Saturday, July 24, 2010

जिउदै जल्दै मर्ने छैन.

देख्नेले,
सर्लक्क देखे,
सपक्क देखे,
सम्पन देखे,
सर र देखे,
समान देखे,
सबुद्धि देखे,
सबथोक देखे,
देख्नु देखे.
+
भोग्नेले,
खण्डहर भोगे,
भात्रक भुत्रुक भोगे,
असमान भोगे,
अशिसडू भोगे,
नाङ्गो रहे,
भोकै सुते,
भोगे नभोग्नु सबै भोगे.
+
तेसैले,
हेलिएर मरे,
सन्तान संगै पासो लाएर मरे,
जर् पिएर मरे,
मट्टीतेलले जलेर मरे,
मरे सेकेन्ड सेकेन्डमा मरे,
+
दुरी,
तिमि र म मा,
देख्ने र भोग्ने मा,
गाउने र अनुभव गर्नेमा,
लेख्ने र गर्नेमा,
दुरी!
टाडी दै छ,
टाडा टाडा झन् टाडा,
+
तेसैले,
छामेर हेर,
छाला तेही भएनी स्पर्स फरक हुनेछ.
भोगेर हेर,
आखा तिनै भएनी, दृस्टी छुटै झुल्किने छ.
तिमि उही भएनी,
अनुभूति भोग्नेको हुनेछ.
सभावना धेरै छ,
भोग्ने र देख्नेको दुरी,
नजिक नजिक आउनेछ,
अनि,
म,
हेलिएर मर्ने छैन,
सेरिएर मर्ने छैन,
जिउदै जल्दै मर्ने छैन.
पल पल रोएर जिउने छैन.

Friday, July 23, 2010

खोपा-आटी कि मन्दिरको चोटा.

म,
प्रकिर्तिले भिन्न.
मेरो,
सामाजिक मूल्य फरक.
मेरो,
परिवेश,
संगर्शको बिपरित नाम.
+
थाकेको छु,
भाग्दा भाग्दै.
लोलाएका छन्,
पखेटा,
उड्दा उड्दै.
कहिले मन्दिरको बास,
कहिले आटीको खोपा.
+
कहिले केटाकेटी लखेट्छन,
मिठो आहारा देख्छन.
कहिले बुदाबुड्डी
स्वर्ग जान्छन, धर्म कमौछन.
कहिले नेता, समौछ्न,
फुताकौछ्न,
मेरो चरित्र हत्या गर्छन.
+
आदेस गर्नु,
मलाई उडाउनु,
मन्दिर,
कार्यक्रम,
संबिधान सभा,
चोक,
खुलामंच,
खोटांग,
टनकपुर,
भरतपुर,
डोल्पा,
जनकपुर,
कांग्रेसले,
कम्युनिस्टले,
मदेशिले,
महिलाले,
पुरुषले,
राजदुत,
संयुक्त राष्ट्र संघ.
+
आखिर,
भनाइमा,भनेजस्तो.
पिपल्मेतमा,
केटाकेटी फकयेजस्तो.
मदिराको साथमा,
प्रेमिका बनाएजस्तो,
कस्तो ? कस्तो ??
स्केच गर्न नसकिने,
हराए हराए झैँ लाग्ने,
सपना सपना जस्तो.
+
खाली,
म प्रयोग गरिए मात्र,
सदुपयोग भएन.
स्वर फेरियो,
संरचना फेरिएन,
म माथि माथि उड्नुपर्ने,
तिमि पो माथि माथि उडिरहेउ.
रुप, स्वरूप फेरिरहेउ.
म खौरियेर,
तल तल धसिरहे..धसिरहे.
कति धसिंछु,
मलाई न हेक्का छ, न सहारा.
+
बिन्ति!
दुइ हात जोडेर बिन्ति,
सदुपयोग,
गर्न नसक्ने,नजान्ने,
हे बुद्धिमानी !
मेरै हैसियेतमा,
उड्न देउ,
चर्न देउ,
फुल्न देउ,
फल्न देउ.
मेरै,
हैसियेतमा घुर्न देउ.
मेरै,
हैसियेतमा रोज्न देउ,
खोपा-आटी कि मन्दिरको चोटा.

