Wednesday, December 31, 2014

New year 2015

खै कता हो,
किन हो
हराएको हरायै छ
नयाँ बर्ष केही बर्ष यता ।

लाएर मीत,
शितलहर सित,
सेताम्मे हिउसँगै,
कहिले चिप्लिएर,
कहिले पौडिएर,
भाग्दै भाग्दै,
हिंडेको छु खोज्दै,
नयाँ बर्ष केही बर्ष यता ।

हल्ला स्वार सुर,
दिएर जान्छ कतै ,
दम्म बिनाको,
कसी बिनाको,
हुर हुरे नयाँ बर्ष,
नौतन्की खोलमा,
पुरानो देखिएको छ ,
नयाँ बर्ष केही बर्ष यता

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014