भुमरो,घुमरो,अध्यारो ।
अन्योलतामा
जिएको काठमाण्डु
अलमलिएको एउटा पात्र म ।
देख्नेहरु देख्लान फराकिला बाटोहरु,
मेरो ससर्गमा मात्र धुलो ।
न परेलाले छोप्छ,
न बग्छ आशुले नै ।
लेसिएका धुलोका धर्काहरु,
बागमती जस्तै अमिलो र बाक्लो ।
हुन्डरीले नच्याद्ै धर्काहरु,
खोज्दैछु मेरा बिश्वासहरु ।
इतिहास केरमेट,केरमेट,
गिरोह,ष्ाण्ायन्त्र,सबै प्रपन्च ।
बर्तमानले जिस्कायो मात्र,
बिबष्ातामा,परेला लोलायो,
ढिको भmर्यो,सोसियो, बिना आकारमै ।
खुचिङ गनर्े चोर आैलाहरु,
सरे अगाडि,लोप्राए मुटु चिरिनेगरी ।
भ्ाबिष्य अर्को दुष्प्रयास मात्र,
म्ाोटा मोटा,छड्के,मड्के धर्साहरु,
भुमरो,घुमरो,अध्यारो ।
ऋतु फेरियो
न काठमाण्डु फेरियो न म,
उडाएरे क्ष्ाितिजमा कतै,
छापिदैन कतै,जे गरेनि कसै ।