Monday, September 15, 2025

Gen Z Protest in Nepal, Social Media Ban



 जेनजी आन्दोलन

यो लेख ८ सेप्टेम्बर २०२५ मा निस्किएको जेनजी आन्दोलन नै किन भयो भन्ने सवाललाइ केन्द्रमा राखेर लेखिएको छ | त्यो दिन के भयो, भोली पल्ट के भयो भन्ने भन्दा पनि सेप्टेम्बर ८ मा त्यो जोश, त्यो प्रतिबद्दता कसरी आयो भन्ने बिषयमा केन्द्रित छ |  

१.१. संचार र प्रविधिको विकास – जेनजीहरु सन् १९९७ देखि २०१२ सम्म जन्मिएका व्यक्तिहरु वा पुस्तालाई मानिन्छ | यो पुस्ता सोच पनि हो | यो पुस्ता नेपालमा पनि प्रविधिको संगती गर्दै हुर्कियो | आफु वरपर जस्तो किसिमको बाताबरण छ, विचार, संस्कृति पनि त्यसै गरी बन्दै जान्छ | अर्थात् यो पुस्ता कम्पुटिंगको गति, छरितोपनसंगै हुर्कियो | यो उसको दोष भन्दा पनि समाज गतिशील हुँदाको परिणाम थियो | बिस्तारै बिस्तारै सामाजिक संजालहरु भित्रिए | यसको फरक फरक स्वरूप देखिन थाले | संसारको कुनै पनि कुनामा गरिएको पोस्ट मिनी सेकेन्डमा जो सुकैले थाहा पाउन सक्ने बाताबरण बन्यो | स्कुल बाधक बनेन | अग्रेंजी भाषाको पनि बैकल्पिक तरिकाहरु आए | संगै नेपालले संचारमा उतीकै द्रुत गतिमा विकास गर्दै गयो तसर्थ नेपालको जुनसुकै कुनामा बस्ने व्यक्तिले पनि रेडियो छोडेर मोबाइलमा सामाजिक संजाल हेर्ने सामर्थ्य निर्माण गर्यो | उसले खाना नखाएर डाटा लिने भयो, स्मार्ट फोन किन्ने भयो | धनी गरिब, उच, नीच जो सुकै भनिओस्, उसको प्रविधिमा राम्रो पहुच भयो | राम्रो, नराम्रो सूचना पाउने भयो | अपेक्षा पनि बढ्ने भयो |

१.२. नेपालमा विकास भएन भन्ने मनोविज्ञान: नेपालमा विकास नै नभएको भने होईन | तर जनताको अपेक्षा अनुसार चाही नभएको हो | अर्थात प्रबिधीको गतिमा चाही नभएको हो | बिदेशमा के के छ, कस्तो हुन्छ, सामाजिक संजालबाट थाहा पाउने, बिदेशमा रहेका आफ्ना आफन्तबाट थाहा पाउने हुँदा अपेक्षा पनि बढेको हो |

१.३. बिदेशमा बस्ने नेपालीहरुको सोच: बिदेशमा बस्ने/काम गर्नेहरु आफु स्थापित भैसकेपछि, आफुले विदेश जानु अघिको नेपालको आधारमा विदेशको जस्तै प्रणाली भएन, विकास भएन भनेर नकारात्मक कुरा फैलाउने | आफुहरुले प्रसिद्धि कमाउनको लागि देलापिच्छे समुह वा संस्था खोल्ने, नेपालका नेतासंग पहुँच बढाउने, पहुँचका आधारमा दादागिरी गर्ने, पैसाले पत्रकार, नेता किन्ने प्रतिस्पर्धा गर्ने, नेतालाई गाली गर्दै नेता जस्तै गर्ने प्रवृतिले पनि काम गरेको छ |

१.४. भ्रस्टाचार गर्ने- नेताहरुले जे बोले त्यहि गरेनन | न चुनावी घोषणा पत्रमा भने झैँ काम गरे | हुन् त बुँदागत रुपमा घोषणा पत्रमा लेखिएका काम सबै गर्न संभव हुँदैन नै | देशको स्रोत, आफ्नो पार्टीको बहुमत आदि कुराले फरक पर्छ | तर मनोबैज्ञानिक रुपमा नेताहरु भ्रष्ट नै हुन् भन्ने कुरा बारम्बार दोहोरियो| विना आधिकारिक ब्यबसाय, जागिर, पैत्रिक सम्पतिको जानकारी, व्यक्तिगत जीवन एकदम भड्किलो देखिने, बिहे, भोज भतेर राजकीय हुने, उनीहरुले भेटेका सामाजिक संजालमा भेटेका मान्छे, तीनका प्रवृतिले पनि नेता मुट्ठीभरका मान्छेका मात्र नेता हुन्, ती सबैलाई बोकीहिड्न भ्रष्टचार नै गरिरहेका छन् तर भ्रस्टाचार गर्दिन भन्ने भाषण दिइरहने कुराले पनि उदास भएका थिए |

