Friday, June 25, 2010

भाग्य र भगवान!
चाहेर,
नचाहेर,
जिन्दगि सखारै सुरु हुन्छ.
येत्रै,
तेत्रै,
बग्रेल्ती मान्छेहरु भेतिरहंछ्न.
मनपरेका,
मन नपरेका,
अत्त्यास लाएका,
दिक्क पारेका,
सबै ठ्याक्क,ठुक्क.
सोधिरह्नाछ्न!
हाउ आर योऊ?
नेपाली जिब्रोनी,
ठ्याक्कै एउतै, प्रस्न गरिरहन्छन.
कहिले कहिले,
शंका लाग्छ!
किन सोदिरको होला?
पिर परेरकी? नक्कल पारेर?
अक्कल फुर्छ!
कर्मले हारेर, पछारिएको अचेत मुद्रामा,
सचेत जबाफ फर्कौछन,
राम्रो छ, सन्चो छ,धन्यबाद!
सब्दहरु कप्छान,
ओठहरु सुकेको अनुभूत हुन्छ,
मान्छे,थाकेर एक बिन्दुमा पुग्छ,
केवल भाग्य र भगवान संग बाच्छ !
हुंकार कर्मको गरे झैँ गर्छ,
लुक्छ,लुकौछ,
अनि
लिप्त हुन्छ भगवान डाक्छ,
भाग्यलाई सुम्पन्छ,
लुक्क्छ,
परेली रसौछ
लामो र मसिनो स्वास लिन्छ,
सुस्तौछ,
फेरी प्रस्न गर्छ,
तिमीलाई कस्तो छ?

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |