म र पुरुष!
हो,
म लाजले भुतुक्कै हुन्थे,
कसैले भनेको सुनिहाले भने,
मुख थुनिदिन्थ्ये कि रात रातो मुख लाएर भाग्थे.
अश्लिल सब्द, नभन है,
फेरी भनेउ भने कि सरलाई भन्दिन्छु कि आमालाई.
किनभने,
मलाई सिकाईएको थियो,
यो महिलाको दोस हो,
महिला बिसर्मी छन्,
महिला बेबकुफ हुन्.
पुरुष !!
सधै राम्रा, सबै ठिक,
यी सब बोल्न र गर्न अधिकार छ.
जन्मसिध अधिकार!
साचिक्कै,
पुरुषले अधिकार पाएको रहेछ,
घरमा, अफिसमा,रेडलाइट एरियामा,
बिग्रेनी, सप्रेनी, कुनै बहानामा प्राप्त अधिकार!
लाज भएको पुरुष!
बिबेकी पुरुष!
इजतिलो पुरुष!
महान पुरुष!
पुरुष ! पुरुष ! ! !
घचेट्दै, तान्दै,लतार्दै,
मलाई रेडलाइट एरियामा पुरौउछ,
लुक्दै, भाग्दै टिकट काटेर आउछ,
भन्छ मलाई- रन्डी ! बेस्या ! कुकुर्नी !
पुरुष?
तिमि तिम्रा उपमा भित्र अटेउ भने,
म सजिलै अत्छु.
मेरो लाज छ,
मेरो बिबेक छ,
म महान महिला बन्छु,
मेरो बाद्येता टर्छ,
मेरो रहर रुपान्तरित हुन्छ.
महान महिला र महान पुरुषको
संयोग महान नभएर के नै हुन् सक्छ र?
Wednesday, May 26, 2010
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...