१.५. भ्रष्टाचारको आरोपप्रति मौन रहने – पत्र पत्रिकामा कता न देखिएका भ्रस्टाचारका आरोपलाई अनुसन्धान गर्दै कानुनी दायरामा ल्याउनुको साटो झन् ढाकछोप गर्ने, हैन भन्ने दलिल पेश गरिरहने, पुरस्कार नै दिने, पदोन्नती गर्ने, जनताको चित्त दुखाईरहने ब्यबहार,बोली गरेर जनतासंगको खाडल गहिरिएको थियो |

१.६. दलभित्र लोकतान्त्रिक संस्कारको कमी: दल, दलको नीतिले चल्ने भन्दा पनि व्यक्ति बिशेषको साहारामा पैसा र पदको साटफेरमा चल्ने | नविन सोचलाइ निषेध गर्ने, बहिस्कार गर्ने प्रवृति बढ्दै गयो | बिभिन्न नामकरण गरेर प्रश्न गर्नेलाई निस्तेज गर्ने, कारवाही गर्ने ब्यबहार एक पटक हैन बारम्बार दोहोरिनुले पनि दलभित्रको लोकतान्त्रिक संस्कार प्रति शंका बढ्दै गएको थियो | त्याग भन्दा पनि चाकडी गरेकाहरुले राजनीतिक लाभ बारम्बार लिएको देखेपछी नैतिक नेता र संस्कारको खडेरी पर्दै गयो |

समयमा अधिबेशन नगर्ने, दोस्रो, तेश्रो पुस्तालाई आउन नदिने, अधिबेशनमा एउटा ब्यक्ति वा समुहलाई राखेर बिधान बनाउने, एउटा व्यक्ति नै बाचुन्जेल नै नेतृत्वमा बस्नुपर्ने प्रवृतिले पनि नेताहरुले बिस्वाश गुमाउदै गए | स्वार्थको लागि अप्राकृतिक गठबन्धन गर्ने, त्यही गठबन्धन पनि छुट्ने, मिल्ने भैरहने कारण पनि जनतालाइ दलको दर्शन र ब्यबहारप्रति बितृष्णा बढ्दै गयो | सामान्य मान्छेलाई चित्त नबुझेको सवाल पनि गठ बन्धनका नाममा जे जस्तो गलत निर्णय पनि गर्ने |

देउवा बोल्दै नबोल्ने, बोले रिसाउने| ताल न बेत्तालको प्रसङ्ग ल्याएर गाली र खिल्ली उठाउने ओली, प्रचण्ड दुई जिब्रे भएर जनता वाक्क भएका थिए |

१.. गणतन्त्रको उपहास: नेता त नेता भए कार्यकर्ता पनि त्यस्तै निस्किए | अपवादमा बाहेक उस्तै अराजक, बोलीको भर नभएका, गलत कुरालाई पनि आफ्नो दलको भने पछी ओथारो बसेको कुखुराले अन्डा ढाकेझैँ नेतालाई ढाक्ने, वा मौन समर्थन गर्ने जसले गर्दा नया नेता आउने र गरी खान दिन्छन भन्ने आशा हराएको अबस्था थियो |

१.८. महंगीले शिखर उक्लेको उक्लेये: जीउनको लागि आधारभूत कुराहरु जस्तो खाना, पानी, औषधि उपचार, शिक्षा नै छोइसाध्य हुँदा खाने र नखाने बीच एकदम गहिरो र फराकिलो खाडल बन्ने स्थिति गणतन्त्र आएपछि भएन | धनी धनी भैरहने, गरीब गरीब भैरहने हुँदा पनि जनताले आशा तोड्न बाध्य भए |   

१.९. बेरोजगारीको बिगबिगी: एकातिर सामान्य, पहुँच नहुनेले रोजगारी छैन, अर्कोतिर पहुँच हुनेको जगजगी | घर परिवारको मायालाई छोडेर बिदेशिनुपर्ने बाध्यता, उनीहरुले पठाएको रेमिट्यान्सको पनि सही प्रयोग नहुने प्रवृतिले जनताको हालत खराब भएको थियो | यसका अतिरिक्त नेताले बैदेशिक रोजगारीमा गरेको खिचडी, बिदेशमा गएर हेपिनु पर्ने, भनेको काम नपाउने, कोहि मर्नुपर्ने, बाकसमा फर्कनु पर्ने भैसकेपछि जनता बिरक्त भएका थिए | माओबादीको द्वन्दले खंग्रंग पारेको बस्ती बस्ती उठ्न सकेन | त्यसमा बेला बेला आउने महामारी बिपदले पनि न्याकेको न्याकै गरेको बेला नेताले नै हाली मुहाली गरेको साझी बस्नुपर्ने अबस्थाले मार र मरको अबस्था सिर्जना गरेको |  

