Friday, May 14, 2010

मेरो क्यानभासमा आमा !

आमाले दिएको गृहकार्य,
नेपालको नक्सा कोर्नुथ्यो,
क्यानभासका अगाडी घन्टौ घोरिए,
मन भरि कोरिन्छं,सरर टिस्टा,फनक्कै तिबत,
अनि घुम्दै कगाडा,टुप्लुक्क कान्तिपुरी!
हात भने पटक्कै सर्दैन !
मेरो क्यानभासको अस्मिता,
झिंगा र लाखुत्तेले बलात्कार गरिरहन्छन,
तैपनि मेरो गृहकार्यको निष्ठा टुटेको छैन.
म पनि के कम? अहम गर्दै क्यानभास पोत्न खोजे,
हात थर्थरायो,अहो !सोचे !रक्सि त खान छोडेको बर्सौ भो.
पुलुक्क हेरु,सुरुक्क कोरु कि भनेको,
आमा!
तिम्रो सरिर चर चर चिरिएको,
कतै चिल चिल पानी, कतै बिलिक बिलिक रगत,
कतै फुस्व बसाउने पिप पिप जस्तो.
मलाई विश्वास लागेन, आकाश खसे जस्तो भो,
छाती अठियो, सास लिन गारो भो.
मेरो क्यानभास रितै छ,
बिस्तारि बौतारियेर,
छातीमा छामे,
चोलोका दुवै कान लफ्रक लफ्रक झरेका,
बेहोसिमै दुक्दुकी छामे,
तेही नै चरक्क चर्केको!
भुतुक् भुतुक् गर्दै त थियो,
क्यानभास सफा नै छ,
दुई हातले गाला मुसार्ना खोजे,
बोलाए आमा !
तिमि बोलिनौ!मरी सकिछौ!
तिम्रो आसु र सिगान संग माया साट्दै,
रोए आमा,बेसरी रोए.
म टुहुरो पो भए.
मैले न उपचार गर्न सके,न पाए,न क्यन्भास्नै लात्पतौना?
चिचये, आमा!
म त सपनामा पो रहेछु.
मेरी आमा म संगै,
फुलेल, सुन्दर, शान्त,सम्रिदा मेरी आमा नेपाल संगै !

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...