Monday, May 3, 2010

AMA MALAI BIRSE-MAY 3, 2010

मलाई बिर्से आमा !

मलाई खेद छ,
म सानो छदा, तिमि छातीमा लड़िदै भनेथे,
तिमीलाई सुख दिन्छु,तिमीलाई हासो दिन्छु,
तिमि खुसीले गद गद भयौ,
झ्वाम्म अगालोमा लुकौयेउ र म्वाई खायेउ,
मेरो बाबा !मेरो संसार !
तिमीलाई मेरो विश्वास थियो
तेसैले फकाई फकाई सोद्थेउ,
मलाई कसले पाल्छ रे?
म मखियेर भन्थे,
मैले!
केहि गरि तिमीले दिदि वा दाइ को नाम लियेउ भने,
म रुन्थे र भन्थे होइन होइन,मैले.
तर आज,
म त टुलु टुलु हेरिरहेको छु,
मानौ तिम्रो र मेरो कुनै सम्बन्ध नै नहोस,
तिमि पिडा र आक्रोसमा फत्केकी छौ,मकै को भात छड्के सरि,
म लाचार, कुपुत्र,
एसी खोलेर चिसो र तातोको स्वादमा रमेको छु, बिर्सेको छु सोरै आना,
तिम्रो अस्मिता को बिद्रोहम उत्रने शाहस त कता हो कता,
घरि घरि,
एसीको स्विच नेरी भएको सानो प्वालबाट,
तिमि चिल्लिएको सुन्दै छु,
तिमि नांगिएको हेर्दै छु,
दिदि र दाईलाई दुस्मनी पठाउदै छु,
म अलि अलि बुज्दै छु,
म गलत बाटोमा छु,
आफ्नो घुडामा बन्चरो तग्दै छु,
बिदेशी को दलाली गर्दैछु
आमा
यो कुलान्घर सन्तानलाई बिर्से,
एउटा फुल फुट्यो, भनि बिर्से.

Award for #dignifiedmenstruation, #literature

https://risingnepaldaily.com/news/54873?fbclid=IwZXh0bgNhZW0CMTEAAR3KTOR7NUeS1Dqr8qyTHYM-UMHg4bT_cwAU0L_AdQ2HoYh02wS-sSmvUKo_aem_iamQNTM00f-...