Thursday, July 22, 2010

Result Based Journalism

Can Result Based Journalism Possible for Emerging Challenge in Nepal ?
Since Comprehensive Peace Accord (CPA), 2006, regardless the magnitude, analysis, judgment….geography/location, education, occupation….each Nepali would keen to know about the progress on results against memorandum of understanding of CPA or simply sustainable peace and development. Despite of few exceptional mental modalities, NO one like to back and live in hell.
Majority of the Nepalese access with information through FM radios, mobiles, internet, print news papers, discussions either in tea shop or gambling station or farm or anywhere, the nature of leaders, progress of government are most common and interesting chapter for them. But, citizens are living with frustration, depression and insecurity with their leader’s attitude, behaviors. Even people do not like to listen, talk and no more sympathy with them. They are asking for results, value of their votes through good governance everywhere, each step. Specially, face book, group and individual blogs, literatures, interview with citizens and member of civil society groups, are the examples for visualizing people’s negativism towards their leaders and their degree of frustration. Regardless the party, party cadre, forum for speech, all leaders talk more or less same things, repeat and repeat the same notions but no one ready to act on it, no one ready to break the queue or continuum, they are running and running at same pace, same conditions by same saying. Very frustrating! Very challenging !
Towards this end, can journalism introduce different culture to mitigate the frustration of citizens, monitoring the leaders and their performance? Because, journalist write till now about the input, actions, entirely the first step of result which has a long way to get the destiny, the hope, secure, free and dignity of citizen. Let us take an example-``Shrawan or July 22, is the BP’s Memorial Day, a hero of Nation once upon a time. The so called senior leaders address the many forums at various places within and outside the country. Of course, they said many things; commit several things, and many others. But the result is the same. No changes at all at result level or people’s life’s as citizen’s expected. Let us discuss at micro-level. In this auspicious day, few programs organized the planting trees. NOW, can journalism can start at their newspapers like, till today XXX of tree are surviving, XXX young tress (photo if possible) which was planted by honorable …..leader ..year 1..year..or xxx implemented commitments at result from which were committed by this party or leader or group or organization in …….year,…..year.
It seems hard, time consuming to journalist as well but it will be easy once start. It is a matter of culture, matter of ethics and mind set as well. If the journalism will move with this culture by formally endorsed in to their policy, the inviters already ready to express in that way. In the beginning days, those who will not ready to provide result based information or difficult to explored the result, just ignore the news or do not publish or broadcast. Media is doing such a multiple tasks so if they ready to accept such opportunities, people would be grateful and salute to media. It could be a historical movement in history of journalism at global level as well.
Radha Paudel
July 23, 2010

Monday, July 19, 2010

नया सुभारम्भ गरौ.

