Monday, December 28, 2015

तिमी निर्बस्त्र छौ शहरमा,

तिमी निर्बस्त्र छौ शहरमा,
शहर छिर्नै गाह्रो भो ।
लुकी लुकी निस्कन्छु,
कोक्रो, मजेत्रो, कालो गगल,
सबै लाउछु नचिनोस कसैले भनेर ।
तिमी लुंगी लगाका श्वासनी मान्छे,
दुधे बालक च्यापेकाहरु,
पगरी गुथेर हिद्छौ ।
कालै चस्मा हो,
फेरी सेता सेता नम्बर गाडीहरु,
होड्बाजी गर्दै दौडछन्,
नाक बन्द छ, भात् खुवाइ गर्ने बेला भो,
फेरी होड चल्छ कालो बजारले,
तिमी निर्बस्त्र छौ शहरमा,
शहर छिर्न गाह्रो भो ।
म लजित छु, बेचैन् छु,
भुकम्पका बस्तिहरुबाट,
दछिणा ल्याइदिएको छु,
पशुपतिमा लगेर चडाउनु ।
मलाई केही माग्नु पर्दैन,
तिम्रै आयु माग्नु,
रमाउनु, सहेल् गर्नु शुभकामना छ ।
तिमी निर्बस्त्र छौ शहरमा,
शहर छिर्न गाह्रो भो .
तराइका बस्ती बस्ती पुगेर,
कपास शिलो खोजेको छु,
कछाड् पुग्छ होला,
गोइठाको पोको संगै छ,
ताप्नु, मस्तले सुत्नु,
सुगर नबडाउनु, प्रेसर त तलै होला,
किन्भने देस त दलाल्ले चली हाल्छ।
तिमी निर्बस्त्र छौ शहरमा,
शहर छिर्न गाह्रो भो ।
     

 
 

Dignified Menopause is an element of #DignifiedMenstruation