बा,
मेरो बा,
बलाई घोडा बनाएर,
खेलेको,
म सम्झिन्न ।
तर,
आज हिंडेको बाटोको इन्जिनीर,
मेरो बा ।
लम्जुङ, झापा र कर्णाली हेर्न,
मेरा सम्बर्तिहरु कुर्दै होलन,
मैले घुमे, सबै घुमे ।
डाँकाहरु सँग लुके,
हिउसित खेले,
डोटी गए, रोटी खाए,
सबै बाले गर्द नै पाए ।
काल बाट,
घरि घरी बचाउने बा ।
अस्पातल ले हारेको छोरी,
गैंडाले छाडेको मोरी,
टीटनस्ले छलेको,
युद्दले छेडेको छोरी,
बार्म्बर् जन्मेर,
जन्म मिती हराएको काइली लुरी।
मेरो बाको प्यारो,
हिसाब बीगारे,
सोझै झटारो ।
एक्लै लड्ने,
इमान्दरको प्रतिमुर्ती,
मेहनेतिमा कमिलो,
स्वाभिमानको झन्डा,
मेरो बा।
हुन त,
सबैलाई यस्तै लाग्दो हो,
सबै भन्दा राम्रो, जान्ने मेरा बा।
तर,
मलाई धेरै लाग्छ,
हैन धेरै छ,
नमुना पुरुष,
जसले स्कुल देखेन,
छोरीलाई पडायो ।
जसले आमा बाउ देखेन,
आमाको नि माया पिलायो ।
लोकतन्त्र नाआउँदै,
संबिधान नलेख्दै,
दियो सबै अधिकार,
छोरा छोरी बराबर ।
मेरो बा,
मेरो शक्ती हो,
मेरो बा,
मेरो इन्धन हो,
मेरो बा,
मेरो प्रेणा हो ।
हुन त,
मेरो बा,
धेरै जनाको बा हो,
साझा बा हो,
तैपनी,
कहिलेकही मेरो बा,
मेरो मात्रै जस्तो लाग्छ .
मेरो बा,
मेरो मात्र संसार हो जस्तो लाग्छ .
म
फरक देख्दिन,
मेरो बा र मेरो आकाश .
म,
हराउछु,
मेरो बा र धर्तिसँग .
म,
मेरो बा जस्तै,
म बच्चाहरुसँग हराउछु,
ढुखिहरु सँगै रमौछु .
कहिले कही,
झस्केर लाज लाग्छ,
मेरा साथीहरुको बा !!!
मेरा अरु बा हरु..,
सबै हो र पनि,
मेरो बा,
सबै भन्दा प्यारो र राम्रो ।
आठ दशक,
पछयेको मेरो बा,
कसैले बुडा भने झोक चल्छ,
सपना देख्छु,
पाए त प्रधानमन्री,
सुशिल दा झै,
हा हा मेरो बा ।
मृत्यु रोक्न सकिन्न,
थाहा छ ।
सती जान सकिन,
आमकै पालोमा अनुभुती छ,
तर पनि,
बा बिनाको संसार,
मेरो संसार रहने छैन,
मैले हार्ने दिन,
मैले गुमाउने छेण,
म कल्पना नि गर्न सक्दिन ।
मेरो बा,
मेरो खुशी ।
मेरो प्रेम,
मेरो जीत ।
मेरो देबता ।
मेरो जिन्दगी ।
मेरो ईतिहास ।
मेरो बिगत .
मेरो बर्तमान
मेरो संसार ।
Monday, February 10, 2014
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...