जहाजले,
घु हु ..गर्दै, पाग्रा लुकौदई गर्दा,
तिम्रो अन्तिम खबर,
मुटु नै गाठो पर्यो, बर र आसु खस्यो,
खबर नै पडन सकिन,
घाटी तन्काएर झ्याल बाट हेर्ने कोसिस गरे,
सेता फुलेका केश नै देख्न पाए हुन्थ्यो भनेर.
घुक्क घुक्क गर्दै,
म हराए, तिमि बिलायेउ,
झितिजमा, अनि समुद्र माथिको बादलमा!
+
जहाजले,
उड्ने प्रकिर्ती नै भएनी,
सधै सधै त कहाँ उड्न सक्छ र?
न झितिजमा अट्छ, न उड्छ बादल संगै.
आज,
घर र..घर..र.. पांग्राले,
जमिन छुन खोज्दै छ.
फेरी मुटु ढक्क फुल्यो,
सास बढ्यो,आशु बर र ..बर र ...
+
तिमीले सहमति गुमायेउ?
मैले कति प्रयत्न गरे,
तिम्ले भनेका एक एक शब्दहरु,
खेर गएनन्, तिम्रो मूल्य चुकेनन्,
म हासे तिमीसंगै, रोए तिमिसगैं,
तिम्रो अस्तित्व, मेरो पहिचान भयो,
लडे एक्लै एक्लै.
+
ठुला ठुला होटेलमा,
रातभर रातभर बैठक,
लामा लामा श्रेस्ता,
हाम्रो सहमतिको नाम,
नाम माथि फर्लके औठेछाप.
+
मसि आलैछ.
म खुला छु,
म उस्तै छु,
तिमीले छोडेजस्तै,
तिमीले भनेजस्तै,
तेसैले,
आऊ,
आंगल,
पहिले जस्तै, उहिलेजस्तई,
सहमति, सम्मानको सस्किर्ती जोगाऊ,
नया इतिहास कोरौ, तिमि मेरो,
मेरो तिम्रो,
एउटा नया सुभारम्भ गरौ,
सहमतिको.

Sunday, July 11, 2010

नि सुल्क सेवा
केसहर महलको,दाहिने गेटको बास कति भो? कहिले सम्म रहिरहन्छ त्यो ओअनी थाहा छैन.कस्तो अबस्थामा बस्न सकिन्छ त्यो पनि ठेगान छैन. अरुहरु सल्बलाउन थाल्छन. म सुस्ताउन खोज्छु. जिउ दुखेको छ.कतै माटोको मत्किलोले पेलेजस्तो.छाती चर्केको छ. तल्लो पेट कुटु कुटु खाएको नि महिनौ बितिसके.ढाड गलेको पनि उस्तै छ. कसरि घट्नु?के ले घट्नु?किन घट्नु?कल्ले घटाउनु?

केशर महलको देब्रेपत्ति मेरी साथी सुस्तौछे.तर तर पिप र रगत बगेर थला परेकी छे.केटाकेटी पक्कै थुप्रै जन्माई, कोहि रहरले कोहि करले,कोहि बिब्सताले. तर अफसोच कोहि, कुनै साथमा छिंन. सबैले लखेट्छन जाओस बरा कहाँ?जन्मको ठेगान छैन,न बाउ आमाको. खान पानको बेबस्था गर्न नसक्ने ले सुखले सुस्तिन पाउन्न. हरेक चौथ्यो प्रहरमा मलाई जगाई रहन्छे. कुई! कुइ!! इक्का ! इक्का!! येमाहा काभुस्तिग्रेहरु आउछन, कोहि ठमेल बाट, कोहि रानीपोखरी बाट,भने कोहि दरबार मार्गबाट.ठुला ठुला घरका ठुलै चलनका.क्लब र अस्पताल धाएका, भिटामिन र बिदेसी खुराक खाएका.तर मेरी साथी गल्दै छे. मलाई लाग्छ चाडै नै मा यो केशर महलको गेट कुर्ने एक्लो जीव हुनेछु. खान पनि छैन.आज भोलि पैदल कति नै हिड्छन र?पैदल नै हिन्डेनी खादै हिड्ने कमै देखिन्छन.फेरी तिनमा नि मेरी साथीलाई हात बढाउने त औलामा गन्नु पर्छ.
मलाई त्यो दिन पनि थाहा छ.एकदिन उ बिना समबेदना हेरेको हेरेई हुन्छे,म कर्त्बेयाबिमुड हुन्छु. पुलिस ले नगरपालिका को गाडी खबर गर्छ,अनि साबेलले उठाएर लगिनेछ.
मेरी मित्र, म तिम्रो बाटो पछाउने छु.म तिमि जस्तै दिउसो थैली च्यातिने डरले फालिएका सुका, मोहोर झुल्दै बटुल्छु. राती सल सल घुएकिनेहरु झ्याक्क ब्रेक ल्गौछ्न. बोल्नु न चल्नु, मलाई एकाएक तयार पार्छन र थाक्छन अनि फुत्किन्छ्न. तिमि र म यो देसमा नि :सुल्क सेबा दि रहेका छौ. कानुनले जे भनोस, अधिकारवालाहरु जे गरुन, जो प्रधान मन्त्रि बनोस.हामीलाई के सरोकार. हामी सरकारी सेवा दि रहेका छौ.केसहर महल को देब्रे र दाहिने गेटमा बसेर राज्यको काम बिना सर्त गरिरहेका छौ.

Wednesday, July 7, 2010

हर्स कि बिस्मात?
फुटबल भित्र राजनीति पक्कै घुसेको छ,
तर लाग्दैन,त्यो राजनीतिले नेपाललाई निकास देहोस,
राष्ट्रिय सहमतिको सरकार बनोस,संबिधान जारी होस्.
नेपाली पुछर समाएर दौडनमा अभयेस्त भैसकेको छ.
हैसियत बिर्सेर कुदिरहेको छ,ठोकिन्छ कतै,
भर्सेला परोस, सिकिक्म नबनोस, सत्रुका पाहिला नपरुन.
+
प्रकिर्तिले दिएको रुप कालो,बेहोसीमा आफ्नै नाऊ कुर्लेर,
अमेरिका,युरोप होस् कि, मेची र महाकाली,
असहैया गर्मि होस् वा चरम जाडो,
रुप कालै छ,
सुबोल सुबोल भन्छन,
कसरि हुन्छ सु- सु-बोल?
+
अ-ह...,हुन्न, कदापी हुन्न,
सहमति,सरकार,सु-बार्ता .....
केहि हुन्न.
किन कि,
बेल छामेर हेर,एक चोटी कौवा,काग, चरो बनि हेर.
+
फुटबल, बेल ... नेपालीलाई एकै हो,
रिजल्ट उस्तै उस्तै हुन्छ भने परिबेस फेरेर के भो?
हर्स, बिस्मात मानबिय समबेदना,
महसुस गर्न पाए,केहि हुन्थ्यो कि ?

Tuesday, July 6, 2010

सेताम्मे पुर्पुरो,
ब्लक ब्लक बल्किएको कन्चट !
सेतोको हैरानीले,
आत्तिएर,
झिनै आसमा भए पनि,
कालेको खोजि गरे,
अदालत जाऊ कि नजाऊ भो?
मन मनै सम्झौता भयो.
शर्त एक, शर्त दुइ,शर्त तीन.
चुनाब गरे,
संबिधान सभा गरे,
पत्रकार सम्मेलन गरे,
अख्तियारलाई गुहारे,
राष्ट्रिय दैनिकीमा उतारे,
विधुतीय संचारमा कुदाए,
सेतो उम्रदै छ झन्,झन्!,
बेसहारा लाग्न थालेको छ,
घडीको पेनदुलुम त हैन नि,
नियेती तेस्तै तेस्तै बन्दै छ,
दौडेर बालुवाटार जादा,
बल्खुमा तमासा,
बल्खु नै जाऊ कि गर्यो,
भिड सलः झैँ सानेपा.
सेताम्मे फुले भएर,
नियात्रा हिनेको,
पुग्ने निस्वस्मा थाके.
मित्र राष्ट्र बाट भर्खरै भित्रिएको,
कालो पोतेर एक पटक,
दुनिया लाई झुक्काउने धोको छ.
बजारमा नया कालो को क्या राम्रो प्रचार..आहा... कल्पे जसतै !!!

Dignified Menstruation is Human Right.

आज (1 December 2024) मैले मानव अधिकार आयोगका मा. अध्यक्षसंग सोधे - सन् २०२० मा दोस्रो #मर्यादितमहिनावारी दिबस मनाउन सह-आयोजक (फोटोमा) भएको ...