Monday, December 28, 2015

यो देस बरिस्ट्हरुले सक्यो ।

कस्तो देश हो यो,
लाग्छ जन्मिये कसरी ?
हुन्छ के होला अब,
बरिस्ट हरुको एत्रो घुइचो छ ।
बस चड्न नसकेर,
नाक थुन्दै हिन्छु,
पुइ पुइ पर्दै पुलिस भ्यान् आउछ,
ट्राफिक सिटी मार्छ,
सुनेनस बरिस्ट को सबारी।
मेरो मुख मा के कोचेको छ कुन्नी,
केही बोलिन,
सरिदिये सरक्क,
हुइ हुइ हुइ ....
अग्लाहरु, मोटाहरु,
राजनीतिको पुछर समातेकाहरु,
कसैको काखिमनी लुकेर,
बनेका बरिस्टहरु,
बोल्दा सुनिदिनु पर्ने,
बोल्दा ताली मारिदिनु पर्ने,
फेबुक्मा लाइक हन्नु पर्ने,
कस्तो बिदम्बन?
सहीद्को परिचय फेरियो,
फेरियो बरिस्टको पनि ।
होड छ यहाँ,
सहीद् बन्नेहारुको,
बरिस्ट बन्नेहरुको ।
स्वघोसित सहीद् छन,
ताकी ताकी गूड्इरहेको बस रोक्छन,
स्व गोसित बरिस्ट छन,
गुट् बन्धी गरी गरी,
घोषणा गर्छन् ।
यो देस स्व घोसितहरुले बिग्र्यो,
यो देस बरिस्ट्हरुले सक्यो ।    





 

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |