जनवरी २२ २०२५
आदरणीय मन्त्रि घनश्याम भण्डारी ज्यु
नमस्कार !
मन्त्रि बन्नु भएकोमा फेरि बधाई छ | कर्णाली
प्रदेशमा तपाइले मन्त्रालयको सीमाभित्र रहेर केहि राम्रा काम गर्नु भएको बिषयमा म
जानकार छु | संचार माध्यमबाट अबलोकन गरिरहेको छु | सिकिरहेको छु |
मलाई एउटा कुरा जान्न मन छ- राष्ट्रिय सभाले
चैत्र ८ गते, २०८१मा `मर्यादित महिनावारी’ संकल्प प्रस्ताव पास गरेको छ | यसले
प्रदेश र स्थानीय सरकारले मर्यादित महिनावारी नीति बनाउन भनेको छ |
छाउपडी भनेको अछामी भाषामा महिनावारी भनेको हो |
तर यसको दुरुपयोग भएको छ | सबैलाई साझा भाषा `महिनावारी’, महिनावारीसंग जोडिएको
विभेदलाई महिनावारी विभेद र महिनावारी विभेदलाई हटाउन मर्यादित महिनावारी भन्न र
सबै क्षेत्रका निकायले काम गर्न भनेको छ |
आशा छ तपाइले महिनावारी विभेद, बाल बिबाह बाल अधिकार, शिक्षा, स्वास्थ्य, सबै काममा आफ्नो
मन्त्रालय र दल भित्र मर्यादित महिनावारीलाई गम्भीरतापुर्बक लिनु भएको छ |
तपाईको शुभ चिन्तक,
डा. राधा पौडेल ९८४९५९६२९८
जवाफमा कुनै गरी सरकारी
संस्थासंग महिनावारी विभेदलाई सम्बोधन नगरेको फोटो पठाए पछी मेरो जवाफ |
मार्गदर्शन तयार भएर प्रकाशन भएको छ, ४ वटा फोटो पनि प्राप्त भयो |एउटा यो हो |
जनवरी २३ २०२५
नमस्कार मन्त्रि ज्यु |
जवाफ दिनु भएकोमा धन्यबाद
|
मैले सोधेको प्रश्न-
कर्णाली प्रदेशले मर्यादित महिनावारीको संकल्प प्रस्ताब अनुसार नीति, कार्यक्रम
बनाएको छ कि छैन भनेर जिज्ञासा राखेको हो |
संकल्प प्रस्ताबमा छाउपडी
भन्नु हुँदैन भनेको छ ? महिनावारी संग जोडिएको खान हुने कि नहुने, छुन हुने कि नहुने आदि
गरेर झन्डै २०० वटा महिनावारी विभेदको अभ्यास कर्णालीमा छ | मन्त्रालयले बनाएका र
गरेका गतिविधिले ती महिनावारी विभेदलाई सम्बोधन गर्छन कि गर्दैनन भन्ने हो |
मैले जहाँ सम्म साथी भाई,
समाचार, सामाजिक संजालबाट बुझेको छु, कर्णाली प्रदेशले काम ट गरेको छ त मर्यादित
महिनावारीको संकल्प प्रस्ताब झन्डै १ बर्ष हुँदा पनि गरेको छैन, भन्ने बुझेको छु |
मैले गल्ती बुझेको भए क्षमा पाउँ |
अरु इतिहासले बताउने छ |
शुभ दिन |
संकल्प प्रस्ताब पनि पठाएको छु | फाइल पठाइदिएको |