डा. मिना आचार्यको भौतिक शिष्य त कहिल्यै भइएन तर भावनात्मक शिष्य भने सधै भए | उहाँले खनेको बाटोमा हिड्ने बाटो अलिक सम्माउने कोसिस भैरहेको छ | उहाँलाई सम्झने धेरै कुराहरु छन् तथापी यी तीन कुरा भने मैले मात्र हैन आम नेपाली बिशेस गरेर सामाजिक न्यायमा बिस्वाश गर्नेहरुले सम्झन्छन् भन्ने लाग्छ |
१) राजनीतिमा
पाठेघर लिएर जन्मिएका हरुको सहभागिता: नेपालको प्रजातान्त्रिक इतिहास लेखन एकोहोरो
छ | अझै पुरुष केन्द्रित छ | महिलाहरुको प्रत्यक्ष, अप्रत्यक्ष त्याग, तपसा, घर
परिवारको ब्यबस्थापन, सम्बन्धित भूमिगत, अर्ध-भूमिगत, प्रवासी, बिदेशी सरोकारवालाहरुसंग
ज्यान को बाजी राखेर गरेको योगदानलाई दशकौ मुखाग्र गर्दै अभिलेखन जो गर्नुभएको छ त्यो
पाठेघर लिएर जन्मिएकाहरुका लागि दशकौसम्म जीवन्त र प्रेरेणादायी हुनेछ | राजनीतिमा
उनीहरुको सहभगिता बढाउनका लागि सहयोग पुग्नेछ भन्ने लाग्छ |
२) पाठेघर लिएर जन्मिएका सन्तानलाई पैत्रिक सम्पति-
पाठेघर लिएर जन्मिएकाहरुको शैक्षिक उन्नयन, स्वास्थ्य, राजनीतिमा अर्थपूर्ण
सहभगिता, उनीहरु माथी हुने बिभिन्न किसिमको हिंसाको रोकथाम गर्नको लागि उनीहरुको
पैत्रिक सम्पत्तीमा समान हकको लागि जुन वकालत गर्नु भयो त्यो इतिहासले बिर्सने छैन
भन्ने लाग्छ | आजको दिनमा पनि पाठेघर लिएर जन्मिएकाहरुलाई मान्छे नगनिनु, बिभिन्न
वहानामा उनीहरुलाई पैत्रिक सम्पतीबाट बहिष्करणमा पारिएका छन् | शिक्षित र चेतनशील
ठानिएको परिवार पनि यो मामलामा निकै नै कठोर देखिएको छ | मैले करीब ५ बर्ष अघि
पैत्रिक सम्पतीमा कानुनी रुपबाट नै भए पनि समान हक दाबी गरे यसको श्रेय पनि डा
मिना आचार्यलाई जान्छ | यो अप्ठ्यरो बाटोलाई खनेर उहाले पाठेघर लिएर जन्मिएका,
सामाजिक न्यायमा बिश्वास गर्ने जो कोहि नेपालीलाई कहिल्यै नबिर्सने ठुलो गुण
लगाउनु भएको छ |
३) महिनावारी
विभेदको खुलासा- महिनावारी विभेद बिभिन्न नाम, रुपमा सबै जात, बर्ग, क्षेत्रमा आदिम
समाज देखि नै छ भने नेपाल राजनीतिक, आर्थिक, सामाजिक रुपमा लामो समय बन्द समाजमा
गुज्रनु परेकोले देखिने र नदेखिने महिनावारी विभेद आजका दिनसम्म झन्डै ९५% भन्दा
बढी घरमा अभ्यासमा देखिन्छ/पाइन्छ | तर नेपालीहरुले लेखेका अधिकाम जीवनी, वा अन्य
किताबहरुमा, अभियानहरुमा महिनावारी विभेदको बारेमा उल्लेख गरिएको हुँदैन | डा मिना
आचार्यली आफ्नो जीवनी `स्वतन्त्रता र समानताको निरन्तर यात्रामा’ थोरै नै सही
उल्लेख गर्नु भएको छ | बास्तबमा पाठेघर लिएर जन्मिएकाहरुको स्वतन्त्रता र समानताको
मुख्य बाधक महिनावारी विभेद हो | थोरै नै सही, ढिलै सही महिनावारी विभेदलाई उजागर गरेर
यसका बारेमा बोल्न उत्प्रेना दिएकोमा धन्यबाद |