१.१०. सहकारी, उखु किसान, मिटर ब्याजी पिडित: गरी खान खोज्नेहरु जस्तो सहकारी, उखु किसान, मिटर ब्याजी पिडितको पक्षमा कुनै सहज निर्णय नहुनु, जिम्मा नलिनु, देशका कुना कुनाबाट हिड्दै आएका आन्दोलनकारीलाई हेप्नु, बारम्बार गरिएका सम्झौता पुरा नगर्नु वा झुक्काएर थकाउनुका कारण जनता जाग्न बाध्य भएका थिए | आफ्नो मान्छे, आफ्नो जिल्लामा बजेट पारिरहने, लुटिरहने प्रवृतिले जनता गले |  

१.११. बलात्कार, हिंसा: आफ्नै घर, टोलमा सुरक्षित रहन सक्ने बाताबरण नहुनु | बलात्कार गर्ने, जिउदै इट्टा भट्टामा जलाउने जस्ता घटनाको दोषी पत्ता लगाउन कोसिस पनि नगर्नु, नेताको पहुचको आधारमा कानुनलाई हातमा लिनु आदि कारणले पनि कसैको मन नेताप्रति ढुक्क थिएन |  

१.१२. नेताहरुको धम्कि (बंगलादेश बनाइदिने, सिहदरबार जलाइदिने); जनताको करबाट तलब, भत्ता खाने तर दल भित्रको र दल दल बिचको झगडामा घरि घरि बंगलादेश बनाइदिने, सिहदरबार जलाइदिने आदि भनेर धम्कि दिरहने, सुन्दै नसुने जनतालाइ सुनाइरहने जसले गर्दा यो नै सही र अन्तिम उपाय होला भन्ने नकारात्मक सकारात्मक जोश बढाएर जनतालाई उत्तेजित गर्ने |  

१.१३. बैकल्पिक दलको उदय: माथी उल्लेख गरेका समस्याहरुलाइ स्थापित दलले केहि गर्न सकेनन त्यसैले नयाँ दल आबश्यक पर्यो भनेर आशाको किरणका रुपमा उदाएका दल र दलका नेतृत्व पनि झुटो बोल्ने, चटक देखाउने, जुट्ने फुट्ने गरिरहने, लोकतान्त्रिक दल बनेर खोल्ने राजाबादी देखिने आदि कारणले गर्दा पनि जनताको आशा मर्यो | संबिधानका कारण एकै दलले बहुमत ल्याउन गाह्रो, ल्याएकाले धोका दिइरहने, नयाँ दलहरु धेरै खरानी धसिरहने हुँदा अलमल मात्र हैन निराशाले शिखर नै चढेको थियो |

१.१४. दलीयकरणको जगजगी: निराशा यति चुली चढिरहेको थियो कि जुन कर्मचारी, पत्रकार, नर्स, डाक्टर, किसान आदि सबै सबैतिर दलियकरण गरिएको थियो | दलको टिकट भए सबै भयो नभए नीति संगत त केहि पनि नहुने | गैर सरकारी सस्था, संयुत रास्ट्रसंघमा काम गर्ने वा कुटनीतिक नियोग पनि उस्तै साबित भएका थिए | सामन्य सुझबुजको मानिस पनि सहन नसक्ने अबस्थामा पुगेको थियो | ज्वाला छुटनको लागि नीउ वा बहाना वा नेतृत्व खोजिरहेको थियो |

१.१५. सामाजिक संजाल बन्द गराउने सरकारको निर्णय : सामाजिक संजाललाई नियमन गर्नु पर्ने थियो तर तरिका, भाषा शैली हदैसम्मको निकृष्ट थियो | सामाजिक संजाल मनोरञ्जनको साधन मात्र नभएर संसार संग जोडिने माध्यम थियो, हजारौ युवाहरुले रोजगारी पनि सिर्जना गरिरहेका थिए| हेप्दै हेप्दै ल्याएर, परामर्श नै नगरी सामाजिक संजाल बन्द भएपछी माथी उल्लेखित सबै कारणहरुको आगोमा घीउ थप्ने काम सरकारले गर्यो |

अन्तत, जेनजी आन्दोलनमा होमियो | अपवादमा बाहेक अभिभावकको पनि साथ पायो | 

साथ अरुहरुले पनि दिए | घुसपेठ पनि प्रशस्तै भयो |

 

 


letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014