियर, नर्स, डाक्टर, सामुदायिकबन आदि सबै सबैमा बिघटन हुनुपर्छ | दलका केन्द्रित व्यक्तिहरुलाइ तुरुन्त बर्खास्त गर्नुपर्छ | दलको झोला बोक्ने भए दलमा निर्धक्क जाने, संस्था छोड्ने ब्यबस्था हुनुपर्छ | सिन्डिकेट गरेर नीतिगत भ्रष्टाचारमा यिनीहरुको भूमिका ज्यादै छ |

९.     सरकारले देश भित्र र बाहिर नेपालको प्रतिनिधित्व गर्ने व्यक्तिको छनोट गर्दा, आयोगहरुमा नियुक्ति गर्दा, राजनीतिको दाग नलागेको, शिक्षित र अनुभबी व्यक्ति पारदर्शी ढंगले लैजानुपर्छ | नाताबाद, कृपाबाद, अबसरबादलाई निमिट्यान्न पार्नै पर्छ |

१०.  बिश्वबिधालय, कलेज, स्कुल कतैपनि राजनीतिक संघ संगठन हुनु नै हुँदैन | नितान्त शिक्षाको गुणस्तरलाइ केन्द्रमा राखेर दलविहीन राजनीति गर्ने प्रणाली शुरवात गर्नुपर्छ | राजनीतिक नियुक्ति त महारोग नै हो |

११.  अत्यधिक धनी हुन् उद्दम, व्यापार गर्नुपर्छ र त्यसकोलागि सरल कर्जा, प्रणाली बनाउनु पर्छ | पुंजी नै नभएको वा सानो पुंजी भएको व्यक्ति वा समुहले पनि ब्यबसाय गर्न पाउने/सक्ने ब्यबस्था हुनुपर्छ |

१२.  प्रदेश आबश्यक छ तर एकदम सानो ३-५ जनाको र चुस्त दुरुस्त कर्मचारी संयन्त्र | ८० प्रतिशत हाजिरी प्रदेशमा नै | विधुतीय प्रणालीबाट काम | पाइला पाइला सुबिधा दिने ब्यबस्था खारेज गरिनुपर्छ |स्थानीय तहबाट सघियतहमा आउन सजिलो छैन | काठमाडौँ मात्र नेपाल हैन | स्थानीय तह दलविहीन भएको राम्रो | भ्रष्ट, असक्षमले टिकट नै नपाउने प्रणाली बनाउनु पर्छ | स्थानीय तह काठमान्डौ धाउने, आफ्नो ब्यबसाय गर्ने, सेलेब्रेटि बन्ने हैन ९० प्रतिशट स्थानिय तहको टोल टोलमा पुगेर काम गर्ने प्रणाली बनाउनु पर्छ | संघीय सरकार पनि अहिलेको भन्दा ५०% ले सानो, छरितो हुनुपर्छ | संसदको बैठक खाली खाली पारेर सेलिब्रेटी बन्न जाने प्रणाली खारेज गर्नुपर्छ | 

१३.  जुनसुकै राजनीति बिचारको व्यक्तिलाई निषेध गर्ने संस्कार र प्रणाली सबैले त्याग्नै पर्छ | प्रतिशोध गरेर बस्ने हो भने हामी १०० बर्ष पछी त धकेलिएका नै छौ फेरि त्यही फन्को लाइरहने छौ |

१४.  जेलबाट भागेका वा निकालिएका ब्यक्तिहरु

इतिहासमा लडेर उठेका देशहरु थुप्रै छन् | अब उठ्ने पालो हाम्रो हो |

२०७२ को भूकम्पमा जसरी हामी घर घर बाट उठ्यौ, टोल टोलबाट उठ्यौ, सिंगै देश उठ्यौ | आउनुस उठ्यौ | हामी सबै भन्दा पहिले नेपाली हौ | नेपाली हौ |

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरु हार्दिक श्रदान्जली अर्पण गर्दै, घाइतेको शीघ्र स्वास्थ्यलाभ र परिवारप्रति समभाव!

 

नोट: चीत्त दुखेको छ, भन्नु धेरै छ, गर्नु धेरै छ, जानेर नजानेर सामाजिक न्याय र शान्ति निर्माणमा समर्पित छु | रहिरहने छु |

मेरो विचार मन पराउनु पर्छ भन्ने छैन, मलाई गाली गरेर समय र उर्जा खेर नफाल्नुहोला | सबैको विचार सुन्न नसक्नु फेरि द्वन्दको बीउ रोप्नु जस्तै हो |

 

 

 

Gen Z Protest in Nepal, Social Media Ban

  जेनजी आन्दोलन